कविता : के दसैँ ? के तिहार ?

~निर्मोही व्यास~Nirmohi Vyas

खोक्रो नाता हुनु–नहुनुको हुन्छ औचित्य के र ?
‘बोक्रे मायाँ’ पछि कुदिरहे जिन्दगी जान्छ खेर
आफन्तीका मधु–मिलनमा खुल्दछन् चाडबाड
आफन्ती नै रिपु** बनिगए के दसैँ ? के तिहार ?

बेलै पाकी रुखभरि हरे ! हर्ष के कागलाई ?
के बिस्मातै पनि ? अनि गरोस् व्यर्थ को हाइहाइ !
मान्छेको यो अनुपम जुनी, हो स्वयम् दिव्य चाड
ए ”निर्मोही” ! बुझ यति, अरू चाडको मोह छाड

** शत्रु

(रचनाकाल : २८ कार्तिक २०७२)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *