कथा : ‘कलेजी ब्लेजर’ कि आईमाई

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

Banquet hall बाट मध्य राती निस्कीएको थिँए । सुनसान भईसकेको थियो । गस्ती गर्दै हिडेका एक दुई प्रहरी र कालो सडकको छाती चिरेर दौडीने royal आकारका कारहरुले मात्र मलाई झस्काउँथे । भुतपुर्ब मेयर र सोसियल सेलीब्रेटी को सानो जमघट बाट म हठात निस्कीएको थिँए । banquet hall बाट केही दुरी बनाईसकेको हुन्छु । ग्रिष्मको मात चडाउने रात । ताराहरु छरिएको natural canvas ‘living canvas’ जस्तो देखीएको थियो । ‘समाजमा नाङ्गो मानीसको अस्तिव हुँदैन’ घरी घरी दिमागमा यही शब्दहरु दोहोरी रहेको थियो । ‘कलेजी ब्लेजरमा’ ढाकीएकी त्यस आईमाईले Banquet hall मा मलाई सामाजिक रुपमा नाङ्गो बनाईदिएकी थिई । त्यस आईमाईले गरेको ब्यक्क्तिगत लुटपाट पछी म अचानक Banquet hall छोडेर निस्कीएको थिँए ।

मलाई कथाहरु लेख्ने दुर्लभ आदत लागेको छ । म केही बर्ष देखी कथाहरु लेख्दैछु । समारोहहरु मा भाग लिन्छु । गोष्ठीहरु धाउँछु । त्यो दिन सार्वजनिक शौचालयको खोजीमा कुनै प्राईभेट कलेजको शौचालय छिरेको थिए । मेरो ‘समकालीन मित्र क्लोन’ हरु toilet मा joint मिलाउँदै थिए । अप्रितकर लाग्ने ऐतिहाँसीक शब्दहरु भित्ताभरी लिपिबद्ध गरिएका थिए । हामी समकालनि मित्रहरु यसलाई paint of survival भनेर चिन्ने र्गथ्यौं । यस बिचको समयमा केही ‘नयाँ’ भाबनाहरु पनी पोखीएका रहेछन् । जसलाई उल्लेख गर्नु पाठक हित बिरुद्ध मानिन्छ । cannabis cigarette ले stimulate गरेको प्राचीन अनुभब सहीत मलाई ऐतिहाँसिक लाग्ने त्यो paint of survival को कोलाज बाट बाहिरीए । र सिधै Banquet hall पुगेको थिँए ।

त्यस पछी मैले पौने पाँच दिन यो कोठामा गुत्त बास काटिसकेको छु । कलेजी ब्लेजरले भने जस्तो म आफुलाई नाङ्गो अनुभुत गर्दै छु । समाजको नाङ्गो ब्यक्क्तिको नाङ्गो अनुभबले पौने पाँच दिन काटिसकेको हुन्छ । सिग्रेट सल्काउँछु । र सिलिङ तिर सोझिएर पल्टीन्छु । म कहीले काँही दिन कटाउन फ्रेन्च डिक्सनेरी पल्टाउँछु र शब्दहरु घोकेर बस्छु । एउटै भाषलाई भिन्न भिन्न अनुभब गर्न चाहान्छु । डेकस्टप खुल्लै छ । ‘without cannabis’ म अर्को सिग्रेट सल्काउँछु र ‘ganja babe’ सुनेर त्यसैको लयमा आफुलाई गाउँन लगाउँछु । omegal खोल्छु र युबतीहरु लाई म नाङ्गो भईसकेको प्राथमीक खबर दिन्छु । कलेजी ब्लेजरले मानसिक रुपमा नङ्गगाएको कुरा virtual रुपमा म तिनीहरुलाई सुनाईदिन्छु । लाग्छ म नाङ्गीएको खबरले दुनीया तातीसकको हुन्छ ।

कोही ढोकामा आईपुगेको छ । Mersault होला । ढोका खोलि दिन्छु । उ ठिङ्ग उभिएको छ । म उसलाई हेर्छु । हातमा सुटकेस देखीँदैन । म उसलाई सोध्छु । ‘खोई सुटकेस’ ?

उ भित्र छिर्छ । बेढङले सिग्रट सल्काउँछ र भन्छ —

‘सुटकेस Zagreus’ को villa मा छुटाएछु’ ।

‘कफी पिउँछौ’ ? म उसलाई सोध्छु ।

Mersault लाई अल्बेर्ट कामु को ‘A happy death’ मा भेटेको/चिनेको थिए । उ मेरो असल मित्र भईसकको हुन्छ । र पटक पटक मेरो घर आउने गर्छ । सायद केही हतासमा । अहीले जस्तै । बाहीर बच्चाहरु कराएर खेलेको आवाज म महसुस गर्छु । हामी घन्टौ कुरा गरेर दिन कटाउने सुरु गर्छौं । उ मेरो कथाहरु पढ्न थाल्छ । म आफुलाई कालो कफी बनाएर लेराउँछु । उ सिग्रेटको धुलो भुँईमा झारिदिन्छ, लापरबाही पाराले । म उसलाई Banquet hall मा कलेजी ब्लेजरले गरेको अपमान को कुरा सुनाउँछु । उ गंभीर देखिन्छ । म उसलाई ब्यक्त्तिव्व बिकास गर्ने संस्थाहरु को बारेमा थाहा छ की भनी सोध्छु । उ मलाई हेरीरहन्छ । म उसलाई आफु नाङ्गो नभएको कुरा बताउँछु । Mersault भन्न थाल्छ ।

‘तिमी बिकास भई सकेको ब्यक्त्तिव लिएर हिडेको प्राणी हौ । बेकार खर्चालु संस्था धाएर समय बबार्द गर्ने कुरा नगर । मलाई पक्का भएको छ । त्यो आईमाई खुस्केकी हुनु पर्छ’ । उसले मेरो पक्षमा सान्दर्भिक वकालत गरेझैं लाग्यो । मैले अली हलुका महशुस गरें । फेरी उसलाई कफीको लागी सोध्छु । यसपटक उसले ल्याउने अनुमती दिन्छ । म उसको लागी कफी लिएर र्फकन्छु । उ मेरो पछिल्लो कथा ‘ईश्वरको गर्भ’ बाट पढ्दै हुन्छ ।

पानै पाँच दिन मैले आफुलाई फ्रेन्च डिकस्नेरी पढ्नमा ब्यस्त राखेको थिए । मेरा कथामा रोचक लाग्ने प्रतिक्रीयाहरु कमै आएका थिए । मैले मेल बक्स खोलेर इमेल प्रतिक्रीयाहरु पढ्ने समय पाएको थिँए । बिशेष गरी आईमाईहरु म प्रती निकै कम आकर्षीत भए । या भनौ मेरा कथाहरु प्रती त्यती रुची राख्दैन थिए ।

‘Mersault तिमीलाई थाहा छ’ ? उ अझै मेरो कथा पढ्दै थियो । मैले क्युरीयोस्ली उसलाई सोध्न पुँगे ।

उसले म तिर एक नजर पुलुक्क मात्र हेर्यो र फेरी कथामा घोत्लियो ।

‘त्यस आईमाई लाई मैले यो सहरमा पहीले देखेको जस्तो लाग्दैन । Banquet hall मा त्यो नौली थिई, तर बास्तबमै सुन्दर थिइ’ ।

उसले मलाई ध्यान नदिए झै कथा पढिरहेको थियो । र टाउको नउठाईकन उसले मलाई भन्न थाल्यो । ‘तिमी सोच्छौ, त्यसैले तिमी छौ । अथवा तिमी भएकाले तिम्रो कथा भएका हुन् । तिमी छैनौ, तिम्रा कथाहरु पनी हुने छैनन् । यि असाध्यै रोचक छन्’ । उसले कथा पढी सकको छ ।

‘यो त रेन डेकार्टेले भने जस्तो भएन र ? म सोच्छु त्यसैले म छु या म भएकाले संसार भएको हो’?

उसले भन्यो । ‘तर यो आत्मकेन्द्रीत चिन्तन हो भनेर तिम्रो आलोचना कसैले गर्ने छैन । बास्तबमै तिमी भएकाले तिम्रा कथाहरु भएका हुन्’ ।

मलाई धेरै जसो र्मसोल्ट का बिचारहरु तर्क संगत लाग्छन् ।

‘मलाई थाहा छ कलेजी ब्लेजर तिम्रो प्रशंसक हुनु पर्छ । नत्र कसैको ठाडो आलोचना गर्न सम्भब छैन’ ।

‘यो तिमी कसरी भन्न सक्छौ की त्यो आईमाई मेरी प्रशंसक हो’ ? मैले अनुनय प्रश्न गरे झै लाग्यो ।

‘तिमी कथाहरु कडा संग डिजाईन गर्न रुचाउँछौ, सायद त्यसैले तिम्रा प्रशंसकहरु पनी रुखा भएका होलान्’ । उसले पायरीयाले खिईएका गिजा देखाएर हाँस्न थाल्यो । म उ संगै हाँस्न थाले । ‘i will be missing you’ को cadence ले कोठामा मार्धुयता थप्दै थियो । Mersault ले साँझ तिर घुम्न निस्कने प्रस्ताब राख्यो । हामी अन्तीम खेपको सिग्रेट र कफी पिएर कोठा बाट निस्कीयौं । मैले सम्भबत पौने पाँच दिन सम्म कटाएको कलेजी ब्लेजरको मानसिक आघात लाई Mersault ले भुलाई दिएको थियो ।

बाटोको दुबै किनारा फेन्सि पसलले ढाकीएको छ । युबतीहरुको सामुहीक जाम त्यती देखिएको छैन । हामीहरु बेर्पबाह तरिकाले सडक किनारा नाप्दै छौं । Mersault ले रेड लाईट एरियामा घुसाई दिएको छ । मैले भर्खर देखेको बेश्यालाई आँखा झिम्काउँनु पर्ने थियो सायद । ‘म कहीले देखी बेश्याहरु छुट्टाउन सक्ने भएछु’? मैले र्मसोल्ट लाई प्रश्न गरिन । या त उनीहरुको पहिरन असाध्य सुहाएको कुरा गुर्न पर्ने थियो । त्यो पनी भनिन ।

उसले club स्यान्डविच र Pork hot dog मगायो । मैले सलाद र केही सिग्रेटहरु मगाएँ । अहीले हामी एउटा ईटालिएन रेष्टुँरा भित्र छौं ।

‘म यो सहर संग प्रतिस्र्पधा गर्न रुचाउन्न र खासै बिद्रोह पनी गर्दीन’ । उसले कुराको प्रशंग दार्शनिक शौलीमा सुरु गर्यो ।

‘त्यसो हो भने तिमीले Zagreus लाई कीन मार्यौ ? यो प्रतिस्पर्धा होईन र’ ? सिग्रेट सल्काउँदै मैले भने ।

‘हो, तर म भुमीका बाँध्न चाहान्न । यो abstract thought लाग्न सक्छ तर बास्तबिकता यही हो की म यो सहर मा ठडिएको भबनहरु संगै आफुलाई उभ्याउन चाहाँन्छु’ ।

उसले आम मानिसले दिने भन्दा फरक शैलीमा मेरो जवाफ र्फकाएको छ । म यसै बाट उ प्रती प्रभाबित भएको छु । उसको जिबन शैली कुरुप लाग्न सक्छ तर प्रेमिका बिना वा सोसियल जमधट बिना यसलाई अन्यथा भन्न पनि मिल्दैन ।

उसको sensation मा बासनोत्तेजना छ भन्नु को मतलब उसका अनुभुतीहरु गलत छन् या अमानबिय छन् भन्नु होईन । म Mersault लाई हेर्छु । असभ्य पाराले Hot dog खाँदै हुन्छ ।

बाहिर निस्कँदा अघि देखीएको फेन्सि पसलमा युवतिहरुको भिड बड्को थियो । हामी निकै बेर उभिएर तिनीहरु लाई र्हेछौं ।

‘उ अनौठी लाग्छे, त्यसैले म उसलाई माया गर्ने कोसिस गर्छु’ ।

म र्मसोल्ट लाई सोध्छु । ‘को, बिपश्यालाई’?

‘तिमी समाज संग किन सुत्छौ भन्ने प्रश्नमा उ सहज जवाफ दिन्छे । i am tired of being a virgin । उ संग मेरो सम्बन्ध राम्रो छ । उ आफ्नो intimacy देखाउन मेरो बिछ्यौनामा पल्टिदिन्छे तर मैले उसको घनिष्ठता कहिल्यै स्विकार्न सकिन, किन’? र्मसोल्ट रुन थाल्यो । पर्खालको भित्तामा ढेसिएर रुन थाल्यो ।

म निस्तेज भए । बिमुख भए ।

उ फेरि भन्न थाल्यो । ‘मित्र, तिमी भन, यो सजिलो थियो होईन र ? it was easier to say ‘go all the way’ than to say ‘stop’ तर मैले उसको अतिपरिचयता कहिल्यौ स्विकार्न सकीन । उ बेश्या हो । त्यसैले म उसलाई धेरै माया गर्न सक्दीन । हामी किन उनिहरुलाई बेश्या भनिदिन्छौं’ ? उ मलाई सोध्दै थियो । म संग जवाफ छैन । र्मसोल्ट त्यो पिडा बाट उम्कन सकेको थिएन । मलाई थाहा छ यो स्विकार्य पनी छैन । म उसलाई संझाउने कोसिस गर्दिन । ‘i am too tired of being a human’ मन मनै आफुलाई पेचिलो जवाफ दिन्छु । मैले भने । ‘तर पनी उ अझै तिमी संग छे, उसलाई माया गर्न सक्छौ’ ।

पछी, उ ईमान्युएल लाई भेट्न भनि त्यहाँ बाट हिड्छ । म पैदल घर तिर र्फकिन्छु ।

ढोकामा एउटा खाम अड्कीएको छ । सम्भबत चिठ्ठी । चिठ्ठी एउटा हातले समाउँछु र ढोका खोल्छु । म फेरी मैले पौने पाँच दिन लगातार बिताएको निबास्थान र्फकिएको छु ।

म कहिले काँही आफुलाई आफ्नो अठोट देखी, यो घर देखि, या त भनुँ जिबन देखि नै निर्बासित भएको पाँउछु । चिठ्ठी लाई कफी टेबल माथी फालिदीए र बिछ्यौनामा उत्तानो पल्टीए । मध्य रातमा ब्युँझीएपछी मात्र चिठ्ठीको संझना भयो र हठात पड्ने उत्कण्ठा जाग्यो । म चिठ्ठी खोल्छु । अग्लो होचो अक्षरमा लेखीएको लिपीहरु पढ्न थाल्छु ।

“म तिमीलाई प्रिय भनेर सम्बोधन गर्छु । प्रिय लेखक, तिमी उत्कृष्ट कथाहरु लेख्छौ भन्नेमा म बिश्वास गर्छु । तिम्रो गएको कथा ‘ईश्वरको गर्भ बाट’ पढेपछी म अवाक् भएको थिए । गहकिला बिचारहरुले भरिएको कथाहरुमा म कताकता आफ्नोपन महशुस गर्छु । जति घुल्दै जान्छु उती बुभ्दै पनी । प्रिय लेखक मलाई बिश्वास छ तिम्रो अब आउने कथाहरु पनी उत्कृष्ट रहने छन् ।

त्यस दिन तिमीले banqute hall मा सुनाएको प्रेम पत्र असाध्य मन परेको थियो । लाग्छ तिमी संग प्रेम गरुँ । के तिमीले लेखेको त्यो प्रेम साँचो थियो? तिमीले गरेको सम्बोधन अती नै प्रितकर लागेका थिए । तिमीले यसै भनेका थियौ होईन र?

प्रिय नृत्य,
तिमीलाई धेरै चोटी नाचिरहेको देखेको छु । तिमीले कम्मर हल्लाउँदा तिमी संग संगै नाचेका तिम्रा आँखा परेलीहरु पनि देखेको छु । तिमीलाई सुनसान मा नृत्य गरिरहेको देख्दा म र मेरो मन कती पटक तिमी संगै नारिएर नाचेको छन्् । तिमीलाई आभास नहोला तिमीलाई लुकी लुकी तिमी नृत्यरत भएको हेरेको छु । तिमी कहीले weding गाउन मा बतास संगै हुन्छौ । के तिमीले बतास संग बिहे त गरिनौ ? प्रिय नृत्य, तिमीलाई थाहा छ म कहीले तिमी नजिक भएँ ? मलाई निष्ठुरी नभन । धेरै पहिले । युग भन्दा युग अघी । मैले बिर्सिसकेँ । आज तिम्रो गोडामा पाउजु बजेको सुनेको थिए । असाध्यै राम्रो नाच्यौ । तिम्रा नाचहरु मलाई अबिस्मरणीय लाग्छन् । त्यसरी झरनाले नाचेको देखेकै छैन । फुलहरुले कहीले त्यसरी नाचे होलान् ? मलाई नृत्यपान गर्न आतुर लागेको छ । प्रिय, तिमीले अब ननाची धरै छैन । मेरा आँखाहरु थाकेका भए तिमीले सायद बिश्राम पाउँथ्यौ होला । तिमीलाई जुनले पर्खेको छ । बतासले कतै ढुकेको होला तर तिमीले नाच्नु पर्छ । केही पहिले तिमीलाई संगिहरु संग पधँेरामा भेटेको थिएँ । मैले तिमीलाई शित भन्ठानेछु । तिमीले त सोधीनौ प्रिय । कहीले मलाई छोयौ भनेर ? गएको याम तिमीलाई छुन खोजेँ । तर तिमी जमेकी थियौ । प्रिय बरफ!तिमी जमेकी थियौ । म तिम्रो चिसोले पग्लिएछु । खोई कता पुगेँ । पग्लिएर ………

प्रेमिकालाई यती सह्ृदयी सम्बोधन गर्ने तिम्रो मन पक्कै सरल छ तर कुराको शिलशिला त्यसरी सुरु भयो की तिमीलाई ‘समाजमा नाङ्गो मानिसको पहिचान हुँदैन’ भनिदीए । मेरो भनाईले तिमीलाई यति चोट पुग्ला भन्ने सोचेकी थिईन । प्रिय लेखक, त्यस दिन मैले तिम्रो अपमान पक्कै गर्न खोजेको होईन । हुन्छ मलाई माफ गर । म मेरो प्रिय लेखक लाई भेट्न चाहान्छु । उसका कथाहरु उसकै लयमा सुन्न चाहान्छु । मलाई सके सम्म छिटो भेट्ने कोसिस गर । म आशा गर्छु तिमी आउने छौ, ढिला नगरी ।

Lisa Del Giocondo
‘कलेजी ब्लेजर’

चिठ्ठी लाई पुन कफी टेबल तिर फालिदीए । अपमान पछि लेखीएको गुढ पत्र अती रोचक र भद्धा लाग्यो । मैले त्यो आईमाई लाई भेट्नु पर्ने कुनै तुक छैन । कलेजी ब्लेजर को परिचय झन्डै पाँच दिन पछि पाएको थिँए । Lisa Del Giocondo ले मलाई एकपटक फेरी दिग्भ्रमीत पारेकी थिई । मष्तिस्कले लामै बहस गर्दै छ । उसलाई भेट्न जानु पर्ने हो ? फेरी अपमानीत हुन पर्ने……. निकै बेर सोचेपछी मैले Lisa Del लाई भेट्न जाने निश्चय गरे । र बाँकी रात अनिदो कटाँए ।

बिहानै मर्सोल्टलाई ढोकामा पाँए । उ ईमानुएल संग आएको छ । उसको आँखा भुक्क फुलेको देखिन्छ । र राता ‘आँखा गोला’ डरलाग्दा देखीएका थिए ।

मैले सोधेँ – ‘के भयो मर्सोल्ट’ ? उ बोलेन । ईमानुएलले भन्यो । ‘बिपश्याले आत्महत्या गरी’ ।

मैले Mersault को गह भरिएको देखेँ । आँशुको ढिक्काहरुले दुखको स्थिती लाई रोक्न सकेनन् । सम्भबत उ रात भरि रोएको हुनु पर्छ । आँशु चिँउडोको फोसिल रेखा पार गर्दै भुईँमा तप्कदै थियो ।

हामीहर बिपश्याको cremation मा सहभागी हुन पुग्यौं । मैले उसको मृत अनुहार हेरेँ । ‘i was tired of begin a virgin’. भन्ने शब्दहरु घुम्दै थियो । मैले Mersault लाई सान्वना दिँए । र एउटी बेश्यालाई प्रेम गरेकोमा आभार प्रकट गरेँ । भने ‘तिमी महान छौ, तिमी प्रेमी रहनेछौं’ ।

मैले Mersault को पिडामा Lisa Del लाई भेट्न जाने कुरा भुलेछु ।

निकै समय पछि एकदिन छिमेकीहरुले ढोका पनी नउघार्दै म Lisa Del Giocondo लाई भेट्न निस्कीए ।

‘Longing for the sun, you will come.
to the island many miles away from home’.

म गाउँदै छु । मलाई लाग्दै छ म लामो holidy मा निस्कदै छु । कताकता प्रेमको अंकुरण भए जस्तो मनको कोलाजमा सांगितीक लहर चल्दै थियो । हुन सक्छ कुनै स्त्रिको प्रतिक्रीयाले मुग्ध छु । केहि पर पुगेपछी एउटा क्याफे भित्र छिरें र सिग्रेट सल्काए । कफी मगाए । Lisa Del लाई लगिदिनु पर्ने उपहारको बारेमा सोच्दै छु । caffiene को मात्र ले stimulate भए झैं cafe बाट निस्कीए निर्धक संग । मानौं अब Lisa Del लाई भेट्न आतुर छु ।

एउटा क्युरीयो पसल भित्र छिर्छु । यस्ता गिफ्ट पसलहरु भक्तपुर या पाटन दरबार स्क्वायर तिर भेटाईन्छ । तर यो आकारमा केही ठुलो छ । एउटा लेडिज म संग आएर उभिई । सामानहरु बारे बोल्न थाली ।

‘….के चाहानुहुन्छ’ ?

‘ओठ’

‘कसको’

‘तिम्रो’

‘सुन्दर छन् । यही चाहान्छु । यही देउ’ । Mersault ले यस्तै कुराहरु गर्ने र्गथ्यो । उ संग धेरै चोटी यस्तो पसल छिरेको थिए । बिपश्याको लागी गिफ्टहरु किन्न ।
लेडिजले मलाई अचम्मीत पाराले हेरी । र भनी ‘मेरो ओठ तिमीलाई किन दिउँ’ ।

‘भैगो नदेउ, मलाई गिफ्टहरु देखाउ’ । मैले उसलाई हतार छ भन्ने देखाउन खाजेँ । उसले परको अर्को छेउ लगि र ‘गिफ्ट’ लाग्ने केही बस्तुहरु देखाई । मैले कुनै एउटा प्याक गर्न भनें ।

‘…But all is fair in love, i had to go away
a writer takes his pen to write the words again
that all in love is fair’.

लिजा देलको लागि उपहार बोकेर म गाउँदै निस्कीए । ओठको तल र आँखीभैं माथी पिर्यसन गरेका हिप्पी आकारका गुरुङ केटिहरु मलाई देखेर मस्किए । खोई किन । म फेरी लय हाल्न थालें ।

that all in love is fair’…

Lisa को सहर पुग्दा साँझ भमक्क भयो । यहाँ पनि night bar को ढोकामा युबतीहरुको बाक्लै उपस्थिती देखीयो । मेरो शहरमा देखीने जस्ता कोही पनी छैनन् । मैले तिनीहरुलाई सोधेको भए सायद तिनिहरुको जवाफ पनी बिपश्याको जस्तै हुन्थ्यो होला । ‘we felt like, it is our duty’……

म सिधै Lisa Del Giocondo ले दिएको ठेगाना तिर लागे ।

कुनै ब्यापारी को जस्तो लाग्ने एउटा ठुलो घर अगाडी उभिएको छु । म भित्र छिरे । सुनसान छ । प्रत्येक ढोकाहरु अभिप्रायले खुल्लै छन् । मैले Lisa Del लाई बोलाए । कुनै आवाज छैन । zagreus को villa भित्र Mersault भित्र छिर्दा उसको सुटकेसले निकाल्ने जस्तो चुँईचुँई आवाज पनी केही छैन । भयङकर सुनसान छ । Lisa Del लाई खोज्दै म बैठक कोठा पुगें । बैठक कोठा मा एउटा खाम फेला पारें । दुरुस्त मलाई पठाएको खाम जस्तो । उठाएर पढ्न लागें ।

…..स्वागत छ लेखक तिमीलाई । तिमी आउँछौ भन्ने मलाई बिश्वास थियो । मैले उसलाई धेरै पटक कर गरेको थिए । तिमीलाई भेटेपछी मात्र मलाई पोट्रट बनाउन भनेको थिएँ । तर लेखक, तिमीले आउन धेरै ढिला गर्यौ । मैले तिमी आउनजेल कुर्नु पर्ने थियो । मलाई खेद छ, तिमीलाई प्रत्यक्ष भेट्न पाउने छैन । अर्को कोठामा velvetपर्दा पछाडी मेरो पोट्रेट छ ।

Mona Lisa
‘कलेजी ब्लेजर’

उपहार त्यही टेबलमा राखिदीए । अर्को कोठामा छिरँे । Velvet पर्दा लाई बिस्तारै पन्छाएँ लाग्दै छ banqute hall मा कुनै पुस्तक बिमोचन गर्दै छु । Lisa Del पोट्रेटमा बदलीएकी थिई । उसको मन्द रहस्यमयी मुस्कान लाई हेरेर एकछिन नतमस्तक भएँ । म ज्यादै ढिला गरेर आईपुगेछु । Da Vinci ले उसलाई पोट्रेट बनाई दिई सकेको रहेछ । Francesco del Giocondo लाई उसको पेन्टीङ पछाडी उभीएको देखें ।

एकै छिन पछी कलेजी ब्लेजरको सहरबाट सहसा बाहिरीए …..

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.