बाल कथा : चकलेटको परिणाम

~मीना बज्राचार्य~mina-bajracharya

रामदेवी र रामदासको विवाह भएको पाँच वर्षपछि बल्ल एउटा छोराको जन्म भयो । त्यसकारण, उनीहरू साह्रै खुसी भए । आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई उनीहरू दुवैले अति माया गरी हुर्काउन थाले । उनीहरूले आफ्नो छोराको नाम राज राखे । राज साह्रै हृष्टपुष्ट थियो । नहोस् पनि किन राजलाई मीठोमीठो भने जति खान दिन्थे । उसले जे मागे पनि पु¥याइदिन्थे । त्यसैले होला, राज बिस्तारै जिद्दी स्वभावको हुँदै गइरहेको थियो ।

आमाबाबाले उसको हरेक इच्छा पु¥याइदिने भएर पनि ऊ त्यसरी जिद्दी हुन पुगेको हो । राज अति नै राम्रो हिसी परेकाले आफन्त र छरछिमेकीहरूले पनि उसलाई मन पराउँथे । उनीहरूको घरमा आउने सबै पाहुनाहरूले राजलाई चक्लेट, बिस्कुट, खेलौना आदि चिजहरू उपहारका रूपमा ल्याइदिन्थे ।

आजभोलि भन्दाभन्दै राज पाँच वर्षको भएपछि उसलाई स्कुलमा भर्ना गरिदिए । राजलाई स्कुल पठाउन पनि धेरै मीठोमीठो खाजा राखिदिन्थे । स्कुलमा जाँदा र फर्कंदा पनि बाटोमा देखे जति किन्नुप¥यो भनेर जिद्दी गथ्र्यो ।त्यसमा पनि झन् आइसक्रिम र क्याडबरी चकलेट त देख्नै नहुने । नत्र, बाटामै लडीबुडी गरी रुन पनि बेर लाउँदैनथ्यो । उसको यो बानी कसैले पनि छुटाउन सकेन । त्यसैले, दिनदिनै राजको दाँत बिग्रिँदै गइरहेको थियो । फेरि ऊ दाँते माझ्न पनि अल्छ गथ्र्यो । आइसक्रिम र चकलेट धेरै खानुहुँदैन भनेर गुरुहरूले जति भने पनि उसले कसैको कुरालाई पनि टेर्दैनथ्यो । चकलेट नै टिफिन लाने गथ्र्यो । यसरी नै हुर्कंदै गयो । कक्षाहरू चढ्दै गयो । यस्तैमा एक दिन राजलाई दाँत र पेट एकसाथ धेरै दुख्न थाल्यो । दाँत पनि सबै जसो कीराले खाएर झरिसकेका थिए । भएको दाँत पनि कालो पहेंलो र उछिट्टिएर नराम्रो देखिएको थियो । ऊ थोते बूढोजस्तो देखियो । दुखाइ सहन नसकेर राज रोइ कराइ  गर्न थाल्यो ।

आफ्नो प्यारो छोरोको दुखाइ देखेर सहन नसकी उनका आमा बाबा रामदास र रामदेवी आत्तिएर हत्तपत्त  उसलाई अस्पताल दौडाए । अस्पतालमा सबै जाँच गरेर औषधि लेखिदिए ।

त्यसपछि उसलाई सम्झाउँदै डाक्टरले भने, ‘हेर राज तिम्रो दाँत कीराले खाएर प्वालैप्वाल बनाइसक्यो । प्वालमा मैले सिमेन्ट भरिदिएको छु । अबदेखि दिनको दुईपटक अवश्य ब्रस गर्नू । कुनै पनि गुलियो चिज खाइसकेपछि पानीले कुल्ला गनुपर्छ ।’डाक्टरले फेरि सम्झाउँदै भने, ‘ब्रस गर्दा कम्तीमा तीन मिनेटसम्म समय लगाएर राम्ररी तलमाथि दायाँबायाँ ब्रस चलाएर गर्नुपर्छ । धेरै चिसो र धेरै तातो सँगै पिउनुहुँदैन । अबदेखि चकलेट, आइसक्रिम नखाने । चकलेट आइसक्रिम र मिठाई खानुपरे खाएपछि तत्कालै दाँत माझ्ने है बाबु ।’ राजले हवस् भन्दै टाउको हल्लायो ।  एउटा ब्रसले कति महिनासम्म दाँत माझ्ने भनेर आमाले प्रस्न गरिन् ।

डाक्टर साहेबले फेरि भने, ‘राम्रो प्रश्न गर्नुभयो । प्रत्येक तीन महिनामा हामीले दाँत माझ्ने ब्रस बदल्नुपर्छ । आफ्नो ब्रस अरूले अरूलाई दाँत माझ्न दिनुहुँदैन । अरूको ब्रसले पनि आफूले दाँत माझ्नुहुँदैन । किनभने, अरूको दाँतको तथा मुखको रोग आफूलाई सर्न सक्छ । राजले हस् भनेर टाउको हल्लायो । केही दिनपछि उसको दुखाइ कम भयो । तर, रोग निको हुनासाथ उसले फेरि छिनछिनमा चकलेट र पाएको बेला आइसक्रिम खान थाल्यो । दाँत पनि माझ्न अल्छी गर्न थाल्यो । आमाबाबाले थाहा नपाउने गरी राजले गुलिया चिजहरू किनेर खाने ग¥यो । उसको बानी सुध्रिन सकेको थिएन ।

त्यसैले, फेरि उसको दाँत दुख्ने झर्ने क्रम बढ्दै गयो । दुखाइले गर्दा बेलाबेलामा ऊ स्कुल पनि जाँदैनथ्यो । जाँचको बेला पनि दाँत दुखेर राजको जाँच छुट्न पुग्यो । धेरै दिन स्कुल जान नपाएकाले ऊ पास हुन पनि सकेन ।

कक्षा ५ मा फेल भएर फेरि त्यही कक्षामा नयाँ साथीहरूसँग पढ्नुपर्दा उसलाई लाज लाग्यो । त्यसमा पनि उसको दाँत कीराले खाएर झरेको हुनाले दाँत नभएर थोते बुढोजस्तो भएको थियो । त्यसैले सबै साथीहरूले थोते बूढो भनेर जिस्काउँथे । कसैले बूढो बच्चा आयो भनेर जिस्काउँथे । त्यसैले गर्दा पनि राज स्कुलमा जान लाज मान्न थाल्यो । राजको अवस्था देखेर उनका आमाबाबा पनि धेरै नै दुःखी भए । राजलाई औषधि गर्दागर्दा धेरै पैसा खर्च भइसकेको थियो । औषधिले राजको दुखाइ मात्र कम भयो । तर, दाँत भने नराम्ररी बिग्रिसकेको थियो । अब त उसले कडा चिज मात्र होइन भात र चिउरा पनि चपाउन नसक्ने अवस्थामा पुगिसकेको थियो ।

दाँतले केही टोक्न पनि नसक्ने भइसकेको थियो । त्यसैले, राजले अहिले झोल चिज, जाउलो, हलुवाजस्ता गिलो र नरम चिज मात्र खानुपर्ने भयो । कुनै चिज खाँदा पनि बूढाहरूले जस्तै चपाएर खाने हुनाले उसलाई सबैले बूढो बच्चा भनी जिस्काउँथे । उसले हाँस्न पनि मुख छोप्नुपथ्र्यो । निर्धक्कसँग हाँस्न पनि नसकेर राज सधैं मुख छोपी बस्थ्यो । राज बच्चा छँदै बूढो भएर बाँच्न बाध्य भयो । त्यसैले, उसले पश्चात्ताप गर्न थाले । तर, जति नै कराए पनि जति नै उपचार गरे पनि उसको दाँत अब राम्रो हुन सकेन । उसको रूपमा पहिलेजस्तो हिसी भएन ।

अब उसलाई  मन पराउनेहरू पनि कोही पनि भएन । उल्टो सबैले बूढो आयो भनी जिस्काउने मात्र गथ्र्यो । त्यसैले राजले पहिले गुरु, आमाबाबा र डाक्टरले भनेको नमानी अटेर गरेको सम्झेर पश्चात्ताप गर्न थाल्यो ।

(स्रोत : राजधानी राष्ट्रिय दैनिक)

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *