गजल : न पीडितलाई पाल छ

~प्रमोद स्नेही~

सिटामोल छैन घाइतेलाई, न पीडितलाई पाल छ
मूर्ति भाको छ राज्य, यो देशमा बडो कमाल छ

माटोभित्र गुहार भन्दै जीवन माग्दैछ कोही
उद्धार भन्छ, उद्धारभन्दा स्वार्थ अनि जाल छ

चामल छ गोदाममा, सहयोग कागजमा
कागजले के हुन्थ्यो र, यहाँ अनिकाल छ

विवाद, भागबण्डा, लासमा पनि राजनीति
कस्तो लाचार, मान्छेलाई जीवनको सवाल छ

– प्रमोद स्नेही श्रेष्ठ
अर्खौले – ५ खोटाङ्

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.