गजल : हजूर बादलुको ताँती

~निर्मोही व्यास~Nirmohi Vyas

म त काकाकुल, हजूर बादलुको ताँती
प्यास मेट्ने आसमा छु सधैँ दिन–राती
0
हिजोमात्र होइन हजूर ! आजमात्र होइन
जीवन यो भोलि पनि हजूरकै थाँती
0
कलेजीमा सम्झनाको लाखबत्ती बाली
सपनीमै हराउनु लाग्छ मलाई जाती
0
ढकमक्क सयपत्री फुल्ने मेरी हजूर !
हेर्दा हेर्दै काँस फुल्यो चिरिन्छ यो छाती
0
उकालीका घुम्तीहरू काट्तै धाई आएँ
द्यौरालीमा हजूरलाई चढाउन पाती

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.