सूत्रकथा : विडम्बना

~कुमार काफ्ले~kumar-kafle

-सदानन्द आफूलाई बडो धार्मिक र समाजसेवी ठान्थे।

-दिन नबिराइ बिहान मन्दिर जान्थे।

-पूजा सामग्री,फूल,अगरबत्ती र भेटी पनि राम्रै चढाउँथे।

-लाइनमा पालो कुरेर अरुभन्दा अलि निकैबेर भगवानको दर्शन गर्थे।

-भक्तजन र दर्शालुहरूको चढाएको अक्षता,फूलपाती र भेटीले मन्दिरको मूर्ति छोपिएको हुन्थ्यो।

-दर्शन सकेर सदानन्द मुस्कुराउँदै निवासतर्फ फर्कन्थे।

-बाटामा रोग,भोकले ग्रस्त वृद्धवृद्धा,अपाङ्ग र अशक्तहरू हात फैलाएर भीख मागिरहेका हुन्थे।

-उनी तिनीहरूलाई हेयको दृष्टिले हेर्थे र सधैं मागेर खान पल्केकाहरू भनी गाली ओकल्थे।

-हरेक साँझ मदिरापान गर्थे र बेलाबखत आफ्नो इच्छापूर्ती अनि कन्याकुमारी र षोडसीहरूको आवश्यकता पूर्ती गर्न होटल,गेष्टहाउसतिर जान भुल्दैनथे।

-यसबाट ठूलो धर्म र पुण्य पाइने उनको परम् विश्वास थियोे।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.