लघुकथा : भाइरल

~कात्यायन~dhanwantari-mishra-katyayan

– धेरै पछि कोहि आफन्तले सम्झिए पछि फोनमा कुरा गर्दै थिएँ, एक्कासि नाकमा भुसुना पर्छ र हाच्छीउं आउँछ | सोधिन्छु – रुघा लागेको छ कि क्या हो ? सन्दर्भ एक-कान दुई-कान मैदान हुँदै जान्छ, प्रसंगले नया मोड लिन्छ |

– मौसम खराब थियो यो वर्षातमा रुझ्न हुने थिएन उसले ! रुघा-खोकी लागेछ !

– ए ! उसलाई त निमोनिया भएछ ! बढी परिश्रम गर्थ्यो – बरा, टाईफाईड भएछ !

– मद्पान – धूमपान पनि गर्थ्यो’क्यारे; अल्सर भएछ, क्यान्सर पनि भएछ विचारालाई !

– संगत पनि त राम्रो थिएन, मोज-मस्ती गरेर हिंड्नु पर्ने – एच.आई.भी.ले संक्रमित भएछ, एड्स लागेछ !

– कुखुरा र बंगूरको मासु भने पछि भुतुक्कै हुन्थ्यो – बर्ड-फ्लु लागेछ कि क्या हो ? स्वाइन-फ्लुले भेट्टाएछ कि क्या हो ?

– नया रोग जिका-भाईरसले आक्रमण गरेछ कि क्या हो ?

– खाने-कुराहरूमा मुख बार्न सक्दैन थियो, हिंड-डुल केहि थिएन; सुगर र ब्लड-प्रेसर दुबैले हानेछ – कठै! प्यारालाईसिस् भएर थल्लिएछ !

– ए! उ त अस्पतालमा छ’रे ! आई.सि.यू.मा छ’रे ! सिकिस्त छ’रे !

– विचरा!!! अल्पायूमा नै गयो ! आफ्नो भाग भोगेर गयो ! समयलाई कसले रोक्न सकेको छ र !

– हार्दिक श्रध्दान्जली छ उसलाई ! मृतात्माले शान्ति पाओस् !!

२०७३/०२/०३
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *