लघुकथा : गाईपालन‬

~मुरारीराज मिश्र~

उस्ले अाफ्नाे घर संगै जाेडिएकाे सार्वजनिक जग्गामा काठ गाडेर मान्द्रोकाे भित्ताे र परालको छानाे राखेर ठूलै कटेराे बनायो ।

छिमेकीहरूले कटेराे बनाउनुकाे कारण साेध्दा- यस ठाउँमा गाई नभएकोले गाेबर, गहुँत र दुधकाे अभावमा धार्मिक कार्य गर्न कठिनाइ परेकाे हुनाले अाफूले २ वटा गाई पाल्न लागेकाे बतायो, छिमेकीहरूले केही भनेनन् ।

केही महिनापछि कटेराेमा परालको छानाे हटाएर जस्तापाताकाे छानाे हाल्याे, साेध्दा- पानी चुहिएर गाई भिजेकोले छानाे फेरेको बतायाे, छिमेकीहरू फेरि चुप लागे ।

केही महिनापछि मान्द्रो हटाएर सिमेन्टकाे जाेडाईमा पाकाे ईंटाकाे गाह्रो लगायाे, साेध्दा- चिसाे हावा र स्याँठले गर्दा गाई बिरामी परेकाे कारण देखायो, छिमेकीहरू फेरि पनि चुपचाप लागे ।

केही महिनापछि जस्तापाताकाे छानाे हटाएर कंक्रिटकाे पक्की ढलान गर्‍याे, साेध्दा- घामले जस्ता तात्दाकाे राप र पानी परेकाे अावाजले गाईलाई असर परेकोले बाध्य भएर ढलान गरेको बतायो, बिचरा छिमेकीहरू यसपटक पनि केही बाेलेनन् ।

केहि महिनापछि त्यहाँ गाई थिएनन्, रंगरोगन गरिएकाे “गाेठ”मा राखिएको नयाँ पलङ्गमा उ अाराम गरिरहेकाे थियोे, छिमेकीहरूले- गाई खै त ? भनेर साेधे, उस्ले सहजरूपमा उत्तर दियो- अाफैंलाई गुजारा गर्न त कठिन हुने काठमाडौंमा गाई पाल्न कहाँ सकिंदाे रहेछ र ? बिचरा छिमेकीहरूले उस्काे कुरामा सहमति जनाए तर ‪सार्वजनिक जग्गा मिचिएकाे पत्तै पाएनन्‬ ।

– उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं- ७

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.