गजल : छुन मन लागेन !

~मबि सिंह~Mabi Singh 'Sirish'

मयल बनेका आफ्नै तन्तु छुन मन लागेन !
तिम्रा स्पर्श पाएका यी हात धुन मन लागेन !

वारिबाट उठाईएं पारिबाट भगाईएं
दशगजामा घर बनाउन मन लागेन !

रातभर बचेरालाई चाराको खोजीमा छ
शिकारीको हितमा जून हुन मन लागेन !

तिनीहरुले म एउटा गुमाए – मैले सबै
दांजोमा बढी दुख्दा पनि रुन मन लागेन !

धप्धप्ति बलेको तिमीलाई हेरेर म अध्यारो कुर्छु
कागजले बनेको मेरो घरमा बोलाउन मन लागेन !

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.