कविता : देशको मुहार फेर्नुछ

~मनु वि.क.~

रिङदै घुम्दै आयो तीज नेपालीको आँगन
गीत गाउ दिदी बहिनी सँगै नाचौं न

नेपालीलाई दिदीबहिनी साह्रै दुःख भएको
हेर न शान्ति देशमा छैन आएको

दिनकै हत्या हिंसा डर त्रास साह्रो भो
नागरिकलाई ढुक्कसँग बाँच्न गाह्रो भो

महंगी र बेरोजगारी बढ्दै रह्यो दिनदिन
जनतालाई बाँच्न गाह्रो प¥यो झनझन्

सत्तावाल कुर्सी खेलामा लड्न मै मस्त छन्
गरिबको जिन्दगी अस्तव्यस्त झन्

खान लाउन नपाउने, बने गरिब जनता
महल र सुविधाले मस्त कोही नेता

केही धनी बन्दै गए देश कंगाल भाको छ
ऋणको मार नेपालीलाई थुप्रिराको छ

दाजुभाई छैनन् देशमा देशै रित्तो भएको
विदेशिएका परदेशी छैनन् आएको

गाउँघर पाखा, शहर सुनसान बन्दै दिनदिन
सत्तावाललाई यसको पीर छैन एकछिन

बेचिने र लुटिने कमी छैनन् कुनै दिन
अपराधी र दलालीलाई काखी च्याँप्छन् झन्

अस्तव्यस्त देश अब सुधार्नु छ हामीले
बहुसंख्यक गरिब र किसान ज्यामीले

उठौं जुटौं दिदी बहिनी नयाँ दिन ल्याउनुछ
यो देशको मुहारलाई हामी फेर्नुछ

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४० – २०६८ भाद्र १४ गते)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.