कथा : थुनेर राखेको अक्षर

~सिमियोन रोक्का~Simiyon Rokka

उता आमाको कोठाबाट आवाज आयो, ” अंकित ! त पढ्दै त छस ? ” एक्कासी उसले आफ्नो हातबाट मोबाईल फालेर किताब लिएर बस्यो अनी भन्यो ” अह ममी ! ” आज उसलाई पढ्न मन पटक्कै छैन, हुन त आज मात्र होइन अकसर उसलाई पढ्न मन पटक्कै हुन्न, तै पनि घरमा ममीको सपना धेरै पढ्ने र ठुलो मान्छे बनाउने छ । ममी कै लागि भए पनि किताब समाउनु र पढेको जस्तो जस्तो गर्नु उसको दिनचर्या हो । आमाको सपना छोरालाई इन्जिनियर बनाउने छ, तर छोराको इक्ष्या भने पढाई तिर भन्दा पनि चंगिचंगी संसारतिर नै छ । स्कुलबाट आउने बितिक्कै घरबाट बाहिर निस्कन नपाउने नियमसंग निस्सासिसकेको अंकितको उमेरहरु अब १७ पार गर्दै छन । उसका भावना ममीले कर लगाउने किताबका पाना भन्दा बाहिरको संसारसंग लडिबुडी गर्न गैराख्छन । घरीघरी आफ्नै शरीरका घर्षणहरुले पनि उसलाई किताबका पाना बाट टाढा लिएर जान्छन तर फेरी ममीको चिचाहट संगै सबै कुराहरुलाई छोडेर फेरी उ किताब कै दुनियाँमा फर्केर आउछ । उसलाई यो किताबको संसारबाट भागेर जान मन छ । कतै टाढा जहाँ किताब पढ्नु पर्ने बाध्यत्मक स्थिती कतै नहोस् । जहाँ कसैले किताब संग साईनो गासी किताब संगै सम्भोगका लागि बाहिर बाट ढोका बन्द गरेर नजाओस अनी जहाँ किताबका अक्ष्यर भन्दा पनि शरीरका मागहरुलाई पुरा गर्न बाधक नबनुन ।

त्यो दिन पनि स्कुलबाट लादिएर घर फर्किएर अंकित आयो र आफ्नो कोठा भित्र छिर्यो । ममीले चिया र बिस्कुट अगाडि राख्दै पढ्न लाई भन्नु भयो र बाहिरबाट चुकुल लगाएर जानु भयो । उसले आफ्नो चियाको गिलास लिदै आफ्नो ग्रिलको बन्धनले परिधी निश्चित गरेको झ्याल बाहिर नजरहरु लाउन थाल्यो । बाहिर परिचित साथीका अनुहारहरु हल्ला गर्दै गेम बल र चुंगी खेल्दै थिए । सुजन, उ संगै पढ्ने साथी स्कुल बाट आउछ, खजा नखै खेल्न थाल्छ । साझ सम्मै खेलिराख्छ । १६-१७ बर्षमा नै उसका गल्फ्रेण्डहरु छन । तर अंकितलाई सबैले किताबको किरा भन्छन । झ्याल बाट उ सुजनलाई हेरिरहन्छ । उसलाई पनि बाहिर जान मन छ तर उ जान सक्दैन । सुजन खेलिरहेको चौरमा नै उसका आँखाहरु परिरहन्छन । त्यतिकैमा त्यहा कुनै अपरिचित अनुहार उसले देख्छ । भर्खर जवानीले र शरीरका आकृति रुप फेर्दै गरेका, गोरो अनुहार र पातली जिउ भएकी । अंकितले उसलाई हेरिरहन्छ । सुजनसंग जिस्कै खेल्दै हास्दै र चल्दै गरेकी उसलाई हेर्दा हेर्दै कपको चिया पनि सकिन्छ । ममीले फोन गर्नलाई मात्र मिल्ने फोन जसमा सामाजिक संजालहरु केही चल्दैनन, फोनमा रिङ्ग बज्छ । ममिले फोनमा भन्नु हुन्छ, ” छोरा पढ्दै गर है ! म आउन ढिला हुन्छ जस्तो छ । ” ममी ढिला हुन्छ भन्ने सुन्ने बितिकै उसलाई बाहिर जाने चरम इक्ष्या जागेर आउछ र साथी सुजनलाई धेरै ठुलो सोरमा कोठाको चुकुल खोल्न बोलाउछ । सुजन डौडिएर आउछ तर घरको मेन गेटमै ताल्चा लगाएको रहेछ भन्ने सन्देस दिदै बाहिर बाट चिच्याउछ । अंकित आफ्नो झ्याललाई ढ्यांग लगाउछ र ओछ्यानमा गएर चर्को स्वरमा रुन थाल्छ । उसले आफ्नो किताबको झोलालाई कोठाको अर्को कुनामा फलिदिन्छ र रिसले अनुहार रातो रातो पार्दै एना हेर्न थाल्छ र आँफैमा भन्छ, ” म मात्र किन ? “

केही समय पछी उस्ले आफ्नो ममीलाई एउटा राम्रो खाले फोन किनिदिनलाई अनुरोध गर्छ तर ममी slc सकाए पछी मात्र किनिदिने कुरा गर्छिन । “हेर छोरा तेरो बुवा मात्र भइदिएको मात्र भए पनि शायद मलाई यती गाह्रो पर्ने थिएन तर तेरो बुवाले अर्कै लिएर बस्नु बसे देखी मेरो सहारा भनेको त एउटा मात्र होस । म आज जिउदो छु त केवल तेरो कारणले । त्यसैले तैले धेरै पढ्नु पर्छ र ठुलो मान्छे बन्नु पर्छ । यो समाजलाई देखाउनु पर्छ । ” एकातिर ममीको सपना छ अर्को तिर आफ्नै ईक्ष्याहरु, आफ्ना इक्ष्या किताबका पानाबाट बाहिर निस्कने र स्वतन्त्र भएर अरु सरह खेल्ने र रमाउने । स्कुलको बाटोमा उसको परिचय त्यही सुजन संग खेल्ने केटीसंग भयो जस्को नाम सुमिता थियो । सुमिता पनि अर्को किताबको किरा थिईन उसलाई पनि आफ्नो परिवारले पढ्नको लागि अती नै दवाब दिने गर्थे तर अंकितलाई जस्तो त थिएन तै पनि उनी पनि किताबएे संसारबाट बाहिर आउन चाहन्थिन । कती चाडो उनिहरुका भावनाहरु मिल्यो । उनीहरु एकअर्का प्रती आकर्षित हुँदै गए । त्यो कस्तो खाले काउकुती थियो अंकित आँफैलाई थाहा थिएन तै पनि सुमितासंग र उसका आँखा र शरीरका आकृतिसंग उसलाई रमाउन मन लाग्थ्यो । घरको कोठाको परिधी भित्र किताबको चाङहरुको बिचमा हुँदा पनि उसको ध्यान किताबी अक्षर भन्दा पर हुन्थ्यो । उसका शरीरका आकृतिहरुलाई सम्झिएर कता कता शरीर तातेर आउथ्यो । जिउ जुर्मुराएर आउयो अनी तकिया र आफ्ना हत्केलामा जवानीलाई रगेडेर शान्त हुन्थ्यो त कहिले उ किताबको पन्नाहरुलाई नै क्षेदबिक्षेद बनाइ आफ्नो आव्यसको हिस्सा बनाउथ्यो भने कहिले पानी र साबुन संग खेल्दै आफ्नो आबेग पुरा गर्थ्यो । तर जे होस उसको परिधी उसको कोठाको चार कुना र हिताबका पानाहरु मात्र हुन्छन ।

एकदिन स्कुल बाट ममीलाई फोन आउछ । छोराको बारेमा कुरा गर्नु पर्योब भनेर । ममीले आफ्नो छोरालाई ईशारा गर्दै घरमै बस्न भन्छिन । ममी बाहिर गएको मौका छोपी अंकितले आफ्नो सुमितालाई घरमा बोलाउछ । सुमिता पनि अंकितको कुरालाई टाल्न नसकी किताब लिएर अंकितको घरमा आउछिन । दुई जना संगै पढ्न लाग्छन तर किताबबाट आँखाहरु निकाल्दै सुमिता तिर हेर्दै, ” सुमिता ! तिमी किन मलाई यती राम्रो लाग्छ ? म तिमीलाई सधैं याद गरिराख्छु । म तिमी बिना लाग्छ बाँच्नै सक्दिन । ” सुमिताले आफ्ना नजिरहरु किताबका पाना बाट हटाउदिनन । उनी बस अंकितका कुरा सुनिरह्न्छिन । अंकित बिस्तारै सुमिता नजिक पुग्छ र उसका निधार र गालाहरुमा आफ्नो पहिलो प्रेमको पहिले चुम्बनले चुमी दिन्छ । सुमिताका आँखाहरु बन्द हुन्छन । शरीरमा एक प्रकारको डर र कम्पनहरु बाढ्न थाल्छन । अंकितले उसका ओठ चुम्दै सुमिताको शरीरका बोझहरुलाई उचाएर आफ्नो बिस्तारामा लेटाउछ र उसका अंग अंगमा आफ्ना हातहरु सल्बलाउदै सुमितालाई बस्त्र बिहिन बनाउछ ।

त्यतीकैमा त्यहा अंकितको ममी ढोका नजिक आईपुग्छिन र हात आफ्नो छोरा फेल भएको सर्टिफिकेट संगसंगै छोराको त्यो अवस्था देखेर व्यशब्द हुन्छिन । अनी याद आउछ कोठा बन्द गरेर हातमा किताब थमाइ दिदैमा………….

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *