कथा : ल्याम्प पोस्ट

~श्रीबाबु कार्की ‘उदास’~Shreebabu Karki 'Udas'

एकै दिन हेरेँ मैले, नवजात शिशु र अस्ताउँदै गरेको घाम। कहीँ उदाउँदै गरेको भविष्य त कहीँ अस्ताउनै लागेको घाम। दुवै विरोधाभास भयो मलाई। दृश्यहरू भिन्न थिए।

भिन्न थियो परिवेश।

आफन्तको स्वास्थ्यलाभका लागि टिचिङ हस्पिटल पुगेको थिएँ, एक दिन। अनायास एउटा सानो बच्चा च्यापेर र्फकंदै गरेकी ममतामयी आमालाई देखेँ। आँखामा उनका थुप्रै सपना बिउँझिएको पाएँ। नवजातप्राप्तिको खुसी उनको अनुहारमा प्रस्टिन्थ्यो। मैले भूपीको कविता ‘मैनबत्तीको शिखा’ सम्झिएँ। प्रसूतिले भर्खर थलिएर मुर्झाएकी एउटी आमाको सन्तानप्राप्तिको खुसी टिचिङ हस्पिटलको गेटमै देखेँ। पीडामा पनि मुस्कुराउन सक्ने शक्ति दिने सृष्टिदातालाई सलाम।

हो, एउटा जीवको पूर्णचक्र घुम्ने प्रक्रियामा आउने बाधा, अड्चन र गाह्रो-साह्रोमा जुट्नु छ। उसका हरेक पाइलामा मैले देखिरहेछु, एउटा गम्भीर चुनौती। तथापि, उसकी आमा उसकै सपनामा रमाइरहेकी छन्। एउटा उज्ज्वल सपना बुनेर मुस्कुराइरहेकी छन्। निरन्तर… निरन्तर…।

आफन्तहरूको नवीन जिज्ञासामा उनको मुस्कानले लिपिरहेको छ, सुन्दर समय। म हेररिहेँ उनको ‘सुत्केरी मुस्कान’। उनका दुई ओठका कापबाट उदाइरहेछ, एउटा सुकिलो बिहान। छेउमा रोइरहेको छ, अबोध शिशु। कति विरोधाभास छ, त्यहाँ पनि। आमा मुस्कुराइरहेकी छन्, पीडाहरू भुलेर। नवीन संसारको खोजीमा निस्किएको एउटा बच्चा किन रोइरहेको छ? मनमा प्रश्नै प्रश्नले घनीभूत भएर उभिन्छु म। जीवनको सुरुआत किन रुवाइबाट हुन्छ? किन पीडाबाट हुन्छ? त्यसमा निरुत्तर छु म। दुःखीको कोखमा जन्मँदा होस् या सुखीको कोखबाट जन्मँदा होस्, शिशुको च्याहाँ च्याहाँ आवाज आइरहेको छ, हरेक जन्महरूमा। किन आँसुको छाँगाबाट सुरु हुन्छ, हाम्रो जीवनको पहिलो पाइला? प्रश्नहरूको भारी बोकेर म अगाडि बढ्छु। र, म मनमोहन कार्डियो थेरासिसमा पुग्छु। त्यहाँ एउटा आफन्तको मृत्युसँग लडिरहेको जीवन हेर्छु, ऊ हस्पिटलको बेडमा उत्तानो सुतेर मृत्युका दिनगन्ती सुरु गररिहेछ। जीवनको एउटा लामो एल्बम खोल्दै उसले जिन्दगीका साराका सारा भूल, भोगाइ, कमजोरी र भ्रमहरू खेलाउँदै मृत्युसँग लडिरहेको देख्छु। म उसका आँखामा पुगेर टक्क अडिन्छु। उसका आँखामा जीवनको अतृप्त भोक छल्किरहेको छ। जिजीविषाको अपार महत्त्व टिलपिलाइरहेको छ। उसलाई मृत्युको पन्जाबाट उम्कनु छ र उत्रनु छ दुःखको विशाल सागरबाट। तल मुर्झाएका छन् आफन्त। क्लान्त, शिथिल अनुहार छ सबैको। सबै दुःख र हतासीका साउती माररिहेछन्। खुइऽऽऽय गर्दै पीडाका उच्छ्वास सुसाइरहेछन्। हस्पिटलको एउटा हातामा दुःखै दुःखको गाँज मौलाइरहेको छ, त्यही हातामा अर्को सन्तानप्राप्तिको अपार खुसीले पखेटा फिँजाइरहेको छ। म गम्भीर हुन्छु, त्यही ठाउँ हो, जहाँ खुसी र दुःख एकनास फुलिरहेछ।

मानिसको जीवनरथ पनि एउटा गुलाबको बोटजस्तै रहेछ, काँडा पनि सँगै, फूल पनि सँगै। कस्तो विचित्र छ, यो दुईदिने चोला, दुई विरोधाभास अस्तित्व सँगसँगै जिउनुको पीडा पनि छ, मज्जा पनि छ। कसैलाई पीडै पीडा होला, कसैलाई मज्जै मज्जा।

अचेल लाग्न थालेको छ, जीवन भनेको हावा भरेको बेलुनजस्तै रहेछ। अलिकति प्रतिकूलता भयो कि फ्याट्टै फुट्ने। अस्थायी, क्षणभंगुर…। अबोध बच्चा प्राप्तिका लागि रुन्छ सायद। उसलाई आमाको गर्भबाट निस्कनु भनेको अप्राप्तिको जंगलमा विचरण गर्नुजस्तो हुँदो हो, सायद त्यसैले ऊ रुन्छ। मलाई जीवनको धेरै महत्त्व थाहा छैन। यति हो, यो क्षण अमूल्य छ, यसको मूल्य हामीले यो छोटो समयमा चुक्ता गर्न सक्दैनौँ। जसले जीवनको महत्त्व र महिमा नजिकबाट बुझ्छ, त्यही मानिस यो संसारमा सफल बन्न सक्छ।

तर विडम्बना ! मानिस मानिसजस्तो हुन सकिरहेको छैन। ऊ कृत्रिम लाग्छ। संवेदनाहीन, मूल्यहीन अनि विचार र विवेकशून्य। आखिर किन मानिस संवेदनाहीन, मूल्यहीन, विचार र विवेकशून्य बनिरहेको छ? त्यसलाई हाम्रो मस्तिष्कले छुट्याउने, खुट्याउने बेला आएको छ।

मनमा के के, के के खेलाउँदै थिएँ म। फ्याट्ट मोबाइलमा रङि बज्न थाल्छ, मेरो मोबाइलमा रहेको बीबीसी नेपाली सेवामा बज्ने पि्रय धुन ‘च्याङ्वा होई च्याङ्वा’को सुमधुर लयले मेरो बेचैन मनलाई क्रमभंग गरिदिन्छ। म मोबाइलको स्िक्रनमा नयाँ नम्बर पाउँछु, फोन उठाउँदा एउटा पि्रय नाम, पि्रय मित्र बोलिरहेको पाउँछु, रूपक वनवासी। ऊ मेरो कलेज पढ्दाको अनन्य मित्र। हामी पशुपतिमा भेट्ने तारतम्य मिलाउँछौँ, त्यसमा अर्का मित्र थपिन्छन्, फोटोग्राफर आरके अदिप्त गिरी।

डाँडामा बिलाउँदै गयो घाम। पहेँलो अनुहारमा लत्रिँदै झरेका घामसँग रहेन, कसैको अपेक्षा। हामीले मन्दिरका गजुरबाट डुब्दै गएको घामलाई खुब नियाल्यौँ। मित्र अदिप्तले आफ्ना क्यामेराका लेन्समा कैद गरििदए, बूढो घामलाई।

घामको तेज हरायो, मन्दिरका ल्याम्प पोस्टहरूबाट उजेलिँदै गयो, मानिसका अनुहार। घाम डुबेपछि स-साना बत्तीहरूकै भर भयो- उज्यालो। राता, पहेँला, हरयिा रंगमा ल्याम्प पोस्टबाट झरेका घामलाई हामीले खुब हेररिह्यौँ। मानिसहरू हतारहतार बासतिर लम्किरहेको दृश्य, बाँदरहरूले खोजिरहेको आफ्नो सुरक्षित स्थान, साधुहरूको एक प्रकारको रात्रिजीवन। मन्दिरमा निरन्तर बजिरहेका घन्टाहरूको मधुर गुञ्जन, चराहरूको सन्ध्याकालीन चिरबिर, वाग्मतीको शान्त बगाइ, धमिलो पानीमा देखिने मन्दिरको उल्टो प्रतिविम्ब हेर्न रमाइलो हुने रहेछ।

एकैछिनमा भर्खर जन्मिएको अबोध शिशु, अस्पतालको बेडमा मृत्युसँग जुधिरहेको बिरामी र आर्यघाटमा बल्दै गरेका चिताहरू हेरेर म भावुक हुँदै जान्छु। चिताबाट उडेको धूवाँको धागो शून्यमा हराएझैँ म कताकता हराउँदै जान्छु। मित्र रूपकले छोटो छोटो वाक्यमा जीवनका मूल्य र मान्यताहरू लेखाजोखा गर्दै जान्छन्, गिरी काँधमा क्यामेरा भिरेर पशुपति आसपासका दृश्यहरूलाई कैद गर्न हतारो गररिहन्छन्। उनको क्यामेराको अग्रभागबाट झिलिक्क झिलिक्क फ्ल्यास चम्किरहन्छ। म दुईदिने यो चोलालाई ‘फ् ल्यास’को क्षणभंगुरसँग दाँज्न पुग्छु।

चिताबाट लपलपाउँदै उडेको आगोका लप्का र मृतकका आफन्तको कोकोहोलोबीच बाक्लिँदै गएको अँध्यारोमा हाम्रो सामीप्य पनि विरोधाभास लाग्छ। म एकछिन मस्तिष्कलाई ‘फ्ल्यास ब्याक’ गर्छु। रूपकलाई मैले त्रिचन्द्र क्याम्पसमा भेटेको थिएँ। जतिबेला ऊ साहित्यमा उदाउँदै थियो। आज उससँग साहित्यका भन्दा धेरै जीवनका दुःख-सुखहरूले डेरा जमाएछन्। हामीले आ-आफ्ना भोगाइका पोकापन्तुरा फिँजायौँ।

साँझ बाक्लो रंगमा पोतियो। वाग्मतीबाट धेरै फोहर पानी बग्यो। चराहरूको आवाज बिस्तारै शान्त भयो। आकाशमा ताराहरूको बाक्लो उपस्िथति बढ्यो। वाग्मतीको पानीमा जूनको टहक ओर्लियो। मानिसहरू रंगीचंगी बत्तीले छायाँजस्ता भएर देखिन थाले, केवल मानवाकृति मात्र। उनीहरूको परचिय केवल मानिसमा मात्र सीमित भयो। परचियहीन मानिसमा।

आरतीको धुनमा मग्न भक्तजनहरू, आ-आफ्नै लयमा मस्त हुन्थे। त्यो साँझ धेरै अर्थले अर्थपूर्ण र स्मरणीय भयो हामीलाई। हिन्दु धर्मको धेरै अपव्याख्या र निन्दा गर्नेहरू पनि छन् तर हिन्दु धर्म संसारमै विचित्र र वैज्ञानिक लाग्छ मलाई। संसारको पुरानो धर्म हो हिन्दु। यसको धेरै कुरा आजको विश्वसँग मेल खान्छ। विज्ञानले आज बुझेको कुरा हिन्दु धर्मले धेरै अगाडि संकेत गरेको थियो। संसार आज भोग, विलास, ऐस, आराममा र भौतिक सुखको खेतीमा चुर्लुम्म डुबेको छ- त्यसैले ऊ बेचैन छ, दुःखी छ। धर्मले ऐस, आराम, मोजमस्तीबाट मुक्त गराउँछ, दानी, ज्ञानी र विवेकशील बनाउँछ। जसले मानिसलाई सुखको मार्ग खुल्छ।

नजिकै एकतमासको धुन गुन्जिरहेछ। मानिसहरू भजनमा खुसीसँग नाचिरहेका छन्। कतै ताली पिटिरहेका- मग्न। कतै भजन गाइरहेका- उन्मुक्त। जिन्दगीका सारा दुःख भुलिरहेछन्, मन्दिर परसिरमा। भौतिक सुखभन्दा मानिसहरू आध्यात्मिक सुखको बाटोमा भुलिरहेका छन्, झुलिरहेका छन्।

सुनियो निकै बेर भजन, हेरयिो निकै बेर पशुपतिको सन्ध्याकालीन जीवन। हामी पनि लट्ठ भयौँ निकै बेर। पीडाहरू भुलेर, दुःखहरू भुलेर। अहिले हामी आराध्यदेव भगवान् पशुपतिनाथको अनुपम कृपामा छौँ। भजन र भक्तिले तानिएका। मित्र रूपक एकछिन चुप लाग्छन्, म बिस्तारै आँखा ल्याम्प पोस्टले खसालेको रंगीचंगी प्रकाशमा पुर्‍याउँछु। भर्खरसम्म सूर्यको तेजले निस्तेज थियो ल्याम्प पोस्ट तर अहिले ल्याम्प पोस्ट नै उज्यालोको स्रोत भएको छ। कसरी भयो यस्तो? एउटा विराट स्रोतको अन्त्य र सानो शक्तिको उदय देखिरहेछु म। रात ल्याम्प पोस्टको उज्यालोमा चलिरहेछ।

– ल्याम्प पोस्ट दुःखको एउटा सहारा

– ल्याम्प पोस्ट अभावको एउटा सहारा

– ल्याम्प पोस्ट रातको एउटा सहारा

– ल्याप पोस्ट उज्यालोको एउटा सहारा

एक तमास छौँ, हामी। ल्याम्प पोस्टको उज्यालोले देखाएका घुर्मेला छायाँहरूको जीवनचर्या हेर्दै। कुनै कलाकारले क्यानभासमा पोतेको चित्रजस्तै भइरहेछ, यो समय। एउटा मूर्त चित्रमा देखिएका छन् अमूर्त अनुहारहरू, अमूर्त आवाजहरू, अमूर्त जिन्दगीहरू, अमूर्त देव-देवादीका आकृतिहरू सबै सबै लागिरहेछन् अमूर्त। एउटा सिंगो बस्ती, जसमा भगवान्हरू बास गररिहेका छन्। ती सबै लागिरहेछ, नितान्त अमूर्त। जहाँ मूर्त केही छैन। छन् त केवल आस्थाहरू, भावनाहरू, भक्तिहरू, प्रेम-प्रणयहरू…।

दुनियाँ भौतिक सुखबाट धेरै माथि तैररिहेको छ तर अझै किन मानिसहरू भक्तिको गहिरो तालमा चुर्लुम्म हुन खोजिरहेका छन्? अभौतिक संसारलाई भौतिक यन्त्रको सहयोग कति फलदायी हुन्छ, यसको उदाहरण गुगल र फेसबुक परयिोजना काफी छ। स्मरण यो होस्, मानिसलाई जति भौतिक यन्त्रहरूले सम्मोहन गरे पनि भक्तिको गहिरो अनुभूतिबाट आजका मानिसहरू एक ठाउँमा उभिएका छन्, सायद म त्यही देखिरहेछु, पशुपति मन्दिरमा। एकताको क्यानभासजस्तो लागिरहेछ पशुपति।

आकाशको कुनै एउटा भित्तोमा खुर्पेटो जूनको प्रकाश बिलाउँदै गएको छ। नदीको पानीमा लाखौँ ताराहरूको प्रतिविम्ब धूमिल-धूमिल देखिँदै गएका छन्। मानिसका आकृतिहरू स्लेटको धूलो उडाउँदै आस्थामा निमग्न छन्। लाग्छ, मन्दिर परसिर एउटा ठूलै आस्थाको धरोहर बनिरहेको छ। हरेक मानिसको आस्थालाई बाँध्ने, हरेक मानिसका विश्वासलाई बाँध्ने, हरेक मानिसका विचारलाई बाँध्ने- धर्मलाई सलाम !

हामी पनि निकै समय टहलियौँ पशुपतिमा। पशुपतिको सम्मोहनमा बाँधियौँ निकै बेर। मन फुरुंग भयो, रमायौँ निकै समय। बिस्तारै मानिसको गतिविधि कम हुँदै गयो। हामी पनि आ-आफ्ना गन्तव्यमा डोरनिे तारतम्यमा लाग्यौँ। तर, मनमा विभिन कौतूहलले गाँज हालिरह्यो। मनभित्र झाँगिरह्यो, पशुपतिको वातावरण।

एकै दिन देखेँ मैले, जन्मँदै गरेको शिशु ! जीवन-मृत्युको लडाइँमा अस्पतालको बेडमा लडिरहेको मानिस र अस्ताउँदै गरेको जून। मलाई लाग्छ, जून अस्ताउँछ भोलि उदाउनलाई तर मानिस अस्ताएपछि पुनः जन्मन्छ, जन्मँदैन? वा, उदाउँछ उदाउँदैन? मानिसको पुनःजन्म हुन्छ या हुन्न? यो बहसमा म जान चाहन्नँ, यसको पनि आफ्नै निजत्व र महत्त्व छ। यति भन्छु, म मेरो जीवन पुनःजन्म हुन्छ भन्नेमा कत्ति पनि आस्था राख्दिनँ। मलाई यही जीवन प्यारो छ। यही जीवन काफी छ। मैले पुनःजीवनको आशामा प्राप्त जीवनबाट भाग्नु हुँदैन। मलाई थाहा छ, मैले यो जीवनमा हजारौँ जीवन मागेर वा याचना गरेर व्यर्थ अमूल्य जीवनलाई कटाउनु हुँदैन। सार्थक बनाउनुपर्छ, यही जीवन। सफल बनाउनुपर्छ, यही जीवन। असल बनाउनुपर्छ, यही जीवन।

(स्रोत : नेपाल साप्ताहिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *