लघुकथा : कोमामा आमा

~कात्यायन~dhanwantari-mishra-katyayan

– मलाई जन्म दिंदा पक्कै मेरी आमा कोमामा परेकी हुनुपर्छ | प्रसव-पीडाले मूर्च्छित भएको हुनुपर्दछ |

– फूलले वास्ना हराएको हुनुपर्छ | वसन्त निर्जीव भएको हुनुपर्छ | समय सून्यमा विलिन भएको हुनुपर्छ | मृत्यू अचेत भएको हुनुपर्छ |

– मेरो जन्म हुनुभन्दा पहिले कुखुराहरूले पनि विहानीको डांक फुक्न बिर्सिएको हुनुपर्छ |

– युवा-युवतीहरू सबै कोमामा थिए | बृध्दहरू सबै कोमाको सपना देखिरहेका थिए |

– विपनामा कोमा ! सपनामा कोमा !

– गाउँ, वस्ती, शहर सबै कोमामा थिए | गाँस कोमामा थियो, सास कोमामा थियो, बास कोमामा थियो | आस कोमामा थियो | देश नै कोमामय भएकोथियो |

– मानो सारा जगत नै; सृष्टि नै कोमामा अड्किएको थियो |

– मलाई पनि एकपल्ट आमा हुन मन लाग्छ | मलाई जन्म दिंदा कोमामा आमाले भोगेको पीडा भोग्न मन लाग्छ | सृष्टिको स्वर्गीय आनन्द लिन मन लाग्छ |

– मलाई आमाले झैं कोमाको रस-स्वादन गर्ने तीब्र आकांक्षाले श्फुरित गर्छ | स्व-वीर्य धारण गर्छु र आमाको कोमाको यात्रामा निरन्तरता दिन्छु |

– होस् नखुलुन्जेल त्यही कोमामा रमाइरहन्छु |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *