बाल गीत : चुँ चुँ गर्दै कुनोतिर मुसो करायो

~रञ्जुश्री पराजुली ~Ranjushree Parajuli

चुँ चुँ गर्दै कुनोतिर मुसो करायो
बिरालोको म्याउँले कता लघार्यो
आँगनीमा हाऊ हाऊ गर्दै पाङ्ग्रे भुक्यो
चर्को घाममा सुकाएको टोपी सुक्यो ।।

प्रातः काले सिरसिर बतास मनै रमाइलो
भित्र बाहिर चारैतिर धेरै घमाइलो
कोइलीको को हो … को हो मनै खुशी भो
चरी आवाज वरपर धेरै गुञ्जियो ।।

पल्लो घरको गोठबाट बाँ बाँ करायो
बुबु दुहुने बेला भो भनी सम्झायो
स्कुलको गृहकार्य पनि सकियो
खना खान आऊ भन्ने पनि सुनियो

कापि कलम सम्हालेर जतन गर्छु म
सफा सुग्घर भएर जुत्ता लाउँछु म
आमालाई ढोगेर स्कुलतिर लाग्छु
स्कुलमा आफ्नो पाठ ध्यान दिई पढ्छु ।।

This entry was posted in बाल गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.