कथा : डण्डिफोर

~रजित ओझा~Rajit Ojha

सन्दिपले आज फेरि आँखा छलेर सरितालाई हेर्यो । दुई बेन्च पछाडि थीइ सरिता ,केटाहरुले जिस्काउँदा जिस्काउँदा आजित भइसकेपछि पनि उसले सरितालाई हेर्नबाट रोक्न सकेन,उ गालामा खसेको रेशमि कपाललाई मिलाइरहेकि थिई उसको कलम कपिमाँ चले पनि ,बिच बिचमा कलम घुमाउने गर्थि जब उ ब्ल्याकबोर्डमा हेर्थी लामा परेलि खोलेर ।बिच बिचमा उ अल्छि लागेझैँ गर्थि ,अनि एकछिन पछि छुटेका कुरा हरु छैवैको साथिबाट सार्थी ।

बिगत दुइ महिनाका प्रत्येक पिरियड झै यसपालि पनि मात्र हेरिरह्यो सन्दिपले अनि आँफैलाई धिक्कार्यो आज पनि उसले सरितालाई बहिर खाजा खान जाउँ सम्म भन्न सकेन ,किन गारो पर्छ मान्छे लाई यति मात्र भन्न पनि किन गल्छन् मान्छेहरु कोहि सामुमा मात्र हुँदा पनि ,किन लट्पटिन्छ जिब्रो आखीर ,मात्र उ एक टकले हेरिरहन मात्र सक्छ किन?

“सन्दिप त्यो हिजोको केमिस्ट्रिको नोट छ ?म एब्सेन्ट थिएँ ।”सरिताको यत्तिनै हो उसले तिन महिनाको क्लासमा पहिलो चोटि उसका निम्ति बोलेको बोलि सुनेको ।पहिला त पत्यार लागेन तर छेउछाउमा कोहि थिएनन् अनि उसले नाम नै लिएर पनि त बोलाएकि थीइ पत्याउन करै लाग्यो ।उ मुर्ति जस्तो एकछिन त ठिङ्ग उभिरह्यो चुपचाप मानौँ उस्ले बोल्ने शब्दहरु कतै हराएको छ ,अनि थरथर कामेका हातले केमिष्ट्रिको नोट दियो ।

हातका औँलाहरु लुकेर हेर्यो गोरो हातका सलक्क मिलेका लामा औँलामा कालो रङ्को नेलपोलिश थियो ,स्पर्श गर्ने मौका हुँदा पनि आँट आएन कपिको सकेसम्म छेउमा समात्यो नछोइयोस भनेर । बिचको औँलामा पथ्थर को औँठि थियो । कसैले गिफ्ट त दिएको होइन ? थोरै सशंकित पनि भयो ,होइन होला भनेर आफैलाई चित्त पनि बुझायो ।उसलाई सन्दिपको नाम थाहा रहेछ ,उसले त्यो दिन उपलक्छ्य नभनी साथिहरुलाई चिया खुवायो ।साथिहरु केहि छ स्पेशल भन्दा उ फगत मुस्कुराइरह्यो केहि नबोलि मानौँ उ मुस्कानले नै सबै बुझाउन चाहन्छ ।

टावेल कपालमा बेरेर उ ऐना हेरेर बसिरहेकी थिइ आफ्नै कोठामाँ । सँधै नुहाइसकेपछि बरण्डामा कपाल सुकाउन जान्थी सरिता , तर पल्लो घरको छतबाट उरण्ठेउले केटाहरुले जिस्क्याए पछि आज उस्को ऐना मा बस्ने समय बढ्यो । ति उसलाई देख्ने बित्तिकै हुरुक्क हुने उरण्ठेउले केटाहरुका अनुहार सम्झी ,अनि उसैको कलेजको सन्दिपलाई सम्झी । किन एउटै प्रजाति पनि यति भीन्न ,दुवै आखिर केटा नै त हुन् । सन्दिप उसलाई हेर्दैन ,बोल्नलाई हिचकिचाउँछ किन ?केटाहरु के खोज्छन केटीमाँ ?एउटा केटा र अर्को केटा को खोजाइ मा फरक हुन्छ वा हुन्न ? के छैन उसमाँ ?ऐना ले उसलाई भन्न सकेन । त्यस्तो गोलो अनुहार, लामो कपाल,ठुला आँखा ,मिलेको चुच्चो नाक , फुकेको छाति ,सुकेको कम्मर अनि अठारको उमेर तर पनि त सन्दिप उसलाई हेर्दैन ,बोल्नलाई हिचकिचाउँछ किन ? उसलाइ टाउको दुखे झैँ भयो । टावेल खोलेर उसले अस्ति भख्खर स्ट्रेट गराएको कपाल हेरी त्यो उसले नगराउनु पर्थ्यो क्यारे ,धेरैले उसलाई नागबेलि बनी गालामा खसेका केशराशि नै राम्रा थिए भनेर भनेका थिए ,तर अब त उसले बनाइसकेकी थिइ त्यसलाई फेरि चेन्ज गर्नु ,अहिले नै !!!!!!!

फेरि बिचार बदली होइन सिधै ठीक छ ।बिस्तारै सुम्सुम्याइ ,पहिलेको भन्दा अलि अररो लाग्यो ,रेशमीपन कतै हराएजस्तो ,शुषुप्त भए जस्तो ,नुहाएर होला । थोरै नरिश गर्ने बित्तिकै त फर्किहाल्ला उसले सोची ।अनि अचानक उसले आफ्नो देब्रे गालामा सानो डण्डिफोर देखी , पुरै अनुहार बिगारे झैँ लाग्यो चन्द्रमाको दाग नै त्यहि नै हो कि भयो सरितालाई ,डण्डिफोर निचोर्न खोजि सरिताले ,,,,,अहँ खिल निक्लेन, बरु अलिकति अझै त्यसको साइज बढ्यो अझ निचोरि ,,,,गाला नै तातो भए झै भयो ज्वरो आए जस्तो भयो न उस्ले निचोर्न छोडि न डण्डिफोर बढ्न छोड्यो ।

समाप्त ।।।।।

05-24-08 10:29 PM

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *