बिस्नु प्रवा सापकोटाका पन्ध्र मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

एउटा पर्खाल नाग्दैमा तगारो कहाँ सकिन्छ र
एउटा रात ढल्दैमा अँध्यारो कहाँ सकिन्छ र
पाहिलै पिच्छे होसियार हुनु जरुरी छ यहाँ-
एउटा भिर छिचोल्दैमा अफ्ठ्यारो कहाँ सकिन्छ र ।।

दुई किनार जोडीएपछी पुल जन्मिन्छ
खडेरिमा खडेरी बर्सेपछी मुल जन्मिन्छ
देख्यौ माया कती शक्तिसाली हुँदो रैछ-
आगोमा आगो रोपेपछी फूल जन्मिन्छ ।।

तिम्रो आँखामा बादल भरिँदा,घाम हराए जस्तो हुन्छु म
तिमीलाई नै बिर्सिए भने त,काम हराए जस्तो हुन्छु म
मेरो भन्नु जायजेथा जती छ,केबल तिमी मात्रै न हौ-
तिमीनै साथ भएनौ भने,नाम हराए जस्तो हुन्छु म ।।
(September 12, 2011)

“छोरो सज्जन बनाउछु” हरेक बुवाको सपना हुन्छ
“उडेर आकाश छुन्छु” सिमल भुवाको सपना हुन्छ
सपना नहुने त के चिज होला र यो दुनियाँमा-
“बढेर सागर हुन्छु” सानो कुवाको सपना हुन्छ ।

आकाश एकनास रुन्छ भनेनी हुन्छ
सारा धर्तीको मैलो धुन्छ भनेनी हुन्छ
सावनलाई बुझ्ने तरिका बेग्ला बेग्लै-
उदासीमा धर्ती छुन्छ भनेनी हुन्छ ।।

हिमालहरु अझै अग्ला हुनेछन्
आधा जती छन सग्ला हुनेछन्
पाखुरामा जाँगर फल्दाको दिन-
झुपडीहरु सबै बंगला हुनेछन् ।।
(July 26, 2011)

न त मलाई कुनै ईश्वरको भर छ
न त कसैको पाप श्रापको डर छ
पवित्र मनले चोखो प्रेम गरेको छु-
म त ढुक्क छु प्रिय जे जे पर्छ पर्छ ।

मेरा सबै सबै खुशीहरु, चाखी दियौ तिमीले
आफु अघायौ र मलाई,बाँकी दियौ तिमीले
खै कस्तो प्रेमी हौ तिमी,खुट्टा काटी लग्यौ-
अनी बदलामा उपहार, बैशाखी दियौ तिमीले ।

भन्दिन हिंडेको बाटो, मोडेर जान पाउँदिनौ
भन्दिन अन्तै नाता, जोडेर जान पाउँदिनौ
तर एक सर्त छ मेरो,यो मुटुमा टाँसिएको-
तिम्रो तस्बिर त्यसै, छोडेर जान पाउँदिनौ ।
(July 15, 2011)

मेरो जिन्दगीको हाँसो खुशी रमिता पनि त्यही हो ।
मेरो गीत मेरो कथा मेरो कबिता पनि त्यही हो
सन्दुसमा लुकाइ राखेको तिम्रो पुरानो प्रेम पत्र
मेरो बाइबल कुरान अनी गीता पनि त्यही हो ।

हावा, हावा हुन गती मन्द हुनु पर्छ
गध्य हुन कबितामा छन्द हुनु पर्छ
किसानको सच्चा प्रेमी हुँ भन्नेको
हातमा जरा माटोको गन्ध हुनु पर्छ

सिगै रुमाल दिदा पनि धागो भन्ने ठाने पछि
केहि पल टाढा हुँदा पनि भागो भन्ने ठाने पछि
कसो गरि बैमानीको मन राखु होला हजुर
फुलको थुंगा दिंदा पनि आगो भन्ने ठाने पछी ..
( March 29, 2011 – लस्कर दौमासिकमा प्रकासित मुक्तकहरु)

उर्लेको बाढि, भत्केको पुल
चैते खडेरी, ओलिएको फुल
उस्तै छ यो संबिधान सभा-
पानीको प्यासी, सुकेको मुल ।।

कथा बुन्न बीरताको पुर्खा दुनियाँ लाग्यो
हजुरबाको पालामा बीरातामै खिया लाग्यो
बाबा अल्छि गफ हाँक्दै सिङै जुनी फाले –
अनी यो नाती भोकाएर मलेशिया लाग्यो ।।

नैतीकतवान इमानीको खुट्टो लुलो हुन्छ
बेइमान जाली फटाहाकै स्वर ठुलो हुन्छ
तस्करी र दलाली नगरी कहाँ पैसो मिल्छ ?
इमान्दार जागीरेको खल्ती पिच्छै दुलो हुन्छ ।।
(March 24, 2011)

बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.