कविता : देशको भविष्य

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

समयले कुन रुप लिन थाल्यो अचेल
मुस्किल परेको छ पहिचान गर्न
सत्य बोल्ने मानिस भेट्टाउन
दुरुह नै भइसक्यो
देशको भविष्य निर्माण गर्न ।

देशमा अन्याय र अत्याचार
गोलबद्ध भएर बढिरहेछ दिनप्रतिदिन
नेपालीको इज्जत लुटिदैछ ।

सगरमाथाको शिर झुकाइँदै छ
नेपालीको मन किन हो कुन्नि
हिउँझैँ एक ढिक्का भएर बसेको छ
पग्लिने नाम निसानै छैन
नेपालीबाट नै नेपाल
एक्लिन थालिसक्यो
गरिब र निमुखाले न्याय
पाउन छाडिसक्यो
अशान्ति हटाउन सक्यौँ भने
अझैं आशावादी हुन सकिन्छ
देशले गति लिने छ भन्ने
विश्वास गर्न सकिन्छ ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.