सूत्रकथा : डाक्टर

~कुमार काफ्ले~kumar-kafle

-रोगको उपचार गर्ने डाक्टर श्यामलाललाई भगवानभन्दा कम लाग्दैनथ्यो।

-परिवारमा कोही बिरामी भए कि डाक्टरकोमा पुर्याइहाल्थ्यो।

-यसपटक पनि आमाको आँखा दुख्न थालेपछि उसले विना विलम्ब अस्पताल पुर्यायो।

-डाक्टरले आफ्नो विशेषज्ञताको भरपुर प्रयोग गर्दै आँखाको शल्यक्रिया गरे।

-शल्यक्रियापछि खुशी हुँदै उसले आमालाई घर लिएर गयो।

-डाक्टरले भने अनुसार नै दुई दिनपछि आमाको आँखाबाट पट्टी खोलियो।

-आमाले सारा संसार अन्धकार सिवाय केही देखिनन्।

-डाक्टर भउमान् को कृपाले उनले आँखाको ज्योति गुमाईसकेकी थिईन्।

-दुई दिनपछि उपचारमा संलग्न डाक्टरलाई प्रहरीले पक्राउ गर्यो।

-त्यसको दुई महिनापछि अदालतले ती डाक्टरलाई नक्कली प्रमाणपत्रको आधारमा डाक्टर भएको भनि दोषी करार गर्दै जेल सजाय सुनायो।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.