नियात्रा : गोठीकाँडा डाँडादेखि काँक्रेबिहारसम्म

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

‘उः त्यो माथि देखिने गोठीकाँडा हो ।’ पूर्णमानजीले मेरो ध्यान आकर्षित गर्दै चोरी औँला ठड्याएर पहाडका शिरतिर सङ्केत गर्नु भयो ।

गोठीकाँडाका विषयमा कहिल्यै कहीँ केही नसुनेको मान्छेलाई गोठीकाँडा चराचुरुङ्गीको नाउँ हो कि मान्छेको नाउँ ! के थाहा ? थाहा हुने कुरो पनि भएन ।

‘के हो गोठीकाँडा भनेको ?’ पूर्णमानजीसँग मेरो जिज्ञासा थियो ।

‘सुर्खेत जिल्लाको पुरानो सदरमुकाम त्यही त हो नि ?’ मेरो जिज्ञासा मेटाउने सजिलो उत्तर थियो उहाँको ।

‘सदरमुकाम पछि मात्र यहाँ झरेको हो ?’ मैले प्रश्न गरेँ ।

‘हो ।’ छोटो उत्तर थियो ।

‘कहिले झरेको ?’ केटाकेटीभैmँ मैले फेरि प्रश्न गरेँ ।

‘२०२३ सालमा ।’ उहाँ अड्किनु भएन ।

‘ए !’ मैले खुबै बुझेभैmँ गरेँ । अनि, एकछिन घोरिएर फेरि सोधेँ,—‘ख्वै ! कहाँनिर हो गोठीकाँडा ?’

‘उः त्यो डाँडाका बीच भागमा दुईटा ठूल्ठूला रुख देख्नु भो कि नाइँ ?’ पूर्णमानजी मेरो हेराइलाई डाँडाका बीच भागका दुई ठूल्ठूला रुखमा केन्द्रित गर्न खोज्दै हुनुहुन्थ्यो ।

‘अँ ! देखेँ ।’ मैले जवाफ लगाएँ ।

‘हो, गोठीकाँडा भनेको त्यही ठाउँ हो ।’ पूर्णमानजीको निष्कर्ष वाक्य निस्क्यो ।

‘अनि कत्रो छ बजार क्षेत्र ?’ मलाई अभैm खसखस बढ्यो । खसखस थाम्न नसक्ने मान्छे म । फेरि प्रश्न गरेँ,— ‘बजार क्षेत्र कत्तिको पैmलिएको छ ? सानो क्षेत्रमा सिमित छ कि ! अलिक ठूलै छ ?’

‘क्षेत्र ठूलै छ । उः त्यो पर टावर देख्नु भो कि नाइँ ?’ पूर्णमानजीका प्रश्नमा मैले सकारात्मक रुपमा टाउको हल्लाएँ र भनेँ,— ‘अँ, देखेँ ।’

‘हो, त्यो सेरोफेरो सबै गोठीकाँडाको बजार क्षेत्र हो ।’ सजिलो उत्तर थियो उहाँको ।

म कत्तिको कचकचे छु भत्रे कुरा बिचरा भरखर दुईचार दिनको सङ्गत पाएका पूर्णमानजीलाई के थाहा ? न उहाँले मेरो आनीबानी राम्रोसँग भेउ पाइसक्नु भएको थियो न अरु कसैले मेरा विषयमा उहाँलाई बताएका नै थिए । यस्तो अवस्थामा यो रनभुल्लता उहाँका लागि स्वाभाविकै पनि थियो ।

मबाट प्रश्नका वर्षा रोकिने कुरै थिएन । यतिका कुरा सुनिसकेपछि मेरो खसखस झनै बढ्यो ।

‘अनि, त्यहाँ अहिले कत्तिको बाक्लो बस्ती छ त ?’ म पूर्णमानजीलाई फेरि अर्को प्रश्न तेस्र्याएर झिँझ्याउनतिर लागेँ ।

‘पहिला एकपटक त निकै खाली जस्तै भइसकेको थियो । अहिले राम्रै बस्ती छ । उः त्यो टावर मुनितिर मैले पनि अलिकति जग्गा लिइराखेको छु ।’

मनपेट नपाएका अरु व्यक्तिका अगाडि कतिपय मान्छेहरु आफ्ना गुह्य कुरा झ्वाट्ट खोल्दैनन् । पूर्णमानजी प्रस्ट मान्छे । कुरो लुकाउनु भएन । आफ्नो भएका कुरा बताउनु भयो । लुकाउनु पर्ने कारण पनि के नै थियो र ?

सरकारी जागिरबाट सन्यास लिन अभैm पाँच वर्ष बाँकी छ मेरो । सन्यासभन्दा अगाडिको अवस्था वानप्रस्थ हो । हो, म यतिखेर सरकारी जागिरे जीवनको यही वानप्रस्थ अवस्थामा सुर्खेत आइपुगेको छु । मुलुकको विकास क्षेत्रका हिसाबले मध्यपश्चिमाञ्चल । राजधानी काठमाडौँबाट निकै टाढा । लगभग ६०० किलोमिटर पश्चिमोत्तर । केही पहाडी केही समथर भूभाग । आफ्नै किसिमको वाध्यता, आकाशको फलभैmँ भए पनि पदोत्रतिको सामान्य सम्भावना र रहरले जुरेको यो अवसर । अरुले देख्दा नदुखेको कपाल डोरी लगाएर दुखाएभैmँ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सरकारी, तर नकच्चरिएर आश्रय लिन मिल्ने सार्वजनिक जस्तै सन्यासी आश्रम छ अहिलेसम्म मेरो । यही पनि सुकुम्बासीका छाप्रा भत्किएभैmँ कतिखेर भत्किन्छ वा हट्छ थाहाछैन । कार्यालयको उपस्थिति र हैसियत पनि करिब–करिब त्यस्तै छ । उमेर पुगेर पनि बिवाह नगरी माइतै बसेकी चेलीको जस्तो । नवागन्तुक भएर हो कि के हो थाहा छैन । अलिक कताकता नअटाए जस्तो । व्यक्त वा अव्यक्त रुपमा यो भन्दा खासै भित्र छैन यतिखेरको मेरो उपस्थिति र हैसियत । खानपान र अन्य रहनसहन पनि यस्तै सेरोफेरोमा नाचिरहेछ । लादिएको शासन व्यवस्था जस्तो । जे पनि सकार्नु पर्ने वाध्यता । खुकुरीको मार अचानोले भोग्नु पर्छ, अरुलाई त्यसको पीडा र मर्म के थाहा ? हो, यतिखेर म यस्तै अनुभूतिमा नाचिरहेछु । हाँसिरहेछु । हँसाइले कसैको अकल्याण हुँदैन । हाँस्नुमा पुरुषार्थ छ । हाँस्नुमा गौरव छ । जिन्दगी हाँस्नैका लागि हो । यही मान्यतामा जगत चल्नु पर्छ । चल्छ ।

जे भए पनि कार्यालयको काम सकेपछि सुर्खेतका यताउता नयाँनयाँ ठाउँ घुम्नु मेरो दैनिकी बनेको छ यतिखेर । ‘कुत्रि कसको दौड कहाँसम्म’ भनेभैmँ धेरै त होइन दैनिक एकाधघण्टाको हिँडाइ हुन्छ स्वास्थ्य ठीक भएका बेलामा । त्यो पनि ‘बिहान आलुप्याज, बेलुका प्याजआलु’ खाएभैmँ वीरेन्द्रनगर बजारको कहिले कुन कहिले कुन कुनुमा सिमित छ त्यो हिँडाइ ।

यसै गरी टहलिने क्रममा मलाई सुर्खेत छिरेको दुईचार दिनपछि पूर्णमानजीले गोठीकाँडाका विषयमा बताउनु भएको थियो । त्यस ठाउँका विषयमा सुनेपछि र टाढैबाट त्यस क्षेत्रको भौगोलिक अवस्थितिको आकलन गरेपछि मलाई त्यहाँ जाऊँजाऊँ लागिरहेथ्यो । मेरा मनमा पलपल के कौतूहल बढ्न थाल्यो भने,— ‘सुन्दर सुर्खेतको यो मनोरम प्राकृतिक हरियाली वातावरण गोठीकाँडा डाँडाबाट चियाउँदा अभैm कस्तो देखिन्छ होला ? कति मनोहारी हुन्छ होला त्यो दृश्य ? सुर्खेतको आकर्षण बुलबुले ताल, गङ्गामाला देउती बज्यै मन्दिर, काँक्रेबिहार र वरिपरिका लाटीकोइली, उत्तरगङ्गा लगायत अरु सुन्दर मानवबस्ती कस्ता देखिन्छन् होला त्यहाँबाट ? सुर्खेत सदरमुकामको मात्र के कुरा ! गोठीकाँडा डाँडाबाट देखिने त्यस उताका उत्तरी क्षेत्र कस्ता होलान् ? त्यस डाँडामा उभिएर हेर्दा पक्कै पनि समग्र नेपालको चित्र आउँछ होला आँखामा । त्यहाँ पुग्न पाए डाँडाका डिलबाट हिमाल, पहाड र तराईका दृश्य पनि कैद गर्न सकिन्छन् होला यी मसिना आँखामा ?’ यिनै कौतूहल, यिनै जिज्ञासा र यिनै तिर्सनाले मलाई पलपल पिरोल्न थाल्यो । सुर्खेतको बसाइ लामै हुने भएकाले तत्काल त्यस्तो हतार भने केही थिएन । तैपनि गोठीकाँडाका विषयमा सुनिसकेपछि आजभन्दा भोलि, भोलिभन्दा पर्सि सुर्खेत उपत्यका नजिकै हरहमेशा ठिङ्ग उभिइरहेको उसले ‘म कहाँ कहिले आउँछस् त ?’ भनेर बेलाबेलामा खिस्सी गरेभैmँ गरी मैलाई जिस्क्याउन थाल्यो । गोठीकाँडा मेरा लागि केटाकेटीको दशैँका लुगाभैmँ पलपल विशेष चाहको विषय बत्र थाल्यो ।

शरद् ऋृतु शुभारम्भको पहिलो साता । ठ्याक्कै असोज ७ गते, २०६८ साल । सरसल्लाह मिल्यो एक महिना अघिदेखि तलतलमा तैरिरहेको गोठीकाँडाको यात्रामा जाने । जसोतसो त्यहाँसम्म जान सक्ने गाडीको व्यवस्था पनि जुट्यो । जिल्ला निर्वाचन अधिकारी तिलक रिजाललाई गरेको आग्रह पछिका लागि सारेर हामी अर्कै गाडीको व्यवस्थामा अगाडि बढ्यौँ । लोक सेवा आयोग मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका प्रमुख विष्णुहरि पौडेल पनि हाम्रो विशेष आग्रहलाई स्वीकार गर्दै यस यात्रामा सहभागी हुन राजी हुनु भयो । मुलुकमा चलिरहेको गोप्य सहमतिको लहरको सिको गरेर पूर्णमान श्रेष्ठ, रामकृष्ण अधिकारी र म बीच दुईचार दिनअघि नै त्यहाँ जाने विषयमा गोप्य सहमति भइसकेको थियो । पछि सहकर्मी शर्मा मित्र द्वय रविलाल र टिकारामलाई पनि समेट्न पाए यात्रा अभैm रोमाञ्चक र अर्थपूर्ण हुन सक्छ भत्रे निष्कर्ष हामीले निकाल्यौँ । फोनबाटै आमन्त्रण ग¥यौँ यात्राका लागि । अन्तिम समयको तयारी र आमन्त्रण । टिकारामजी काम विशेषले जान पाउनु भएन । त्यही खबर आयो । रविलालजी तयार हुनु भयो । गाडी चालक क्रिमलाल चौधरीको गाडी हँकाइमा हामी सबै दिनको बाह्रतीस बजेतिर सुर्खेतको कपासे हुँदै हानियौँ सुर्खेतकै शिर गोठीकाँडातिर ।

मध्याह्नको गर्मी भए पनि हामीलाई शीतलता प्रदान गर्न कस्सिएका थिए क्रमशः वैद्यको डाँडो, ठाँटी र जुकेपानीका लहलहाउँदा हरिया युवा साल वृक्षहरु । अहा ! कति राम्रो वन व्यवस्थापन । हेरिरहुँभैmँ लाग्ने हरियाली दृश्य । कुरुमकुरुम चपाऊँभैmँ लाग्ने सालका चमकदार चिल्ला पात । छाद हालेर सँगै उभिऊँ जस्तो लाग्ने अँगालाभरिका तिनै सालका बोट । वृक्षरोपण गरेर हुर्काइए जस्तो तिनको अवस्थिति । जोसुकैको मन लोभ्याउने निकै मनोरम प्राकृतिक परिवेश । पिच गरिएको सडक । घुमाउरो, अनि उकालो पनि त्यत्तिकै । ‘अझ अगाडि कस्तो होला ?’ भन्दै मनमा कौतूहल पालेर हुइँकियौँ । निरन्तर अगाडि बढयौँ । रोकिएनौँ । बढिरह्यौँ ।

पछि बुझ्दै जाँदा वैद्यको डाँडोदेखि जुकेपानी, कटकुवासम्मका सबै क्षेत्र नयाँ वृक्षरोपण गरिएको क्षेत्र रहेछ । २०२८ सालमा सुर्खेतमा नगर विकास योजना लागू भएपछि यस क्षेत्रको सबै बस्ती हटाएर नयाँ वृक्षरोपण र वन क्षेत्र संरक्षण गरिएको रहेछ । अहिलेसम्म पनि वैद्यको डाँडो भनेपछि पुराना मान्छे सबैलाई पुरानै कुराको याद आउने रहेछ । झट्ट हेर्दा सबैतिरका जङ्गलमा यस्तै बोट बिरुवा त हुन्छन् नि भने जस्तो लागे पनि यहाँको जङ्गलको अवस्थिति र हरियाली अलिक भित्रै छ । हेरुँहेरुँ लाग्ने जस्तो वातावरण र परिवेश । वास्तवमा सुर्खेतको शोभा बढाउनमा यिनको निकै ठूलो भूमिका छ । सुर्खेतको शिरमा निकै सुहाएको छ यो ।

मुलुकमा राजतन्त्र हटेर एक्कासि गणतन्त्र आएभैmँ कटकुवा पुगेपछि सालघारी अस्तायो र सरर्र सल्लोघारी सुसायो । सडक केही सहज बन्यो तेर्सिएर । गाडी र मान्छे दुवैलाई कुनै न कुनै रुपमा सजिलो भयो सास फेर्न । हुन पनि केही क्षणअघिको त्यो सालशाही अब सल्लोतन्त्रमा परिणत भएको छ । दुवै ठाउँमा दुवैको उपस्थिति अरुलाई निषेध गर्ने प्रकृतिको नभए पनि प्रस्ट चिनिने खालको रहेछ । हामीले अचम्म मान्यौँ ।

दृश्यहरु भने अनौठा । आँखा नअघाउने शान्त मनोहर दृश्यहरु । टाढाटाढाबाट कताकता हरिया पहाडले हाम्रो यात्रा नियालिरहे जस्तो । रखवारी गरिरहे जस्तो । सालघारी र सल्लोघारीको यो अनौठो उपस्थितिले नेपाली भूभागका मानवबस्तीको झझल्को दिन्थे । एउटा जातजातिको बस्तीबाट अर्को जातजातिको बस्ती प्रवेश गरेजस्तो । तराईबाट पहाड वा पहाडबाट तराई छिरे जस्तो । जातीय बाहुल्यताको एउटा अनौठो उदाहरण । साल र सल्लाको बाहुल्यताको यस होडबाजीमा यिनीहरुबीच कत्ति पनि विद्वेष छैन । न त तेरो मेरो भत्रे बाहुल्यताको घमण्ड नै छ यिनीहरुमा । आ–आफ्ना स्थानमा मिलेर बसेका छन् दुवै । कसैको उपस्थिति कसैलाई बिझेको छैन । बिझ्नु पनि हुत्र । मुलुकको वर्तमान परिपे्रक्ष्यमा हामीले बुझ्ने र सिक्ने पाठ यही नै हो जस्तो लाग्यो यिनीहरुबाट ।

केहीबेर तेर्सिएपछि छेँडाबाट दैलेख सदरमुकामतिर जाने बाटोलाई दायाँतिर बाईबाई गर्दै हामी बायाँ गढीतिर सोझियौँ । हाम्रो यात्राको गन्तव्य यही गढीको गोठीकाँडा हो । एकातिर सुर्खेतको समथर र अर्कातिर केही पहाडी भूभागलाई काखी च्यापेर डाँडैडाँडा अगाडि बढेको धुले सडक । यतिखेर भने वर्षाद्का कारण नराम्रोसँग हिलिएको । भरखर पुरेर हो वा ट्र्याक्टरको नियमित हिँडाइले हो सडक विरामी मात्र होइन निकै थला परेको देखिन्थ्यो । तैपनि कत्ति विचलित नभई गोठीकाँडाबाट सुर्खेतको सेरोफेरो चियाउने अभिलाषाका साथ हामी अगाडि बढिरह्यौँ । हिलो बाटो र गाडीका सिटबाट ठाडै मुन्तिर भीर देखेपछि सहयात्री विष्णुहरि पौडेलको मन निकै आत्तिएछ । उहाँ गाडीबाट ओर्लिएर हिलैहिलो हिँड्न थाल्नु भयो । किन आत्तिएको ? भनेर हामी सम्झाउँदै थियौँ । र पनि, हाम्रा कुरा हावामा उडे । आखिर गन्तव्यमा पुग्ने हाम्रो प्रयासका अगाडि सडकी अवरोधहरु आपैmँ लज्जित भई बाटो छाड्न वाध्य भए । हामी अभैm अगाडि बढ्यौँ ।

अफसोस ! गन्तव्य पुगेर पनि दीर्घकालदेखि इच्छित दृश्यावलोकनको अवसरबाट हामी तत्कालका लागि वञ्चित भयौँ । हाम्रो यात्रा क्रममा अघिदेखि नै हाम्रा अघिपछि कुइरोका जन्ती तँछाड–मछाड गरी दैडिरहेका थिए । जसरी हामी एकत्रित भएका थियौँ, त्यसै गरी उनीहरु पनि एकत्रित भए त्यहाँ पुगेपछि । कुइराका तिनै जन्ती पर्साउन हो वा हामीलाई तर्साउन हो गाग्रीबाट खन्याएभैmँ ठूलो पानी ओइरियो । वर्षाले हामी तर्सेनौँ, बरु स्वागतका रुपमा लियौँ यसलाई । यति हुँदाहुँदै पनि हामी नराम्रोसँग बन्धक बन्यौँ आफ्नै गाडीभित्र । दसपन्ध्र मिनेटजतिपछि केही मत्थर भएभैmँ देखियो पानी, तर रोकिएन । भिज्नका लागि त्यही पानी पर्याप्त थियो हाम्रा लागि ।

गाडीमा कतिबेर बसिराख्ने !! हाम्रो मन केही दिक्कियो । केही आत्तियो । केही विचलित भयो । यत्तिकैमा गाडीबाट ओर्लिएर स्थानीय ‘चालिसे कटेज’ तिर कुद्ने निधो ग¥यौँ । ओर्लियौँ । करिब पचास मिटरजतिको चिप्लो बाटोमा बडो सतर्कतासाथ दायाँबायाँ नहेरी दौडियौँ र कटेजका कुनामा ककर्किन पुग्यौँ । चिसो मौसम । मन नभिजे पनि शरीर केही भिजेको थियो । स्वाभाविक रुपमा बिरालाले भैmँ तातो खोज्यो शरीरले । चिया तन्काउने योजना बुन्यौँ । त्यसका लागि आग्रह ग¥यौँ कटेज धनीसँग । र साथसाथै भरेका लागि खाजाको खोजखबरी गर्न पनि हामी पछाडि परेनौँ ।

पानीले अभैm बढी पौरख देखाउन थाल्यो । बाहिर निस्कन सक्ने औकात कसैको रहेन । बारीका पाटाबाट यदाकदा हरिया मकैका घोगा हामीलाई जिस्क्याउँदै चियाउँदै थिए । भन्दा जाबो मकै । त्यसको आफ्नै किसिमको प्रभाव थियो । लेकको मकै खाने अवसर सबैलाई जुरेको हुत्र । जुर्दैन पनि । त्यसको स्वाद जसले खाएको हुन्छ उसैले पाएको हुन्छ । तिनको हेराइले मेरा मुखमा पानीको मूल फुट्यो । मैले भुटेको आलो मकै खाने प्रस्ताव अघि सारेँ । अरु साथीभाइले मकैप्रति त्यति चासो नदेखाए पनि अलौटा मकैका पारखी विष्णुहरिजीले त्यसमा समर्थन जनाउनु भयो । कटेजका केटाकेटी पानीको वर्षाद् छल्दै हरिया मकै खोज्न घुस्रिए बारीतिर । आठदस घोगा मकैले इज्जतसाथ कटेजमा स्वागत पाए । भरखर भाँचेका ताजा मकै । कति स्वादिला कति !! साँच्चै भत्रे हो भने तिनको स्वाद बखान गर्न म असमर्थ छु यतिखेर ।

पानी अडिएर मौसम केही खुलेपछि हामी टेलिफोनका टावरभैmँ डाँडामा ठडियौँ । पूर्वतिर डोल्पा, उत्तरपूर्व जुम्ला र उत्तरपश्चिम कालिकोट अनुमान ग¥यौँ । आँखाले नदेखे पनि वास्तविकता त्यही थियो । दक्षिणतिर फर्किएर सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरलाई नियाल्यौँ । पवित्र काँक्रेबिहार, गङ्गामाला देउती बज्यै मन्दिर र बुलबुले ताललाई आफ्नो नाक बनाएर ऊ पसारिएको थियो पहाडको कुनु च्यापेर । वास्तवमा सुर्खेतको इज्जत यिनै नाकले बचाएका छन्, चिनाएका छन् भन्दा पनि हुने जस्तो । नगरपालिकामा गाभ्नै पर्ने लाटीकोइली र उत्तरगङ्गा गाउँ विकास समिति यसको प्रतिक्षामा देखिएभैmँ लाग्थे । रेडियो नेपालको सुर्खेत क्षेत्रीय प्रसारण केन्द्र सत्य समाचार प्राप्तिको प्रतीक्षामा हामीतिर नियाल्दै गरेको देखिन्थ्यो । यी मध्ये काँक्रेबिहार, बुलबुले ताल र गङ्गामाला देउती बज्यैले हामीलाई त्यति टाढाबाट नचियाउन र नजिक आउन आग्रह गरिरहेको प्रतीत हुन्थ्यो । तर वास्तविकता के थियो उनै जानून् ।

गोठीकाँडाबाट दक्षिणतिरै नियाल्ने क्रममा लाटीकोइली र उत्तरगङ्गाका खुला फाँटहरुमा झुलिरहेका धानका मनमोहक दृश्यले हाम्रा आँखासँग मोहनी लगाए । मलिला समथर फाँटमा लहलहाएका धानका ती सुन्दर बोटहरु पूर्ण बैँसमा पहेँलपुर भएर पसारिँदा अझै कति राम्रा देखिन्छन् होला भत्रे पनि हामीलाई नलागेको होइन । वास्तवमा यस्ता प्राकृतिक वस्तु र दृश्यहरुको शब्दचित्र उतार्न त्यति सजिलो कहाँ छ र ? छैन ।

मौसम धुम्मिने–खुल्ने क्रम चलिरह्यो । धुम्मिदा ड्याम्मै हुने र खुल्दा सङ्केत मात्र दिने क्रियाले हामी हैरान भएथ्यौँ । तैपनि चालिसेजीका कटेजमा बसेर हामीले समय र परिस्थिति अनुसार उपलब्ध क्षणको निकै सदुपयोग ग¥यौँ । केही दृश्य बढी र केही दृश्य कमलाई सामान्य मात्रे हो भने गोठीकाँडाले वास्तवमा हामीलाई काठमाडौँ उपत्यकामा रहेको नगरकोटको याद दिलायो । यी दुईलाई जोख्ने हो भने हाम्रा विचारमा गोडीकाँडा गह्रौँ हुन्थ्यो । हाम्रा चारैतिर तैनाथी दिइरहेका पहाडहरु हेर्दा लाग्थ्यो— यिनीहरु विवाहको जन्तीका रुपमा कुनै प्रिति भोजमा खानाका खातिर खुला मैदानमा टाक्क्राकटुक्रुक बसिरहेका छन् । अथवा, कोही भोज सकाएर बाँकी साथीहरुको प्रतीक्षामा त्यहीँ निदाएका छन् ।

गोठीकाँडा प्रशस्त पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थान हो सुर्खेतको । २०२३ सालमा जिल्लाको सदरमुकाम तल फेदी झरेपछि यो सिन्दुर पुछिएकी एकल महिलाभैmँ देखिएकी छे । अथवा, त्यो रुपमा यसलाई नहेर्ने हो भने यो दुइटी श्रीमती भएकी पुरुषको अपहेलित जेठी स्वास्नी जस्ती भएकी छे । जो गर्भधारण क्षमता लगायत सबै किसिमको सम्भावनासँग नजिक हुँदाहुँदै आफ्नै पतिसँग टाढिएकी हुन्छे । अपहेलित हुन्छे । फालिएकी हुन्छे । उसलाई सामान्य भन्दा सामान्य टेवाको आवश्यकता हुन्छ, र त्यत्ति पनि उसले पाएकी हुत्र । अझ भनूँ,— छाउपडी प्रथाका मारमा परेर स्याहार नपुगेकी सुत्केरी जस्तो । हो, यतिखेर यस्तै हबिगतमा देखिन्छे गोठीकाँडा ।

असोज ७ गते गोठीकाँडाबाट नियाल्दा गङ्गामाला देउती बज्यै, बुलबुले ताल र काँक्रेबिहारले टाढाबाट नचियाई नजिक आउन गरिरहेको आग्रह हामीले भुलेका थिएनौँ । समय क्रममा असोज २५ गते तिनलाई नजिकबाट नियाल्ने अवसर पनि मिल्यो । उनीहरुले गरेको त्यो आग्रह सत्य रहेछ । साँच्चै टाढाबाट त्यसको चित्र खिच्न र महत्ता चाल पाउन नसकिने रहेछ । पूर्णमानजी आज पनि मेरा साथमा हुनुहुन्थ्यो । हामीले गङ्गामाला देउती बज्यै मन्दिर परिसर, सुर्खेतको प्रसिद्ध बुलबुले ताल र काक्रेबिहार क्षेत्र गाडीको सवारीमा एकै साथ भ्यायौँ, भक्तपुर छालिङ निवासी दीपक थापा समेतलाई साथमा लिएर ।

गङ्गामाला देउती बज्यै मन्दिर सबैको आस्था बोकेको सुर्खेतको अति पवित्र र प्रसिद्ध धार्मिक स्थल हो । जहाँ श्री गङ्गामाला देउती बज्यैको मन्दिर स्थापित छ । हिन्दू मात्रका आराध्य देवी श्री गङ्गामाला देउती बज्यैको उत्पत्तिका विषयमा विभित्र किसिमका किम्वदन्ती र जनश्रुति प्रचलित रहेछन् । दुईवटा किम्वदन्ती भेरी नदीमा जाल हान्दा पाइएकी कन्यासँग सम्बन्धित छन् । यी दुवै किम्वदन्तीको प्रसङ्ग केही फरक–फरक छ, तापनि स्रोत भने एकै खालको पाइँदो रहेछ । तर अर्को किम्वदन्तीको उत्पत्ति प्रसङ्ग डोल्पाबाट सुरु भई फेरि उही भेरी नदीमा भेटिएकी कन्यासँग नै जोडिन आउँछ । यस किम्वदन्तीमा भने उनीसहित सात दिदीबहिनीको समेत उल्लेख पाइन्छ । यस सम्बन्धी किम्वदन्तीका प्रसङ्गहरु निकै रोचक छन् । सुरुमा गङ्गाजीमा भेटिएकी बालिका भएकाले गङ्गाजीबाट ‘गङ्गा’ र बालिकाबाट ‘बाला’ मिलाएर गङ्गाबाला नामकरण गरिएको र पछि यही नाम अपभ्रंश हुँदै गई बालामा रहेको ‘ब’ को सट्टा ‘म’ उच्चारण भई गङ्गामाला भएको भत्रे भनाइ पाइँदो रहेछ । यस्तै गङ्गामालाका पछाडि देउती बज्यै जोडिएको प्रसङ्ग पनि त्यत्तिकै रोचक छन् । यी सबै कुरा यहाँ उल्लेख गरिरहन सान्दर्भिक र सम्भव हुने देखिएन । यी समग्र विषयमा जानकारी लिन जिल्ला विकास समिति सुर्खेतले २०५३ सालमा तयार गरी प्रकाशन गरेको सुर्खेत दर्पण नामक पुस्तकको सहयोग आवश्यक हुन्छ ।

सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरसँगै जोडिएको लाटीकोइली गाउँ विकास समितिमा रहेको बुलबुले ताल यहाँको प्रमुख आकर्षणको थलो हो । तालको क्षेत्रफल तुलनात्मक रुपमा निकै सानो भए पनि यसको समग्र भौगोलिक क्षेत्रफल २६ बिगाहा छ । जमिनबाट बुलबुल उम्रेको पानीको स्रोतबाट ताल निर्माण भएकाले यसलाई बुलबुले ताल भनिएको रहेछ । त्यस्तो बुलबुलबाट निस्किएको पानीको थोपा तालको बाहिरी भागमा प्रस्ट अवलोकन गर्न सकिन्छ । यो ताल सुर्खेत उपत्यकाको अप्ठ्यारो बेलाको पानीको प्रमुख स्रोत पनि हो । यहाँ महिला र पुरुषलाई नुवाइधुवाइ र लुगा धुनका लागि अलगअलग किनारमा पाँचपाँचवटा धारा निर्माण गरिएको रहेछ । निरन्तर रुपमा पर्याप्त पानी आउने यी धाराबाट फाइदा लिनेहरुको घुइँचो लाग्दो रहेछ ।

हिउँदका अनुकूल मौसममा यहाँ बाँके, बर्दिया र यदाकदा कैलालीदेखि पनि बनभोज खानेहरु आउँदा रहेछन् । यो अत्यन्त राम्रो पक्ष हो । यी र यस्तै गतिविधिलाई बढावा हुने गरी काम गर्न गराउन सके यसको भविष्य उज्ज्वल देखिन्छ । तालभित्रको क्षेत्रमा वृक्षरोपण, पार्क निर्माण, नर्सरी लगायतका विभित्र कार्यको थालनी गरिए पनि यहाँभित्र गर्नु पर्ने धेरै कुराहरु गर्न बाँकी देखिन्छन् । यसको संरक्षण र सम्बद्र्धनका लागि सुरुसुरुमा जुन रुपमा जागरुकता देखाइएको थियो, अहिले त्यो पनि सेलाएको बुझियो । त्यहाँभित्र व्यक्ति विशेषले पसललगायत कुनै न कुनै बहानामा प्रयोग गरिरहेका घरटहरालाई बाहिर हटाएर त्यहाँ उपलब्ध भइरहेको पानीको उचित व्यवस्थापन, सरसफाई र अन्य कुरामा चासो दिएर काम गर्ने हो भने यस तालले सुर्खेतलाई दीर्घकालसम्म जीवन्त राख्न मद्दत पु¥याउने पक्का छ । यसो हुन सक्यो भने त्यहाँ भित्र पस्दा छुट्टै संसारको अनुभूति मिल्ने वातावरण सिर्जना हुन सक्छ । होइन भने ‘सुर्खेत बुलबुल ताल …’ भनेर गाइएको गीत गीतमै सिमित हुन्छ, अरु केही हुत्र ।

काँक्रेविहार सुर्खेतको अर्को एउटा पुरातात्विक महत्व बोकेको गहना हो । यसलाई राम्रोसँग स्याहारसुसार र संरक्षण गरी उपयोग गर्न सके यसले सुर्खेतको शोभा बढाउन सक्ने कुरामा कुनै शङ्का गर्नु पर्दैन । उपत्यकाको बीच भागमा अवस्थित लगभग १६७ हेक्टरभन्दा अझ केही बढी जमिनमा पैmलिएको सुन्दर हरियालीयुक्त सालसल्लोको जङ्गल र जङ्गलका बीचको सर्वाधिक उच्च स्थानमा रहेको काँक्रेविहारको भग्नावशेषले यसलाई अझ बढी आकर्षक बनाएको छ । यसका विषयमा थप खोजबिन र जानकारी जुटाउन खोज्दा २०२९ सालपूर्व यसको महत्ता र संरक्षणमा त्यति ध्यान दिइएको पाइएन । बरु चारैतिरबाट अतिक्रमणको मार र अपहेलनाको भार खेप्न प¥यो यसले । २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको यस क्षेत्रमा भ्रमण भएपश्चात् यसको संरक्षण र संबद्र्धनमा चासो दिन थालिएछ । पुरातात्विक महत्वको यस स्थानमा अहिले पछिल्लो समयमा आएर पुरातत्व विभागबाट उत्खनन र निर्माणको काम पनि सुरु भएको छ । मोटामोटी छ÷सात सय वर्ष अगाडि निर्माण भएको अनुमान गरिएको यो विहार के कुन समयमा ध्वस्त भयो भत्रे आधिकारिक अभिलेख अहिलेसम्म जुटेको पाइएन । तर प्राकृतिक वा अन्य कुनै किसिमबाट विहार ध्वस्त भएको र त्यसमा प्रयोग भएका अनुपम कारिगरीयुक्त विशाल शीलाहरु यत्रतत्र सर्वत्र छरपस्ट भएको दृश्य अहिले पनि देख्न पाइन्छ ।

विहार निर्माणमा प्रयोग भएका ती सबै शीला पुरातत्वविद्हरुको अगुवाईमा बटुलबाटुल र सङ्कलन गरी पुनःनिर्माणका लागि नम्बरिङ गरिएको र पुनःनिर्माणको काम सुरु भएको छ । उपलब्ध शीलाहरुमा उच्च कारिगरीय सीप देख्न सकिन्छ । यो देखाइले काँक्रेविहारको क्षतविक्षत दृश्यले विरक्तिएको मन केही शान्त हुन्छ । उपलब्ध शीलाहरुको अवलोकन र बुद्ध मूर्तिको प्राप्तिले यो भगवान बुद्धसँग या अझ भनूँ बुद्ध धर्मसँग सम्बन्धित छ भत्र हिच्किचाउनु पर्ने देखिँदैन । अहिलेसम्मको अनुसन्धान र अवलोकनले त्यही बोल्छन् । झन्डझन्डैै साठी÷पैँसठ्ठी फिट भन्दा अग्लो अनुमान गरिएको यो विहारको पुनःनिर्माण पूरा हुन अभैm लामो समय लाग्ने अनुमान गर्न सकिन्छ । पुनःनिर्माण सम्पत्र भइसकेपछि यसको ख्याति यति बढ्नेछ कि दर्शनार्थीहरुको चाप यहाँ ह्वात्तै बढ्नेछ, जसलाई बेलैमा आवश्यक तयारीसाथ व्यवस्थित गर्न सके सुर्खेतको मुहार परिवर्तनमा उपयोग गर्न सकिन्छ सक्छ ।

कुनै पनि कुरामा सकारात्मक सोचका साथ हुने छलफल, बहस र जागरुकताले नयाँनयाँ सम्भावनाको खोजी गर्छ । सुर्खेत सभ्भावनै सम्भावना समेटिएको सँगालो हो । यहाँ एकदुईवटा औँलामा गत्र सकिने मात्र होइन अरु प्रशस्त सभ्भावना छन् । ती सबै सम्भावनाको ढोका खुलाउने काम यहाँका स्थानीयको हो । स्थानीय चासो र जागरुकताबिना यी ढोका खुल्दैनन् । ढोका खुलाउने काम अपरिहार्य छ । ‘भाग्यमा छ भन्दैमा डोकामा दूध दुहेर अडिदैँन’ भत्रे आहान यतिखेर यहाँ उल्लेख गर्नु सायद सान्दर्भिक नै हुन्छ । आमाको दूधमा पूर्ण अधिकार राख्ने काखको बच्चाले त नरोईकन आफ्नी आमाको दूध चुस्न पाउँदैन भने अरुका के कुरा ? यस कुरालाई यहाँका स्थानीयले बेलैमा बुझ्नु पर्छ । घच्घच्याउनु पर्ने ठाउँमा घच्घच्याउनु पर्छ । एकजुट हुनु पर्ने ठाउँमा एकजुट हुनुपर्छ । अनि मात्र यो सम्भावनाको अर्थ रहन्छ । सकारात्मक प्रतिफल निस्कन्छ ।

यहाँ पर्यटकीय तथा अन्य हिसाबले दर्शनीय स्थानको कुनै कमी छैन । प्राकृतिक हरियाली होस् वा अन्य दृश्यावलोकन । मठ मन्दिर हुन् वा तालतलैया । के छैन यहाँ ? गोठीकाँडा, काँक्रेविहार, बुलबुले ताल र गङ्गामाला देउती बज्यै मात्र होइनन् पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान अरु पनि प्रशस्त छन् । त्यसलाई कसरी व्यवस्थापन गर्ने, कसरी उपयोग गर्ने, कसरी प्रचार–प्रसार गर्ने र यहाँ ओइरिने पाहुनाहरु,— चाहे ती विदेशी हुन् वा स्वदेशी नै, लाई कसरी स्वागत सत्कार गर्ने ? कसरी तिनको मन जित्ने र उनीहरु मार्पmत् कसरी अरुलाई सकारात्मक सन्देश प्रवाह गर्ने भत्रे पिरलो सुर्खेतवासीलाई नै हुनु पर्छ, अरुले मात्र चासो लिएर÷दिएर पुग्दैन ।

वास्तवमा हिमाली, पहाडी तथा तराईको एकसाथ दृश्यावलोकनका लागि अद्वितीय छ गोठीकाँडा । दृश्यावलोकनका हिसाबले काठमाडौँ उपत्यकाको नगरकोटभन्दा निकै धनी छ गोठीकाँडा । स्थानीयहरुको भनाइमा उत्तरका अधिक र पश्चिमका केही भागबाहेक सुर्खेतका असी प्रतिशतभन्दा बढी भू–भाग यहाँबाट अवलोकन गर्न सकिन्छ । पश्चिम क्षेत्रका हिमाली दृश्यहरु सर्लक्क देखाउन सक्षम छ गोठीकाँडा । बाँके, बर्दियाका चटक्क मिलेका कतिपय समथर फाँट र सुर्खेत आपैmँका मनोरम पहाडी शृङ्खला नलुकाईकन देखाउन सक्छे गोठीकाँडा । आवश्यक प्रचारप्रसार र व्यवस्थापनको छायाँमा परे पनि दृश्यावलोकनका हिसाबले यो सुर्खेतको नगरकोट हो । सुर्खेतको वीरेन्द्रनगर बजारबाट नजिक र यातायातका साधनको सजिलो पहुँच हुन सक्ने यो ठाउँ स्थानीय र बाहिरिया सबैले उत्तिकै उपयोग र मनोरञ्जन गर्न सक्ने थलो बत्र सक्छ, बेलैमा ध्यान दिने हो भने । यहाँ पुग्दा केही क्षणका लागि भए पनि सहरिया परिवेशको धुलो, धुँवा र अन्य प्रदूषणबाट मुक्ति मिल्छ । सन्तोषले सास फेर्न सकिन्छ । अटाइनअटाइ हरिया डाँडाकाँडाहरु आँखामा घुसाउन सकिन्छ । चारैतिरको प्राकृतिक मनोरमताले मन आह्लादित हुन्छ, शब्दमा व्यक्त गर्न नसकिने किसिमबाट ।

यत्तिकै वा यो भन्दा अझ बढी सम्भावना छ, काँक्रेविहारको । काँक्रेविहार, बुलबुले ताल यतिखेर प्रयोगका हिसाबले बाँदरका हातको नरिवलभैmँ प्रतीत हुन्छन् । यी सबै कुरा साङ्केतिक हुन् । विस्तृत खोज, अनुसन्धान, छलफल र योजना निर्माण यसका लागि आवश्यक पर्छ । सुर्खेतको समग्र विकास क्रममा सुर्खेत–कोहलपुर राजमार्गको चौँडाइ बिस्तार र यातायातको भरपर्दो व्यवस्था गर्न सके मात्र पनि गर्मीमा तराईमा छटपटाएका र पहाडी दृश्यावलोकनका लागि भोकाएका यात्रीहरुलाई अवश्य पनि यहाँ तात्र सकिन्छ । हामी चौबीसै घण्टा चारैतिर पहाडैपहाड देखिरहेकाका लागि यहाँबाट देखिने पहाड कौडीको मूल्यका पनि लाग्न सक्छन् । लाग्छन् । पहाडको अनिकाल भएकाका लागि यिनै पहाड अमूल्य निधि हुन्छन् । हो, यस्ताहरुलाई सुर्खेतले तात्र सक्नु पर्छ । तानेकालाई मात्र सक्नु पर्छ । यो तनाइ र मनाइ क्षणिक होइन, दीर्घकालसम्म धात्र सक्नु पर्छ । अनि हुन्छ हुनु पर्ने कुरो । अनि बढ्छ सोच, अनि हुन्छ विकास । यस यात्रामा मैले यति नै देखेँ, यति नै सोचेँ । तपाईंले पनि यस क्षेत्रमा यात्रा गर्नु भयो भने अवश्य पनि अरु नयाँ कुराहरु थपिनेछन् । हेरेर आनन्द लिन सकिने कुरो पढेर÷सुनेर प्राप्त नहुन सक्छ । एक पटक यस क्षेत्रको यात्राका लागि समय निकाल्न सक्नु हुन्छ ? प्रयास गरी हेर्नुस् त ! कसो होला ?

(स्रोत : समकालीन साहित्य डट कम)

This entry was posted in नियात्रा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *