नियात्रा : चेपाङबस्ती चियाउँदै उपरदाङगढी

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

१)

 ‘सर ! करसाहेबलाई त टाउको पो दुख्न थाल्यो रे । माथि जान सक्नु हुन्न जस्तो छ । र्फकने कुरा गर्दै हुनुहुन्छ । उहाँ त अझ निकै तलै पो हुनुहुन्छ त ।’ ‘स्वाँ स्वाँ’ गर्दै उकालो चुम्न आइपुगेका राजुको हतारहतारको वर्णन थियो यो ।  २०६८ असारको अन्तिम साता । नेपाली सेनाका प्रमुख सेनानी प्रमोद कार्की, साहित्यिक मित्र अनुपम ‘नवोदित’, राजु थापा मगर र म । यात्राको एउटै लक्ष्य बोकेर उकालिँदै थियौँ,- चितवनको शक्तिखोरस्थित उपरदाङगढी ।  उसो त उपरदाङगढी मैले उहिल्यै दस कक्षा पढ्दै गर्दा इतिहासका पानामा पक्कै कतै पढेको । त्यसका विषयमा त्यति विस्तृत बखान मैले यतिखेर बिर्सिरहेको थिएँ । उपरदाङगढी यतै कतै पर्छ भन्ने ज्ञानको पनि कमी । कुरै कुरामा प्रमोद करसाहेबले यहाँसम्म आएका बेलामा एकपटक उपरदाङगढी जानुपर्छ भनेर सुझाउनु भयो । केही वर्षघि सरकारी कामका सिलसिलामा यस क्षेत्रमा बस्दा पनि उहाँ त्यहाँ पुग्न भ्याउनु भएको रहेनछ । यस यात्राका लागि यतिखेर उहाँ पनि इच्छित हुनुहुन्थ्यो ।

यसरी सुझाइरहँदा कलमकलाका पारखी अनुपमजीले कुरो चुहिन नपाउँदै थप्नु भयो,- ‘म त दर्ुइचोटि गइसकेको छु । ठाउँ त साह्रै रमाइलो पो छ त ।’

म नयाँ ठाउँको यात्राका लागि त्यसै पनि जम्जमाउने मान्छे । त्यसमाथि स्वदेशी भूमि । नेपालका अनगिन्ती ऐतिहासिक ठाउँमध्येको एक ‘उपरदाङगढी’ । ‘उपरदाङगढी’ को नाउँ सुनेदेखि नै मन छटपटाउन थाल्यो । यो असार महिनाको पहिलो साताको कुरा । तर ‘कामको बेफुर्सदी भनूँ या नयाँ परिवेश र नयाँ जिम्मेवारी केले हो -‘ म दायाँबायाँ गर्न सकिरहेको थिइन । फेरि आफ्नै मात्र समय र चाँजोपाँजो मिलाएर पनि नहुने । जान चाहने सबै साथीभाइको मन मिल्नु पर्‍यो । अनि, समय । सल्लाह गर्दै जाँदा असारको अन्तिम साताका लागि साइत जुर्‍यो ।

२)

अलिकति अर्को प्रसङ्ग पनि कोट्टयाऊँ । मुलुकमा झन्डै बाह्र वर्षम्म चलेको माओवादी सशस्त्र द्वन्द्व अहिले शान्तिपूर्ण अवतरणको पर्खाइमा छ । माओवादी सेनाका लडाकुहरु ससम्मान कुनै न कुनै रुपमा राज्यले गर्ने सम्बोधन र स्वागतको पर्खाइमा छन् । प्रक्रिया हावा भरिएको पाइपमा पानी खसेझैँ अगाडि बढिरहेको छ । माओवादी सेनाका लडाकुहरुलाई सबै पक्षको सहमतिमा मुलुकका विभिन्न सात मुख्य शिविर र एक्काईस सहायक शिविरहरुमा बास बसाइएको छ । माओवादी सेनाका हतियारहरुलाई व्यवस्थापन गर्ने क्रममा यिनै सात मुख्य शिविरहरुमा रहेका कन्टेनरहरुमा तिनलाई थन्क्याइएको छ । केही हतियार माओवादीका शिविर तथा शिर्ष नेताहरुको सुरक्षाका लागि बाहिरै पनि छाडिएका छन् । नेपाली सेनाको हतियार भने काठमाडौँको छाउनीस्थित कन्टेनरमा राखिएको छ, जहाँ माओवादी सेनाका लडाकुहरुका शिविर भने छैनन् । यी सबै हतियारहरुमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले संयुक्त राष्ट्र संघको स्टिकर टाँसिदिएको छ । देशका विभिन्न सात मुख्य शिविर र छाउनीस्थित कन्टेनरमा रहेका नेपाली सेनाका हतियार समेतको अनुगमनको काम संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले गर्दै आएकोमा २०६७ माघ १ गतेदेखि त्यसको जिम्मा नेपाल आफैँले लिएको छ । यो आमसहमतिको एउटा गोरेटो । ‘दिनको सङ्केत बिहानीले गर्छ’ भनेझैँ शान्ति प्रक्रियाका दिशामा थपिएको एउटा आशालाग्दो क्षण ।

संयुक्त राष्ट्रसंघीय मिसनपछि यी हतियार तथा लडाकुहरुको अनुगमनको काममा संयुक्त संरचनाको व्यवस्था गरिएको छ । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र माओवादी सेनाका लडाकुहरुका तर्फबाट दर्ुइदर्ुइ जना बरिष्ठ अधिकृतहरु खटिएका छन् । शान्ति प्रक्रियालाई शान्तिपूर्ण रुपमा टुङ्ग्याउने सिलसिलामा राजनीतिक तहमा विभिन्न किसिमका विचारविमर्शहरु जारी छन् । यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रीय तहमा माओवादी सेनाका लडाकुहरुको रेखदेख, समायोजन र पुनःस्थापन सम्बन्धी उच्चस्तरीय राजनीतिक विशेष समिति छ । त्यसअर्न्तर्गत एउटा प्राविधिक समिति र  सचिवालय छ । अनि, त्यसअर्न्तर्गत पनि आठ मुख्य शिविर -नेपाली सेनाको हतियार राखिएको काठमाडौँको छाउनीस्थित कन्टेनरसमेत) र एक्काईस सहायक शिविरहरुमा नेपाल सरकारको पछिल्लो निर्णयानुसार निजामती नेतृत्वमा अनुगमन टोलीको कार्यालय स्थापना गरिएको छ । ती कार्यालयमध्ये आठ मुख्य शिविरस्थित कार्यालयमा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय र एक्काईस सहायक शिविरहरुमा राजत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुलाई खटाइएको छ । यी कार्यालयहरुमा हातहतियार र लडाकुहरुको अनुगमन साविक बमोजिम खटिएका सुरक्षासँग सम्बन्धित पदाधिकारीहरुबाट हुन्छ भने प्रशासनिक कामको जिम्मेवारी निजामती नेतृत्वलाई सुम्पिएको छ । संस्थागत हिसाबले समावेशी छन् अनुगमन टोलीका कार्यालय ।

यसै सिलसिलामा म यतिखेर नेपाल सरकारका तर्फबाट चितवन जुटपानीस्थित मुख्य शिविरको अनुगमन टोलीको कार्यालयमा खटिएको छु । असारको प्रारम्भदेखि यहाँ कार्यरत मलाई यतिखेर एउटा नौलो अनुभूति भइरहेको छ । माओवादी भनेपछि कताकता झसङ्ग हुने मन यतिखेर उनीहरुकै सान्नध्ियमा निर्धक्कसँग नाचिरहेको छ । रमाइरहेको छ ।

अनौठा अनुभूतिहरु सँगालिएका छन् । कताकता खुला जेलको अनुभूति एकातिर छ भने अर्कातिर शान्ति प्रक्रियाको सानै अंशमा भए पनि सहभागिता जनाउन पाएकोमा गर्वको अनुभूति । कताकता पिँजडाको चरा जस्तो पनि छ अहिलेको अनुभूति । किनकि, पिँजडाभित्र त स्वतन्त्र छ ऊ, तर पिँजडाबाहिर उसको सहज पहुँच छैन । कताकता दराजभित्रको सेफसँग पनि मिल्दोजुल्दो छ यतिखेरको दिनचर्या । बाहिर माओवादी शिविरको समग्र घेरा छ । त्यसभित्र फेरि अर्को घेरामा कन्टेनरको आड लागेर कसिलोसँग बाँधिएका छौँ हामी । यी अनौठा अनुभूति, तर रमाइला अनुभूति । जो कोहीले चाहेर पनि गर्न नपाउने अनुभूति । खुशी छु म ।

३)

‘ए ! हो र -‘ मैले राजुको खबरलाई सम्बोधन गरेँ ।

शक्तिखोरको मूल सडक छाडेर जब हामी बायाँतिरको विशाल जङ्गली पहाडलाई नाघ्ने लक्ष्य बनाएर अगाडि बढयौँ, तब त्यस हिँडाइको नेतृत्व अनुपमजीले गर्नु भयो । म थोरै बेर पछि लागेँ, तर हतार गरिन । मलाई थाहा थियो यस्तो हिँडाइमा हतार गर्नेहरु प्रायः पछाडिन्छन् । यसो भनेर अनुपमजीको हिँडाइ पछाडिने खालको थिएन । टोलीका लक्का जवान सदस्य । पछाडिने कुरै थिएन ।

हिँड्दै गर्दा राजुले मलाई उछिने । उछिन्न दिएँ । अब अनुपम र राजुका पछाडि म थिएँ । मेरा पछि प्रमोद करसाहेब । मैले उहाँलाई अगाडि बढ्न जानीजानी अनुरोध गरिन । मलाई लागेको थियो, उहाँहरु फौजी मान्छे । फटाफट हिँड्नु हुन्छ । अनि मैले भेट्टाउन सकिन भने मेरो हबिगत के होला – म यही सोचले थाहा नपाएझैँ गरी एकसुरले हिँडिरहेँ । बीस मिनेट पहाड उक्लेपछि म त एकछिन टुसुक्क बस्छु भनेर करसाहेबले बाटाका ढुङ्गामा आसन जमाउनु भयो ।

‘हैन ! बस्ने र -‘ मैले प्रश्न गरेँ ।

‘बस्नु पर्छ । यस्तो स्याँस्याँ गरेर हिँड्दाहिँड्दै प्याट्ट मुटु फुटयो भने के गर्नू -‘ करसाहेब अरुलाई पनि र्सतर्क हुने खालको सन्देश दिँदै हुनुहुन्थ्यो ।

एकैछिन उभिएर म बिस्तारै अगाडि बढेँ । तपतप पसिना चुहिए । जीउमा लगाएको गन्जी निथु्रक्क भिज्यो । कपालका पछिल्ला घडेरी भागबाट तपतप पसिना चुहिँदा रुखबाट जुका झरेको आशङ्कामा पटकपटक गर्धन छाम्न पुगेँ । त्यस्तो लेक त यो थिएन । तैपनि जुकाको डर लागिरहृयो । म जुकासँग निकै डराउँछु । वास्तविकताबोधपछि पनि जुकाका डरले ममा कताकता डेरा जमाइरहृयो ।

आ-आफ्ना धुनमा चराहरु निर्धक्कसँग गीत गाइरहेका सुनिन्थे । त्यसमध्ये एउटा चराको स्वर अनौठो प्रतीत हुन्थ्यो । कोक््रयाङक्याङ, कोक््रयाङक्याङ जस्तो सुनिने उसको कराइले ‘उपरदाङ’ ‘उपरदाङ’ भनिरहे जस्तो भान हुन पुग्यो । के थाहा हामी उपरदाङगढी जान लागेको चाल पाएर वा यो बाटो हिँड्नेहरु उपरदाङगढी जानकै लागि हिँड्ने भएकाले उसले उपरदाङगढी जाने बाटो यही हो भनेर हामीलाई निश्चिन्त बनाइरहेको पनि हुन सक्थ्यो । जे होस् अगाडि बढ्दै जाँदा सिमालीका हरिया झाङहरु भेटिए । मलाई आफ्नै गाउँबस्ती भेटिए जस्तो लाग्यो । गाउँको नियास्रो मेटिए जस्तो लाग्यो ।

करसाहेब पाँच मिनेटपछि फेरि उसैगरी ढुङ्गामा आसन जमाएर बस्नु भयो । यत्तिकैमा पछाडिँदै गरेका राजुलाई मैले भेटेँ र उनलाई आउँदै गर्न भन्दै अगाडि बढेँ । वास्तवमा राजु पनि हिँड्न भनेपछि थरथर गोडा कमाउने मान्छे । पहिला जान्न भने पनि पछि हाम्रा लहैलहैमा लागेर उपरदाङगढी चढ्न हौसिएका ।
अनुपमजी र मैले करिब चालीस मिनेटजति हिँडेर भेटिने उकालोको पहिलो बिसौनी भेट्टाइसकेका
थियौँ । त्यही बिसौनीमा पसिना ओभाउँदै गर्दा राजुले करसाहेबको हालखबर सुनाउन भ्याएका थिए । हामी एकछिन पर्खियौँ । करसाहेब अझै आइपुग्नु भएन । उहाँ कतै तलैबाट फर्किनु त भएन भनेर बोलाउने निधो गरेँ । पहाडका टुप्पामा जीउ उँधोतिर लच्काएर स्वर हालेँ –

‘करसाहेब !’

‘करसाहेब !!’

‘करसाहेब !!!’

प्रत्युत्तरी आवाज आएन । उकालो ठाडै थियो । पटकपटक दोहोर्‍याएँ । जवाफी स्वर अझै सुनिएन । म अलिकति हड्बडाएँ पनि । मोबाइल हातमा लिएर डायल गरेँ । छ/सात घन्टी बजेपछि बल्ल उहाँको स्वर सुनियो,- ‘हेलो ।’

‘कहाँ हो ! करसाहेब – हामी टाकुरामाथि बिसौनीमा पर्खिरहेका छौँ । बिस्तारै आउनुस् ।’ मैले हतारहतार आफ्ना कुरा राखेँ ।

‘होइन, होइन । तपाईंहरु हिँड्दै गर्नुस् । मलाई पर्खनु पर्दैन । म बिस्तारै आउँछु ।’

‘गाँस छोड्नु, साथ नछोड्नु’ भन्ने नेपाली उखानसँग हामी सबै परिचित थियौँ । र त, करसाहेबले यस्तो जवाफ दिइरहँदा पनि उहाँ नआउन्जेल हामी त्यही शीतल बिसौनीमा रोकिइरहृयौँ ।

केही बेरको प्रतीक्षापछि असिनपसिन हुँदै थकित मुद्रामा करसाहेब आइपुग्नु भयो । गोरो चेहरा, मलाई झन्डैझन्डै दुइले गुणन गर्नु पर्ने शरीर, अग्लो कद । हेर्दै दुइचार फड्कोमा पहाड नाघ्नु होला जस्तो समग्र शारीरिक बनावट । तर स्वास्थ्यले साथ नदिएपछि कसको के नै लाग्छ र –

हतियार अनुगमनको रातिको अनिँदो डयुटी । बर्खाको बिगे्रको बाटो । कम्तीमा पाँचछ घण्टा उकाली ओराली गर्नु पर्ने । उकालीको सुरुआतीमै निकै जोडले टाउको दुख्यो । आँट गरेर दौडिनेहरुको विगतका कथाहरु सम्भिmनु भयो । आँट गर्नु भएन अगाडि बढ्न । हामीले पनि थप जोड गरेनौँ । बरु र्फकनकै लागि सल्लाह दियौँ ।

राजु नजानिँदो पाराले अरुलाई हँसाउन सिपालु । मुसुमुसु हाँस्दै उनले भने,- ‘सर ! मैले त उपरदाङगढी यहीँ देखेँ । म त अब जान्न ।’

राजुको मजाकपछि करसाहेबले अर्को मजाक गर्नु भयो,- ‘मैले त उपरदाङगढी मात्र होइन, तीनवटा तारा पनि देखेँ ।’

थाकेकै भए पनि सबैमा हाँसोको फोहरा छुटयो । तारा देखाइको प्रसङ्गले करसाहेबको मानसिकता बुझियो । राजु र करसाहेबलाई अगाडिको कष्ट नउठाउन आग्रह गर्दै अनुपमजी र म लक्ष्य भेट्टाउने अभीष्ट बोकेर अगाडि बढयौँ । उहाँहरु अघि आएकै बाटो र्फकनु भयो ।

४)

अबको बाटो अलिअलि तेर्र्सो हुँदै उकालो । अघिको जस्तो नाकै ठोकिने होइन । दायाँबायाँ हरियो जङ्गल । झयास र बुटयानहरु । बायाँतिर तल बेथान स्मृति ब्रिगेड रहेको माओवादी सेनाका लडाकुहरुको गैराबारी शिविर । नजिकै जस्तो देखिने शिविरको दृश्यले हामी आत्तिएका मात्र हौँ, कत्ति पनि हिँडेका छैनौँ जस्तो भान हुन्थ्यो । हो, हुन पनि हामी त्यतिविधि धेरै कहाँ हिँडेका थियौँ र – भरखर सबाघण्टाको बाटो तय गरेका थियौँ । सुरुकै गाँसमा ढुङ्गा भनेझैँ यात्राको सुरुआतीमै नाक ठोकिने उकालोसँग सङ्र्घष्ा गर्नु परेकाले मात्र हामी आत्तिएका रहेछौँ ।

चेपाङहरुका विषयमा मैले धेरै सुनेको थिएँ । तिनका दुःखकष्टका कथा पनि पढेको थिएँ । २०३४ सालतिरबाट प्रजाको पगरी पाएका यी चेपाङ र यिनका बस्तीसँग साक्षात्कार हुने मौका भने अलिेसम्म मिलेको थिएन । अब प्रजा भनेर पनि चिनिने यिनै चेपाङहरुको बस्ती सुरु भइसकेको थियो हाम्रा अगाडि । हामी डाँडाको धारबाट उकालो लागिरहेछौँ । एकातिर सपक्क मिलेर बसेको तर्राईको समथर जमिन । अर्कातिर हेर्दै अत्यासलाग्दा अग्ला पहाडहरु । एकातिर तातो हावा अर्कातिर चिसो सिरेटो । कति मिठो ! सुन्दर भूबनोट । कति लोभलाग्दो भौगोलिक विविधता । यो कसैले सिर्जना गरेको होइन । प्रकृतिको अनुपम वरदान । श्वासप्रश्वासले बे्रक लगाउन खोजे पनि हामी निकै हौसिएर अगाडि बढ्दै थियौँ । एक्कासि भएभरको बल लगाएर मलाई एउटा रातो कमिलाले आक्रमण गर्‍यो । लाजै नमानी चाक ठडयाएर टोक्यो । कतै बिच्छी वा खजुराले त टोकेन भनेर म झसङ्ग भएँ । तर चिरपरिचित उही रातो कमिलो देखेपछि एउटा मन त शान्त भयो तर अर्को मन खुल्दुलिन थाल्यो ।

हामी ती कमिलाका प्रदेशमा बिनाअनुमति अगाडि बढिरहेका छौँ । एकान्तका यी बाटा, जङ्गल, बुटयान सबै उनको राज्य । बिनाअनुमति आउनेहरुलाई किन छाड्थे – आखिर आ-आफ्ना सिमाना सबैका हुन्छन् । मैले मनमनै गल्ती महसुस गरेँ । तथापि उसको आक्रमणलाई धेरैबेर सहन सकिन । टिपेर फालिदिएँ । आखिर बलियाले निर्धालाई गर्ने व्यवहार यही न हो । उसको केही जोड चलेन । मिल्किनु उसको नियति बन्यो । मिल्कियो ।

भोकले बिस्तारबिस्तार पेट खाली भएको सङ्केत गर्दै थियो । यत्तिकैमा बाटैछेउ भरखर खसीबाख्रा फुकाउँदै गरेको चेपाङको एउटा घर भेटियो । अगाडिपट्ट िझपक्क फूल खेल्दै गरेका काँक्राका झाल । झाल देख्दैमा पनि मुख रसाउने ।

‘खाना खानु भो दाइ -‘ अनुपमजीले हिँडाइ नबिर्साईकन कुराको उठान गर्नु भयो । उताबाट मिठो स्वरमा खाना खाइसकेको जवाफ आयो । अनि फेरि मैले थपेँ,- ‘काँक्रा फलेका छैनन् -‘

‘नाइँ ।’ उसको अझ मिठो जवाफ थियो । प्रत्युत्तरको यस शब्दले नेपालका पश्चिमी पहाडतिर छु जस्तो लाग्यो मलाई । तर वास्तविकता त्यस्तो थिएन । म मुलुकको मध्यवर्ती भागभित्रको चेपाङ बस्तीमा थिएँ । अनौठो त अझ के थियो भने अब हाम्रा अगाडि मकैका पहाड सुरु भइसकेका थिए । मान्छे अडिन पनि कठिन हुने ठाउँमा मकैका बोट लहलहाएका । अहो ! कस्ताकस्ता ठाडा खोरियाहरु – कसरी अडिएर खनखान गरे होलान् यो पाखो – मकैको बीउ पो कसरी अडयाए होलान् यिनले – मनमा खुबै खुल्दुली बढयो । जे होस् चेपाङहरुको मेहनतको मैले मनमनै प्रशंसा गरेँ । दुःख गर्नेहरुप्रति म जहिले पनि नतमस्तक हुने गर्छु म चेपाङहरुको यस्तो कठिन परिश्रम र जाँगर देखेर उनीहरुप्रति नतमस्तक भएँ ।

दुःखका क्षणमा दुःखका कुरा सम्झिइन्छ । मैले आफ्नो जागिरे जीवनकालमा मानसिक तथा शारीरिक रुपमा निकै कष्टहरु भोगेको छु । हिमाल, पहाड र तर्राईका अनकन्टारहरु चहारेको छु । त्यहाँ बस्नेहरुको दुःख र पीडा देखेको छु । आफूले केही गर्न नसकेकोमा पछुताएको पनि छु । पछाडि टेको लगाइदिने कोही नभएपछिका अवस्थामा सरकारी जागिरेहरुले भोग्नु पर्ने हबिगत मैले धेरै भोगेको छु । कुराका यस्तै प्रसङ्गहरु अगाडि बढे । अनुपमजीले पनि द्वन्द्वरत समयका कुरा उक्काउनु भयो । युद्धकालीन क्षणका कठिन भोगाइहरुको स्मरण गर्नु भयो । घटना परिघटना फरक । दृश्य फरक । कथानक फरकफरक । पात्रगत विधान त अझ फरक हुने नै भए । तर भोगाइ,- शारीरिक कष्ट । पीडा । करिब करिब समान । अनि, परिणाम,- विपन्नता । असन्तुष्टि । जीवन गुजारामा निरन्तरको बाधाअबरोध ।

फेरि उस्तै नाक ठोकिने उकालो । अनुपमजीका अनुमतिले म एकछिन जीउ बिसाउनेतिर लागेँ । उहाँ अगाडि बढ्नु भयो । सायद तीनचार मिनेट बसेँ हुँला म त्यहाँ । बिस्तारै पाइला बढाएँ । पर्वतारोहीहरुले हिमाल चढे जस्तो । गन्न सकिने पाइलाहरु । दायाँबायाँ लाग्ने बाटाहरु त्यत्ति थिएनन् । तैपनि जङ्गलको बाटो । पहाडी परिवेश । एकाध घरहरु । सानो भुलाइले पनि ठूलै कष्ट निम्तिन सक्थ्यो । अगाडि भुलिने बाटा छन् कि भनेर म सशङ्कति भएँ । अनुपमजी निकै अगाडि बढिसकेको अनुमान लगाउँदै स्वर हालेर बोलाएँ –

‘अनुपमजी !’

‘अनुपमजी !!’

‘अनुपमजी !!!’

परिणाम केही समयअघि करसाहेबलाई बोलाए जस्तै । प्रत्युत्तर आएन । फरक यत्ति थियो,- अघि डाँडाबाट तलतिर स्वर छरेको थिएँ, अहिले फेदीबाट माथितिर । अघि ढिलो हिँड्नेको खोजी गरेको थिएँ, अहिले छिटो हिँड्नेको । एकैछिनको गति कति विपरीत । ठिक उल्टो परिस्थिति । यस घटनालाई मान्छेको जीवनसँग दाँजेँ । सुख र दुःखका पाटाहरु यस्तै न हुन् । कतिखेर कसलाई कहाँ के मिल्छ  थाहा छैन । यस्तै हो सबैको समयचक्र । जीवनको गोरेटो ।

अलिकति माथि उक्लेपछि अनुपमजी बोले जस्तो लाग्यो । एकछिन कान थापेँ । होइन रहेछ । अरु कसैको स्वर सुनियो । कोही न कोही कल्याङकुलुङ कुरा गर्दै गरे जस्तो लाग्यो । यत्तिकैमा फुत्त अर्को मकैबारी आइपुग्यो । लोहोटा नअड्ने ठाडो पखेरो भए पनि बारी भन्नै पर्‍यो । गाँजिएर दानादार घोगा च्यापेका मकैका काला बोटहरु । स्याहार पुगेको खेती । ठिक्क पोलिखाने बेला भएका । जोगाउन धौधौ । जङ्गलका शोषक
-बाँदर) बाट बचाउन तिनलाई कुर्न बनाइएका काठे टौवा । माथि मान्छे बस्ने टाँड । तल आगो फुक्ने अगेनो । पुतपुत धुँवा आइरहेको । दक्षिणतिर तर्राईका फराकिला समथर फाँट र बस्ती देखिने दृश्यहरु । एकातिर ढुङ्गामा टुकु्रक्क बसेका अनुपमजी । अर्कातिर बाँदर कुरुवा चेपाङका परिवार । मकैको घारी र अगेनामा आगो देख्नेबित्तिकै लुकेको भोक फुत्त बाहिरियो । बिहानको साढे नौ बजे । नबाहिरियोस् पनि किन – धेरै दमनपछि बिस्फोट हुन्छ । त्यही भयो ।

‘अनुपमजी ! मकै पोल्न थाल्नु भयो कि क्या हो -‘ मैले मकै खाने मेसो मिलाउन खोजेँ । उहाँ मनमनले मकै खाने सुरमा भए पनि ‘होइन सर’ भन्दै मुसुमुसु मुस्काउन थाल्नु भयो । हाम्रा कुरा सुनेर वरिपरि बच्चाले घेरिएर मकै कुर्दै बसेकी चेपाङ बहिनी दिलुले मुख खोलिहालिन्,- ‘खानुस्न । हामी पैसा लिदैनौँ एक पेट मकैको ।’

‘अहा ! कस्तो आत्मीयता । कस्तो मानवीयता । कति उदार भावना । शहरी मनलाई चोटिलो व्यङ्ग्य । अब मकै नखाई हिँड्दा अपराध हुने ठानेँ मैले । मुख फोरेँ । त्यस्तो पोलिखाने मकै छन् भने यसो दर्ुइतीन घोगा खाउँन त । हुन्न, अनुपमजी -‘ उहाँले कुरा राख्न भ्याइसक्नु भएको रहेनछ । मोही माग्ने ढुङ्ग्रो लुकाउने किन गर्नू – भनेर मैले बाटो खोलिदिएँ ।

‘मलाई पनि बेसी जान मन लागेको, बाउले पनि त्यतै घोक््रयाइदिए’ भनेझैँ अनुपमजीले मिठो मुस्कानका साथ लोली मिलाउनु भयो । हुन्छ, खाऊँन त ।

५)

अब सुरु हुन्छ एउटा अनौठो शृङ्खला । नसोचेको शृङ्खला । दिलु चेपाङ । नपढेकी भनिए पनि असाध्यै टाठी बहिनी । दर्ुइ छोरा र दर्ुइ छोरीकी आमा । जीत बहादुर चेपाङकी अर्धाङ्गनिी । तीस छेउछाउको उमेर । मनमा लागेका कुरा फटाफट बताइदिने । आफ्ना दुःख, पीडा र सकसका कथा मिठो शैलीमा पस्कन सक्ने । सरकारी भ्रष्टाचार र सामाजिक विकृतिका विरुद्धमा निर्भीक वकालत गर्न सक्ने । आफ्नो हक, अधिकार र कर्तव्यका विषयमा विचार राख्न र बहस गर्न सक्ने क्षमता । महिलाको खेदो महिलाले नै खन्छन् पुरुषले होइन भन्ने स्पष्ट मान्यता । स्वभाव धार्मिक प्रवृत्तिको । त्यसो भनेर मन्दिर धाउने स्वभाव हैन । केवल अरुलाई दुःख नदिने । आफू पनि लुच्च्याइँ, फटयाइँ नगर्ने र अरुले गरेको पनि मन नपराउने । अरुलाई भलो गरे आफूलाई पनि भलो हुन्छ भन्ने सकारात्मक सोच ।

अनुपमजी अघिदेखि नै दिलु चेपाङका कुरा खुबै घत् मानेर सुन्दै हुनुहुन्थ्यो । ‘हेर्नुस् भाइ’ को सम्बोधन बेलाबेलामा दोहोर्‍याउँदै अनुपमजीलाई उनी आफ्ना कुरा धाराप्रवाह राखिरहेकी थिइन् । भरतपुर मालमा गएर जग्गा दर्ता गर्दाको प्रयास होस् वा सामाजिक विकृतिका विरुद्ध गाउँमा चालेको कदम होस् । उनी उत्तिकै रवाफका साथ सुनाइरहेकी थिइन् । खोरियालाई गरेको स्याहार होस् कि वृक्षरोपणमा गरेको मेहनत होस् । उनी आफ्ना सबै क्रियाकलाप गर्वका साथ सुनाउन व्यस्त थिइन् । तर विडम्बना । आफ्नो जग्गा छैन उनको । आफन्तको जग्गा कमाएकी छिन् । मनग्य मकै खान पुग्ने वर्तमान भएर पनि भविष्यको चिन्ता छ । छोराछोरीको चिन्ता छ ।

अर्काको खोरिया कतिन्जेल कमाउन पाइने हो थाहा छैन । बेच्ने गाहाकी समेत आफैँले खोजिदिनु छ । किनौँ पैसा छैन । लोग्नेलाई उनी पटकपटक सोझोको संज्ञा दिन्छिन् । यस्ता सोझासँग पनि दुइचार घण्टा बातचित गरेर सोह्रकै उमेरमा प्रेम विबाह गरेको कुरा पनि उनले लुकाइनन् । लोग्नेतिर देखाउँदै उनी भन्दै थिइन्,- आफ्नो पनि सानैमा आमा मरेर बाउले अर्की ल्याएकी । यिनी पनि बाउआमा नभएका टुहुरा । कुरा मिलिहाल्यो । एकै रातमा बिहे । कसैले थाहै पाएन । रातभर उकालो चढेर घर आइपुगियो । अहिलेसम्म हामी दुइटाको मेहनतले जीवन चलेको छ । कसैको छलीढाँटी गरेका छैनौँ । त्यस्तो गर्न पनि नपरोस् । ‘चोरे लाज पाइन्छ, मागे राज्य पाइन्छ’ होइन त भाइ – उनी अनुपमजीको र्समर्थन खोज्दै थिइन् आफ्ना कुरामा । चोरी, ठगी गर्न सकिने भए किन यस्ता भीर पखेरामा आएर बसिन्थ्यो – तलतिर राम्रै ठाउँमा बसिन्थ्यो होला नि । चिउरी बाहेक केही नहुने डाँडापाखालाई यस्तो बनाएका छौँ, तैपनि बसाइको ठेगान छैन । दिए खाउँला, नदिए छाडौँला । कसैले नहेरे भगवानले हेर्छन् ।

बोल्नमा उनलाई अड्किनु पर्दैन । धाराप्रवाह बोल्न सक्छिन् । शब्दचयन र शैली पनि त्यत्तिकै राम्रो
छ । कुरा गर्दै गर्दा ठाउँठाउँमा उखान टुक्का जोड्न पनि भ्याउँछिन् उनी । सिर्जनात्मक आनीबानी र सकारात्मक सोच छ दिलु चेपाङको ।

उनको कुरो अझै बाँकी छ । मनको सबै वह पोख्न उनले अझै भ्याएकी छैनन् । उनी भन्दै थिइन्,- हर्ेर्नुस् न भाइ, मान्छे पनि कस्ता कस्ता आउँछन् । एकपटक एउटा मान्छे आयो । म जनसेनाको मान्छे हुँ, कुखुराको भाले खोज्देऊ भनेर तर्साउन खोज्यो । मैले पनि अब यस्ता सेना जनसेना भनेर कोही तर्सिन्न । केको भाले खोज्ने – कुन शिविरमा बस्ने जनसेना हौ – शिविरमा बस्ने जनसेनालाई म पनि अलिअलि चिन्छु । के नाउँ हो तपाईंको – भनेर र्‍याख्र्‍याख्ती पारेपछि लुसुक्क हिँडयो । हेर्दा मान्छे पातलो पातलो छ । बाहुन जस्तो । पछि आफैँले फेरि यसो अड्कल काटेँ । यो मान्छे जनसेना नभएर राजमार्गतिर कतै गाडी दुर्घटना गर्राई चोर बाटो भागेको ड्राइभर पो हो कि – त्यस्ता मान्छे पनि हिँड्छन् भाइ यहाँ । हिजोआज कसलाई चिनिसाध्य छ र -‘

तीनतीन घोगा मकैले अनुपमजी र म अघायौँ । पैँतीस चालीस वर्षअगाडि पहाडघरमा खाएका मकैको सम्झना आयो । कति गुलिया लेकाली मकै । साच्चै अघायौँ हामी । तर दिलु बहिनीको प्रवचन दिनभर सुने पनि अघाउने छाँट देखिएन । यसो भनेर त्यहाँ बसिरहने कुरो पनि थिएन । मनका पीडा र वेदना कसलाई पोखूँ जस्तो भइरहेकी बहिनीको धाराप्रवाह कथा सुन्यौँ । चेपाङ बस्तीभित्र यस्ता मान्छे छन् भनेर मैले चिताएको पनि थिइन । प्रत्यक्ष देखेँ आज । सबै चेपाङको प्रतिनिधित्व तिनले नगरे पनि मैले उनलाई चेपाङ जातिको प्रतिष्ठा सम्झेँ । इज्जत सम्झेँ । मर्यादा सम्झेँ । र, कर्मकी सच्चा पुजारी पनि ।

उपरदाङगढीको लक्ष्य भेट्टाउन बाँकी थियो । झन्डै पौने घण्टाको त्यहाँको बसाइमा पसिना ओभाइसकेका थिए । गोडा सेलाइसकेका थिए । यात्रा भने अझै बाँकी । लुखु्रकलुखु्रक उकालो लाग्यौँ, मकै घारीघारी । बाटोमा पनि दिलुकै कुरा उठान गरेँ मैले । ‘अनुपमजी ! एउटा सभासद् बनाउनु पर्ने मान्छे यहाँ छुटिछिन् नि । चेपाङ जातिको प्रतिनिधित्व गर्न सक्ने मान्छे । कति प्रखर ! कति तार्किक !! यस्ता मान्छे वास्तवमा संसद्मा लैजानु पथ्र्यो ।’

मैले भावनामा बहेर यसो भनिरहँदा अनुपमजीको फेरि उस्तै मिठो जवाफ थियो,- ‘एनजीओ आइएनजीओहरुले यिनीहरुलाई निकै खारेका छन् । त्यसैको परिणाम हो यो । आफ्ना हक अधिकारका पक्षमा बोल्न सक्ने भएका छन् यिनीहरु ।’

६)

उपरदाङगढी । यात्राको अन्तिम अभीष्ट । चितवन जिल्लाको पुरानो सदरमुकाम । सायद २०१७ सालतिर हो यसको सिन्दुर पुछिएको । भुइँमा लडिरहेको एउटा जानकारीसूचक बोर्डले भनिरहेको थियो,- ‘शक्तिखोर चिसापानीटार । १२७५ मिटर गढी ।’ अर्थात् समुन्द्र सतहबाट करिब ४००० फिट उँचाइ । वरिपरि लोभलाग्दो घाँसे चउर । स्वच्छ र पवित्र ठाउँको यस स्वदेशी माटोमा पाउ र्स्पर्श गर्न मन लाग्यो । कुनै न कुनै निहुँमा मातृभूमिको माटोको सर्म्पर्कबाट अलग्गिने संस्कृतिलाई एकछिन भए पनि चुनौती दिन चाहेँ मैले ।

लगाइराखेका जुत्ता हातमा लिएँ । दसैँका केटाकेटीझैँ त्यसैत्यसै फुरुङ्गिएर हरिया घाँसमाथि पाइला राखेँ । वरिपरि चहारेँ । आप्पा शेर्पालाई सगरमाथा चढ्नभन्दा पनि सजिलो भएछ क्यार ! एउटा जुकाले मेरा गोडामा र्सलक्क आरोहण गरेर भान्सा गर्न लागेको जनाउ दियो । मैले ठाडै प्रतिकार गरेँ । जुकाहरु मलाई मन
पर्दैनन् । दुःखै नगरी तँ अर्काको रगत चुस्न खोज्ने यसरी – मनमनै हकारेँ । टपक्क टिपेँ । फालिदिएँ । सायद जुकाहरु जहाँका पनि यस्तै हुन्छन् । यसरी नै फाल्नु पर्छ तिनलाई । विवाद छैन ।

देशीय तथा अन्तरदेशीय शत्रुहरुबाट हुन सक्ने सम्भावित आक्रमणलाई प्रतिकार गर्न बनाइएको यो किल्ला/दुर्ग कसले कहिले बनाएको भन्ने ठोस प्रमाण पाइएन । भन्नेहरु पृथ्वीनारायण शाहका नाति अर्थात् नेपालको राज्य बिस्तारमा निकै लागिपरेका बहादुर शाहका कान्छा छोरा शत्रुभन्जन शाहलाई यसको जस दिन्छन् । तर त्यस्तो प्रामाणिक दस्ताबेज यो लेखन तयार पार्दासम्मको छोटो अवधिमा फेला पार्न सकिएन । बरु राजा प्रतापसिंह शाहले आफ्नो अल्प शासनकालमा यो उपरदाङगढी लगायत सम्पूर्ण चितवन आफ्नो कब्जामा लिएको उल्लेख पाइन्छ । यर्सथ पुरातत्वविद्, इतिहासविद् र यस्ता विषयमा चासो राख्ने अरुहरुका लागि पनि यो अनुसन्धानको विषय हुन सक्छ ।

जम्माजम्मी ६३९ स्क्वायर मिटर क्षेत्र ओगटेको यस गढीको उत्तर्रतर्फ रहेको एउटै मात्र प्रवेशद्वारको अग्लाइ ६ र चौँडाइ ३ मिटर छ । ठूल्ठूला ढुङ्गा, चुना र माटोको प्रयोग गरी बनाइएको यस गढीको वरिपरि निकै गहिरो र फराकिलो टनेल छ । पर्खालको माथिल्लो भागको चौँर्डाई ३ फिट बाक्लो । गढीको वरिपरिका माथिल्ला भागमा तोप हान्नका लागि बनाइएका टे्रन्च (trench)  हरु । गढीको भित्रपट्टि प्रवेशद्वारबाट छिर्नेबित्तिकै गणेश, दक्षिणी भागमा भगवान शिव र कालिका देवी तथा पश्चिम तर्फको भित्तामा वज्रयोगिनी र बालकुमारीको मूर्ति सजाइएका । यस गढीभित्र पानीको स्रोतका रुपमा छुट्टै इनार र हतियार थन्क्याउनका लागि कोतघरको पनि व्यवस्था छ ।

निकै कडा मेहनतसाथ कुँदेर बनाइएको पत्थर गढी । पत्थरकलाको जादुगरी । युद्ध शास्त्रका हिसाबले निकै सुझबुझपर्ूण्ा । पाको पौरख । साना दुःखले यो बनेन । डडेलधुराको सदरमुकामस्थित अमरगढी र रसुवाको टिमुरेउत्तर चिनको सिमानामा रहेको रसुवागढी भन्दा निकै आकर्ष लाग्यो मलाई यो गढी । वरिपरि
राम्रो स्याहारसुसार । सयौँ हिउँदवषर्ा यसले पचाइसकेको छ । तैपनि फिटिक्क डेग चलेको छैन । यतिखेर
भने वर्षादले चारैतिर पर्खालमा झार पलाएका । झार मात्रै उखेल्दा पनि राम्रो फिनिसिङ देखिने । उच्च सिपयुक्त हातले बान्की पारेर कुँदिएका ढुङ्गा । साह्रै सुन्दर र आकर्ष बनोट । भित्र पस्ने एउटै मात्र ढोका उत्तर्रतर्फ । तर दर्ुभाग्य । हामी गढीभित्र पस्न पाएनौँ । ढोका बन्द । दुइटा पहेँला चाइनिज ताल्चाले पहरा दिइरहेका । आउनेहरुलाई भित्र पस्ने आदेश दिँदैनथे । फर्काइदिन्थे । हामी पनि गढीको बाहिरी बोक्रा हेरेर फर्कियौँ । गुदीमा प्रवेश गर्नबाट वञ्चित भयौँ । संयोग । तर यस सम्बन्धी विविध जानकारीहरुबाट मलाई वञ्चित हुन परेन । किनकि, मेरा साथमा हुनुहुन्थ्यो पटकपटक यहाँ आउने सौभाग्य पाउनु भएका कलमका पारखी अनुपमजी । जसका सहयोगले मलाई नपसेका ठाउँको वर्णन गर्न पनि सघाउ पुग्यो ।

हिउँदका समयमा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने । नजिकैसम्म गाडीको पहुँच पनि हुने त्यतिखेर । तर वर्षादको समय । घुम्न आउनेहरु निकै कम । फाट्टफुट्ट कहिलेकाहीँ । चहलपहल नभएपछि जिम्मावालहरुले ताल्चा लगाइदिने नै भए । सुरक्षाका हिसाबले पनि यो गर्नै पथ्र्यो । गरे । बरु कतै तिनको सर्म्पर्क ठेगाना राखिदिएको भए यस्ता बेलामा सर्म्पर्क गर्न सजिलो पथ्र्यो । धाएर आउनेको मन रहन्थ्यो । त्यो हुन सकेन । अधिकांश चेपाङ, अनि गुरुङ र अरु जातिले भरिएको आसपासको बस्ती । खेतीपातीको बेला । कामको चटारो । कतै काममा गएका थिए होलान् उनीहरु । भेट्न सकेनौँ । गढीभित्र चियाउने यसपटकको हाम्रो सपना अधुरै रहृयो ।

उसो त ढोका खुलेकै भए पनि दायाँबायाँ, अगाडिपछाडि कतै नियाल्न सक्ने मौसमी वातावरण उपलब्ध थिएन त्यतिखेर । कुहिराको सेतो घुम्टोले छोपिएकी थिइन् गढी । यहाँ आउनुअघि जुटपानीबाट पनि तिनलाई नियमित नियाल्थ्यौँ । देशको दिक्क लाग्दो दैनिकीले हो वा अरु कुनै कारण । धेरै दिनदेखि उनले मुहार खोलेको देख्न पाएका थिएनौँ । आज पनि त्यस्तै भयो । हुन सक्छ, वषदभरि उनले यसैगरी मुख छोपेर बिताउनेछिन् आफ्नो दैनिकी । यतिन्जेलसम्म नेपालको शान्ति प्रक्रियाले पूर्णता पाउन सके यिनी जति खुशी अरु कोही हुन सक्छन् होला – सक्तैनन् । किनकि, यिनी धरतीकी एउटा अंश हुन् । प्राण हुन् । अस्तु ।

(स्रोत : समकालीन साहित्य डट कम)

This entry was posted in नियात्रा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *