हुसैन खाँका चार मुक्तकहरु

~हुसैन खाँ~hussain-khan

संगै हाँसौँ हामी मुसुमुसु गरी हास्य रसमा
सधैँ नाचौँ हामी छमछम गरी प्रेमरसमा
सधैं खेलौँ हामी वन -चउरमा जीवनभरी
सधैं बाचौँ हामी यहि धरणिको चिन्तनगरी ।

ईर्ष्या – डाहा कलह सबको दाहको चाहना छ
नौला -नौला प्रग तिपथका क्रान्तिको चाहना छ ।
यै माटोको विमल मनमा कान्तिको कामनामा
नेपालीको हृदय -तलमा शान्तिको चाहना छ ।

निलो आकास भो रातो, यहाँ माटो विरामी छ
हिमाली ह्यूँ भयो तातो, यहाँ माटो विरामी छ
लडेकाछन्, भिडेकाछन्, यहाँ आफ्नै शिरा – धम्नी
जता हेर्यो उतै टाटो, यहाँ माटो विरामी छ ।
(1222×4)

मेरा यी हिम टाकुरा गगनमा छुन्छन् कि छुन्छन् कि झैँ
सेता ताज सधैँ मुहार हँसिला बोल्छन् कि बोल्छन् कि झैँ
यिन्को चुम्बन गर्न यो गगनका द्यौता धरी झर्दछन्
कस्तो सुन्दर सृष्टि भो सुनहला स्रष्टा स्वयम् दङ्ग छन् ।

(छन्द : शार्दूल विक्रीडित, म स ज स त त गु)

हूसैन खाँ
भरतपुर–४, गणेशमार्ग, नारायणगढ चितवन ।
psp195@yahoo.com

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.