सूत्रकथा : उपहास

~कुमार काफ्ले~kumar-kafle

-महिलाहरू जोयालाई अपमानजनक रूपमा देश निकाला गरिएको विरोधमा र पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका थिए।

-आन्दोलनले गति र उग्ररुप लिएपछि सरकारले धरपकड र नियन्त्रण गर्यो।

-घण्टौं वार्ता र छलफलपछि निष्कर्ष निस्कियो- “महिलाहरूलाई आइन्दा अपमानजनक रूपमा देश निकाला गरिनेछैन।”

-सम्झौतामा हस्ताक्षर गर्दै सरकारका मन्त्रीले कुटिल हाँसो हाँस्दै भने-“यदि निकाल्नै परे सम्मानजनक रूपमा निकालिनेछ।”

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *