निबन्ध : के सारो हाउ …..

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

‘के सारो हाउ !’ यो पूर्वतिरको जनजीवनमा प्राय बोलिने वाक्य हो । यसलाई कतिपयले थेगोको रूपमा पनि प्रयोग गर्छन् । पूर्वमा पनि अझ घरानका मानिसहरूको जनजिब्रोमा सजिलै झुण्डिने वाक्य हो यो । आफूलाई कुनै कुरा चित्र बुझेको छैन भने वा अलिक बढी नै लागेको छ वा नकारात्मक भावाना पोख्नुपर्यो भने अलिक स्ट्रेस दिएर यो वाक्य बोलिन्छ – ‘के सारो हाउ…।’

जब म घर पुग्छु साथीहरू सँगको भेटघाटमा हराउँछु अनि यो ध्वनि श्रवण गर्न बाध्य हुन्छ ।’के सारो हाउ… फोनसोन पनि छैन । ‘के सारो हाउ…˜ माया मारेको ।’

मलाई भन्न मन लाग्छ ‘हो साथी जीवन सारो नै रहेछ । ओखर भन्दा पनि सारो । पीडाको धनले जति हाने पनि नफोडि्ने, बरु कहिले उछि्छटिएर धरान् इटहरी आइपुग्दो रहेछ फेरि कहिले उता काठमाडौँ बजारिदो रहेछ । तर कहिले फुट्न सक्दोरहेनछ । जहिले पनि सारोको सारै । शंकर लामिछानेले जीवनलाई कोमल प्याजको पत्रैपत्रमा तुलना गरेर गए । कसैले जीवनलाई केमा तुलना गरे, कसैले के मा तर म त जीवनलाई ओखरझैँ कडा देख्छु । यो कडा जीवनले जतिसुकै व्यवधान, हण्डर, पीडा सहदासहदा पनि जस्ताको तस्तै छ । मेरो जीवनले यस्तै कडा चीज चबाइरहेको हुन्छ । कडा चीजले चबाइएको बस्तु पनि त स्वादिलै हुन्छ नि नरम चीजले चबाएर निलेको भन्दा होइन र साथी – हो साथी यही कडा जीवनले सारा विसँगति, विकृति, असत्यलाई स्वादिष्ट भोजनको रूपमा लिएर त्यसलाई पाचन र निर्मलीकरण गरेर अरुको जीवन लागि पौष्टिक तत्व सेचन गराउन तल्लीन छु म । त्यसैले म यही सारो जीवन मन पराउँछु । म यही सारो जीवनलाई कहिले नफुट्ने र नटुट्ने बनाउन चाहन्छु । तथापि कसैले कुनै बज्रले पनि मलाई टुटाउन सकून, फुटाउन नसकून ।

मेरो जीवन मात्र होइन साथी, हामी सबै नेपालीको जीवन सारो भएको छ – नरिवलको दाना बाँदरको हातमाझै । हामी नेपालीको जीवन जति नै बन्द , हडताल, लोडसेडिङ्ग, जाम र महङ्गीको मारले हाने पनि नफुट्ने अनि हाम्रो नियत्तिचाहिँ बाँदरको हातमा नरिवलझै बनेको छ । ऊ नेपालीको भाग्य फुटाउन खोज्छ तर सक्दैन । बरु नेपालीको भाग्य उछिटिएर कहिले मरुभूमिको तातो हावा खान पुग्छ त कहिले युरोप अमेरिकाको चिसोमा कठङ्याग्रिन पुग्छ अनि कहिले मुर्म्वईको कोठीमा पुग्छ । कहिलेकाही म अनलाइनको च्याटमा बसेको हुन्छ अनि विदेशमा बस्ने नेपालीहरूसँग कुरा गरेको हुन्छु । जब हजारौ नेपालीहरू आफनो देशलाई माया मारेर विदेशमा कामका लागि भौतारिएको थाहा पाउँछ अनि मेरो मन अत्यन्त मर्माहत बन्न पुग्छ । देश , गाउँ, इष्टमित्र छोडेर विरानो देशमा कति हण्डर खाएर बाँच्नुपरेको नेपालीको भाग्य देखेर म अनासयै भन्न पुग्छु- ‘के सारो हाउ.. नेपालीको भाग्य ।’ त्यस्तै कहिले घरेलु कामदारको रूपमा खाडी मुलुक गएका नेपाली नारीहरूको आर्तनाद सुन्दा मेरो मन सयौ मनको भारीले थिचेजस्तो हुन्छ । त्यस्तै कहिले आफनो गाउँठाउँ, आफन्त र मायालुलाई छोडेर विदेशमा मायालुको सम्झना ले तडपिएको आत्मा पढ्न पुग्छु अनि अनासयै मेरो मुखबाट निस्कन्छ – ‘के सारो हाउ…। ‘

नेपालीको भाग्य किन यति सारो भयो म मनन गर्न पुग्छु । वास्तवमा नेपालीको भाग्य कसरी यति सारो भयो – यसको पनि कुनै ऐतिहासिक कथा हुनु पर्छ किनभने नेपालीको सबै कुरा सारो छ सारो नभई केही हुनेवाला छैन । त्यसपछि म वैचारिक धर्मशास्त्र पल्टाउन पुगेँ म त्यहाँ मैले एउटा यस्तो ऐतिहासिक कथा पाए जुन यसप्रकारको छ – धेरै समय अघिको कुरो हो । त्यस बेलाको कुरो हो । भगवान महादेव र पार्वती घुम्न भनेर युरोप र अमेरिका पुग्नुभएछ । त्यहाको विकसित समाज देखेर छक्क पर्नु भएछ । प्रसन्न भएर त्यहाका मानिसलाई के वर माग्छौ माग भन्नुभएछ । अनि उनीहरूले भनेछन् – ‘प्रभु हामीहरूसँग सबै कुरा भयो तर काम गर्ने कामदार भएनन् । हामीले अह्राउने खटाउने मान्छे पाएनौ । त्यसपछि महादेव भगवानले भन्नुभएछ तिमीहरूको इच्छा पूरा हुनेछ । यति भनेर महादेव पार्वती र्फकनुभएछ । त्यसपछि महादेव भगवान त्यस्तो मानिस कहाँ सिर्जना गर्न सकिन्छ भनेर देश विदेश घुम्न थाल्नु भएछ । तर कतै उपर्युक्त ठाउ नभेटेपछि नेपाल आइपुग्नु भएछ । पक्कै पनि यो देशमा कामदार मानिस सिर्जना गर्न सकिन्छ । त्यसपश्चात उहाँले बुद्धि खियाउनु भएछ । उहाँले उही ‘सारो’ शब्द क्षेप्यास्त्रको रूपमा सिर्जना गर्नु भएर नेपालमा प्रक्षेपण गर्नुभएछ । अब नेपालमा सबैकुरा सारो हुँदै गयो । र्सवप्रथम त्यो ‘सारो’ शब्दको विष्फोटबाट निस्किएको विकिरणले नेपालको भूगोल र हावापानीमा असर पारेछ । उत्तरतिर पहाडैपहाड बनाउनु भएछ अनि दक्षिणतिर सम्मैसम्म पहाड पनि अन्त कतै नभएको ‘के सारो पहाड र हिमाल ‘ भनेझै बनेछन् । त्यसपश्चात ‘सारो’ शब्दले हावापानीलाई असर पारेछ । हावापानीमा ऋतु परिवर्तन हुदा उही सारो शब्द नभई अर्को ऋतु परिवर्तन नै नहुने भएछ । कसरी भने चिसो ऋतुमा चिसो वतासमात्र नभई शीतलहर र कठ्याङग्रिने चिसोले भुतुक्कै पार्दछ । अनि हामी भन्न पुग्छौ के सारो चिसो ‘ । यो सारो नभइ अर्को ऋतु परिवर्तन हुने कुनै छाट नै देखिदैन । त्यस्तै वसन्तमा हावा र हुरीले उग्र रुप लिन्छ । चारैतिर हुण्डरीले ताण्डव नुत्य लिन्छ । धेरै ठाउँ आगलागि हुन्छ र सुख्खाले चारैतिर सन्त्रास फैलाउँछ अनि मात्र अर्को ऋतु बदलिन्छ । त्यस्तै गर्मीको प्रचण्ड रापले हायलकामल पार्दछ । अनि हामी भन्न पुग्छौ ‘के सारो गर्मी, ‘ त्यस्तै ग्रीष्ममा वर्षाले चारैतिर सम्राज्य फैलाउँछ । यति मात्र होइन बाढी पहिरो र डुबानले उग्ररूप लिएपछि हामी भन्न पुग्छौ ‘के सारो पानी.. ,’ यसरी र्सवप्रथम सारो शब्दले हावापानीमा आक्रमण गयो त्यसपश्चात नेपालको राजनीतिमा यसले हस्तक्षेप गर्यो । त्यो ‘सारो’ शब्दको क्षेपास्त्र भगवानले सिहदवारमा हान्नु भएछ राष्ट्रलाई सचालन गर्ने सिहदरवारमा त्यो शब्दको प्रभाव नेताहरूमा पर्न गएछ त्यस पछि सबै कुरा सारो हुँदै गएछ । त्यससमयसम्म नेपालमा राणा शासन सुरु भइसकेको थियो । राणा शासकले आफनो शासनकाल यति निरकुश बनाएकी उनीहरूले नेपालीको जीवन ढुङ्गजस्तो कडा र स्थिर बन्यो । राणा शासनको अत्यचार नापी नसक्नुको भयो । अनि नेपालीहरू ‘के सारो हाउ…।’ भन्दै आन्दोलित बन्न पुगेँ । उनीहरू सारो फुटाउन एकजुट भए । । उनीहरूले त्यो विकिरणयुक्त , सारो फुटाए । अनि पञ्चायती व्यवस्थालाई ल्याए । पञ्चायती व्यवस्थालाई पनि सिहदरवार छिरेपछि उही सारोले आक्रमण गरी हाल्यो । पुन पञ्चायती व्यवस्था फेरि सारो बन्न पुग्यो । यसले नेपाली हक अधिकार बाधिदियो । तानाशाही प्रवृत्तिमा देश चल्न थाल्यो । भष्ट्रचार र कमिशनखोरले देशलाई थाङ्थिलो पारे । फेरि नेपालीहरू ‘के सारो हाउ..’ भन्दै एक जुट हुन थाले । सारो फुटाउन नेपाली जनताहरूले कसैले हतियार उठाए, कसैले कलम उठाए, कसैले औजार उठाए । केही नहुने आवाज उठाए । अनि बहुदल व्यवस्था ल्याए । पुन सारो लाई पन्छाएर केही नरम बन्न थाले नेपाली जनता । तर त्यो नरम फलामझैँ तातिदा नरम हुने मात्र थियो । बहुदलीय व्यवस्थाले नेपाली जनतालाई फलामझैँ सारो बनाइदिए । तातिने जति नरम हुन्थे अनि जता मोडेयो उतै मोडिन्थे नतातिनेहरूको जीवन फलामझैँ कडा बन्यो । सिहदरवार छिरेको बहुदल व्यवस्थालाई पनि सारोले आक्रमण गरिहाल्यो ।

राजनैतिक अस्थिरता, जनयुद्धको मारले नेपाली जनताको जीवन फेरिकडा बन्यो । धेरै जनताको रगत होली बनेर बग्यो । अब फेरि के सारो भन्दै जनता र्जुमुराए शान्तिको लागि । नेपाली जनताको भाग्यभन्दा धेरै टाढा थियो, शान्ति , सुव्यवस्था र सुख । अब धेरै नेपालीहरू युरोप अमेरिका र धेरै जसो अरब गइसकेका थिए । अझ जाने क्रम छ । अहिले नेपालीको जीवनको प्रत्येक पलपल उही ‘सारो ले आक्रमण गरिरहेको छ ।

‘के सारो महङ्गी हाउ…,’ ,

‘के सारो , लोडसेडिङ्ग हाउ…।’

‘के सारो विकृति र विसँगति, अनि के सारो बिग्रेको राजनीति ।’

, ‘के सारो अशान्ति…।,’

आज प्रत्येक नेपालीको मानसिकतामा विर्दशमा कामदार भएर बाँच्ने सोचाइ प्रत्येक दिन उम्रिरहेको छ ।
मलाई भन्न मन लाग्छ । यो कथा सत्य नहोस् । भए पनि शिवजीले यो सराप फिर्ता लिउन र नेपाली जनताले विदेशको भूमिमा छातीभरि देशको माया, परिवारको माया बोकेर बाँच्न नपरोस् । सिहदरवार छिरेको ‘सारो’ क्षेप्यास्त्र शिवजीको जटामा जाउन् र नेपालीले सुख र शान्तिले बाँच्न पाउन् ।

This entry was posted in निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *