नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ

~राममान तृषित~

न धन त्यागेर त्यागी हुन्छ
न जन त्यागेर त्यगी हुन्छ
सच्चा त्यागी त्यही हुन्छ
जो अहम त्यागेर त्यागी हुन्छ ।।

पूजा पाठ को अर्थ हुँदैन
जब सम्म भाव निस्वार्थ हुँदैन
मन को सुद्धी मनको सरलता
मात्र प्रभूको लागि हुन्छ ।।
न धन त्यागेर त्यागी हुन्छ ….

टाढा हुँदैन तिर्थ र मन्दिर
जसको छ मनमा प्रेमको तस्विर
प्रभु प्रेमको भोको हुन्छ
प्रेममा सँधै सहभागी हुन्छ ।।
न धन त्यागेर त्यागी हुन्छ ….

स्वर/सङ्गीत : भक्तराज आचार्य
शब्द : राममान तृषित

This entry was posted in नेपाली भजन and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *