छन्द कविता : आमालाई चिठी

~भुवनहरि सिग्देल~bhuwanhari-sigdel

छन्द : रुपामाली

(१)
आमा ! बाँच्ने खोजी गर्दैमा
चिन्ता बढ्थ्यो बामे सर्दैमा
भोकै पर्दा उठ्ने ज्वालाले
रोपेजस्तो हुन्थ्यो भालाले

(२)
देखा पथ्र्यो आफ्नै दोबाटो
खोस्री भन्थ्यौ पाटो त्यै माटो
घैया छर्र्थेँ तिम्रो साथैमा
गुन्द्र्री ओढी सुत्थेँ रातैमा

(३)
खोले खान्थ्यौँ रोटी कोदाको
गिन्ती गथ्र्यौँ लाखौँ धोखाको
बाबालाई गोली लागेथ्यो
हत्याराले प्राणै दागेथ्यो

(४)
गोली चल्थ्यो बेलाबेलामा
तर्सी लुक्थ्यौँ जाँदा मेलामा
मर्ने ढल्थे बाँच्ने तर्सिन्थे
अन्यायीका लौरा बर्सिन्थे

(५)
तिम्रा थोत्रा चोली सारीमा
रातो माटो लाग्थ्यो बारीमा
मैलो धुन्थ्यौँ हामी रिट्ठामा
खान्थ्यौँ पानी हाली गिट्ठामा

(६)
सम्झिन्छ्यौ वा बिस्र्र्यौ हे आमा १
भोकै नाँगै बाँच्ने थे आमा
राती सुत्दा चित्तै पग्लन्छ
स्वप्ना देख्ता आगै सल्कन्छ

(७)
मीठो ताना भर्थी क्वैलीले
पीडा पोख्ती दुःखी न्यौलीले
हामी सुन्थ्यौँ आँखा चिम्लेर
आफैँजस्ता साथी सम्झेर

(८)
देशै छाडेँ आशा बोकेर
त्यै माटोको माया घोकेर
तिम्रो इच्छा पूरा गर्नेछु
बाचा बाधेँ पोल्टो भर्नेछु

(९)
के भो आए बाढी पैह्रा रे
चिप्ले डाँडा छोपे गैह्रा रे
पानी दर्की छाप्रै ढाल्यो कि १
खोल्सीभित्रै सोझै हाल्यो कि १

(१०)
स्वादै छैनन् आमा खानामा
माया पिर्ती हुन्नन् सानामा
कामै गर्ने मान्छे कामैका
ढूँगाजस्ता मान्छे नामैका

(११)
चिटठी लेख्ली बैनी सानील
पढ्ली आमा पढ्र्ली नानीले
रोली सानी दाजै सम्झेर
चौतारीमा एक्लै घोत्लेर ।

आमाको उत्तर छोरालाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *