कविता : नयाँ वर्षको शुभकामना

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

पुराना घाउहरुलाई पुर्ने संकल्प लिएर
आलो पिडाहरुलाई मलम लगाउने सपनाहरु सजाएर
आज फेरि
उज्यालो भविष्यलाई देखेर
एउटा दिन आएको छ
एउटा इतिहासको भारी पिठिउँमा बोकेको छ
अभाबहरुको भोक मेटाउने आशाहरु झुण्डाएर आएको छ
असफलताहरुलाई नयाँ कोशिशहरु पस्किंदै आएको छ
तर दुरुस्तै पोहोर आएको परी जस्तै सजिएर आएको छ ।
भोकमरीहरु जिउँका तिउं भोकभोकै आएका छन्
रोगहरु झन गाडिएर आएका छन्
अशिक्षाहरु विद्यालय वन्द गरेर आएका छन्
बाडीले भत्काएको पुलको तिखो रडहरु आएका छन्
असारको बेला पानीले नभिजेको रुखो खेतहरु भएर आएका छन्
तर पनि नयाँ उत्साह भएर आएको छ
अधिल्लो सालको सवै आँसुको धाराले भिजेको
व्यथाका कथाहरु दोहोराएर आएका छन्
यो थाक्तै थाक्तैन
पोहोर साल भन्दा अझ गाह्रौ भारी बोकेर आएको छ
मात्र शुभकामनाको ऋण
थाप्लोमा थाप्लीएर आएको छ
अनि सवैले हात मिलाउँछ र भन्छ
नयाँ वर्षको शुभकामना ।
नयाँ वर्षले
जाँडको सिसी पनि साथैमा वोकेर आएको छ
पुराना पिडाहरुलाई विर्सनको लागि
अन्तिम मितिको रातभरि पियो
धित मरुन्जेल पियोे,
बेहोस हुइन्जेल पियो
खुट्टा कैटा लागिन्जेल नाच्यो
नयाँ वर्षको पहिलो दिन मात्रै भएपनि
सारा पिडा विर्सिर रमायो
थाहा छ
वाँकीका दिनहरु धुरुक्कै रोएर विताउनु छ
शासकहरुको कठोर शासन सहेर वाँच्नु छ
त्यस्तो शासक
जस्ले कुनै निर्णयहरु गर्न सक्तैन
अनिर्णयकको वन्दी वनाएर राख्छ
राष्ट्रघाती निर्णयहरु गर्छ
स्वाधिनतालाई विस्तारबादीहरुको घेरावन्दीमा आफै पार्छ
अनि आफुलाई चयन गराइरहन
जनतालाई मिठो सपना वाँढिरहेका हुन्छ ।
र पनि नयाँ वर्षको शुभकामना वाँड्न छोड्ने होइन ।
नयाँ वर्ष अब आउँदा
त्यस्तो तुफान हुंइकिएर आउ
ताकि सारा अनिर्णयका वन्दी वनाउनेहरुलाई
वेपत्ता उडाएर
नामोनिसाना नभेट्टाउने गरि
उडाउने शक्ति लिएर आउ ।
यहि हो नयाँ वर्षका वास्तविक शुभकामना ।

(१ जनवरी २०१३, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.