गीत : पिरतीको हिसाब-किताब

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब-किताब
न त भयो वारपार, न त मिल्यो न्याय निसाफ

भुल्यौ कि त जोड्नलाई केही गुणहरु मेरा
बिर्सियौ कि त घटाउन केही दोषहरु तिम्रा ?
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वारपार, न त मिल्यो न्याय निसाफ।

नभएर हो कि कुन्नी भाग गर्दा बराबरी
मिलेन कि गुणन गर्दा तलमाथि नानाथरी ?
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वारपार, न त मिल्यो न्याय निसाफ ।

बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ
२०६७-०१-२१

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.