बाल कविता : चरी

~ललिता ‘दोषी’~lalita-doshi

चिरविर, चिरविर गर्दै गाउँछे
चरी आँगनीमा
चारा टिप्दा छर्छे विस्कुन
कहिले कुनाकुनीमा ।

भुर्र यता, भुर्र उता
गर्दै नाच्छे चरी
सधैँजसो लिइजान्छे
चारा चुच्चाभरि ।

गुँडमा गई बचेरालाई
खुवाउँछे आहारा
माउचरी बचेराको
हुन्छ ठूलो सहारा ।

माउ मरे मर्छन् सबै
साना-साना चरी
चारा खान बस्छन् गुँडमा
सधैँ आँ-आँ गरी ।

-बुद्धनगर, काठमाडौँ

(स्रोत : मुना २०६६ असोज)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.