कविता : आमा

~कुन्दन काफ्ले~

आमा ममताकी खानी तिमी हौ ।
दिने यो जीवन, जवानी तिमी हौ ।
सुनौलो इतिहाँस कहानी तिमी हौ ।
काली, दूर्गा, माँ भवानी तिमी हौ ।

हे जीवन दाता, जननी हे माता ।
तिमी हौ विद्या, तिमी नै विधाता ।
तिम्रो चरणमा, टेक्दै म माथा ।
गाउँदै हिड्छु, चीर तिम्रै गाथा ।

तिमी हाँसे हाँस्छ, जगत यो सारा ।
रोए तिमी रुन्छ, आकाश,जून,तारा ।
वालक हामी हौं, तिमी नै सहारा ।
नबाँचे है आमा, बहाई आँशू धारा
००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.