गीत : जुनी जुनीलाई मेरी उनीलाई

~सुरेन्द्र राना~surendra-rana

जुनी जुनीलाई मेरी उनीलाई
अरुलाई होइन चोखो माया मेरी उनीलाई
केहि क्षणलाई होइन मेरो माया
जुनी जुनीलाई मेरी उनीलाई

जुनेली रातको शीतल पलहरु
उषाको लालीको हो गुलाबी रङ्गहरु
इन्द्रेणी माला जुनको टिका मेरी उनीलाई
केहि क्षणलाई होइन मेरो माया
जुनी जुनीलाई मेरी उनीलाई

साँझको एकान्तमा खोलाको धुनहरु
रोजी रोजी बसन्तका सुन्दर फुलहरु
रगतको सिन्दूर मुटुको नाता मेरी उनीलाई
केहि क्षणलाई होइन मेरो माया
जुनी जुनीलाई मेरी उनीलाई

शब्द – सुरेन्द्र राना
स्वर – रविन शर्मा
संगीत – राम थापा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.