गजल : आज मुहार हेर्न आएँ

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

तिम्रो गुणगान सुन्दा धेरै, आज मुहार हेर्न आएँ
धोको मेट्ने माया रोज्दा, खानु गोता फेर्न पाएँ
**
मैले सोच्ने सुख मात्रै, के हुन्थ्यो र जिन्दगी यो
नौजालभित्र लड्दै बढ्दै, तिम्रो बखान केर्न आएँ
**
शुन्यतामा सोध्नु कसलाई, बेसुर को बाजा भो यो
दिलमा घाम छर्ने सुरमा, तिम्रो आँगनीमा घेर्न आएँ
**
के को दिन, के को रात, नशा भैगो संझना यो
साक्षात्कार गर्ने धुनले, आज अँगालोमा बेर्न आएँ।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.