अमर त्यागीका एघार सेदोकाहरु

~अमर त्यागी~amar-tyagi

दसैँ-तिहार
हिन्दूत्वको जुहार
हर्षानन्द अपार

शरद्मौसम
सौन्दर्य सरगम
मृदुल रमझम !

स्वत्व बहार
प्रतिष्ठाको पहार
शारदीय संसार

चैतन्य सूर्य
प्रातलाली माधुर्य
आत्मज्योति प्राचुर्य !

पूणिर्मा रात
प्रकृति मनोरमा
साथमा प्रियतमा

स्नेहिल मात
संवेदना उछाल
हर्षोन्माद उत्ताल !

मनको गरा
चैतन्यको आभास
सिर्जनाको उद्भास

उर्वरा धरा
हराभरा जीवन
षोडषीको यौवन !

सुखको योग
खुसी क्ष्ाणभङ्गुर
मनोभाव डङ्गुर

दुःखको भोग
विषाद असम्भार
औँसीको अन्धार !

मुटु स्वदेश
स्पन्दन राष्ट्रियता
चिन्तन मानवता

(दुई स्वर दुईपटक दोहोर्‍याएर ५-७-७, ५-७-७ को अक्ष्ार संरचनामा प्राकृतिक विम्बसहित छ लाइनमा रचिने सेदोका प्रसिद्ध जापानी काव्यविधा हो ।)

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क १६९)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : सेदोका | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *