कविता : कर्णालीको मलामी

~कुसुम ज्ञवाली~Kusum Gyawali

बोकेर मृत सपनाहरुको भारी
एकहुल बहिनीहरु झरीरहेछन ओरालो दक्षिणतिर
त्यो कात्रोले बेरिएको लास कसको हो ?
मलामी हिडेका बहिनीहरु को हुन ?
यसै भन्न मुस्किल छ ।

कसैले भन्छन् राज्यको लाश बोकेर दक्षिणी ओरालो झर्नेहरु
सुदुर बस्तीका कुमारी सपनाहरु हुन
बोकेर काँधमा बुढो सदर झर्नेहरु
परीत्यक्त मोफसलहरु हुन
हामीलाइ यसै भन्न गाह्रो छ
कीनकी हामी ब्यस्त छौ बनाउन कर्णालीकालागी योजनाहरु
हामी लेख्न ब्यस्त छौ कर्णालीको लागी एन जी ओ प्रपोजल
हामी भेटघाट, मिटिङ्ग र कुराकानोमा ब्यस्त छौ
महान कर्णाली निर्माणको ठेक्का पाउन
त्यस‍ैले हामीलाइ कर्णालीको मलामी जान फुर्सद छैन
जोसुकै मलामी जाउन् हामीले बुझ्न भ्याएका छैनौ
हो हामी शासक हौ ।

November 9, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.