नियात्रा : हेटौंडा घुम्दा

~शीतल गिरी~Shital Giri

मनै त हो, कहिलेकाहीं डोरो चुँडिएको च·ाझैं हावामा कावा खेल्न चाहन्छ, बाढी भई छताछुल्ल हुन चाहन्छ, महादेवले किराँत रूप धारण गरी वन ज·लमा रमण गरेझैं प्रकृतिलाई नजिकबाट छाम्न चाहन्छ, कोइलीसँग मितेरी लगाउन चाहन्छ । यसो भनौं शहरी र पारिवारिक वातावरणबाट टाढा भई जिम्मेवारीबाट मुक्त भई साथीस·ीबीच हराउन चाहन्छ ।

यसो त म धेरैपटक हेटौंडा गएको छु साहित्यिक कार्यक्रममा, गोष्ठीहरूमा । यस संस्मरणमा म साहित्यिक कार्यक्रम र गोष्ठीको चर्चा नगरेर बरालिंदै, हल्लिंदै हिडेको प्रस· कोटयाउँछु ।

विशुद्ध गैरसाहित्यिक मित्रहरू रवीन्द्रलाल सिंह, शड्ढर थापा, पुष्पराज श्रेष्ठ र ओम अधिकारीसँग रमाइलो गर्न सुन्दर नगरी हेटौंडा पुगेको उल्लेख गर्दैछु । यसपटक हामी भित्री मधेसको शहर हेटौडामा औद्योगिक क्षेत्र घुम्न, सेनवंशी राजाको दरबार मकवानपुरगढी पुग्न चाहन्थ्यौं । डाँडामा स्थित मनकामना थानमा ढोग्न त्रिखण्डी र पुण्यक्षेत्रको प्रकृति अवलोकन गर्न, मानिसको मेहनत शहीद पार्क नामक नयाँ स्वर्गको अनुभूति गर्न चाहन्थ्यौं । हेटौंडा नगरपालिकाले आफ्नो अनुकूल बनाएको सुन्दर, सुगम स्वर्ग शहीद पार्क हाम्रो समूहको ओम अधिकारीबाहेक अरू सबैले अवलोकन गरिसकेका हुँदा यस पटक हामीले मकवानपुरगढी, मनकामना र त्रिखण्डीमा रम्ने विचार बनायौं । सोचेको जस्तो सबै कुरो थोरै हुन्छ ? प्राय: समय अनुकूल नमिलेमा, प्रकृतिले साथ नदिएमा कल्पनाले साकार रूप लिन पाउँदैन । आखिर मानवको असङ्ख्य, अनन्त चाहना हुन्छ, उपयोग गर्नको लागि असङ्ख्य सामग्री बनेका छन्, कतिको कति चाहना पूरा भएको छ, सामग्री प्रयोग गर्न पाएको छ । चाहना पूर्ण अथवा प्रयोग सम्भवत: मेरो थोरैमात्र पूरा भएको छ यो यथार्थ हो ।

यस्तो लाग्दछ, आफ्नो सामथ्र्यले नभ्याएपछि मनलाई धोखा दिन ‘इलेक्ट्रोनिक सामग्री त्यति विश्वसनीय हुँदैन’ भनेर टार्ने गर्छु । तराईको बाटोमा बाइक चलाइरहेकाहरूलाई पहाडी कच्ची बाटो, त्यो पनि बर्खा बेलामा होशियारीसाथ चलाउनु भनेको फलामको चिउरा चपाउनु समान भएको अनुभव बटुलियो । मनकामना थान जाने बाटो विकट मोड, ठाडो उकालो कच्ची, होशियारी साथ बाइक चलाउनु निकै गार्‍हो भएपनि आफ्नै किसिमको आनन्द लिन सकियो । पाइला चाले आँटेको ठाउँ पुगिन्छ, हामी पनि हाँस्दै खेल्दै बाइकलाई फस्ट गियरमा हालेर आफ्नो लक्ष्य मनकामना थान पुगेर तेनजिङ शेर्पा सगरमाथा आरोहण गर्दा जति आनन्दित भएका थिए, त्यसको स्यानो अंश हामीले पनि लिन पायौं । गोरखा मनकामना बराहको प्रतिविम्ब युक्त पगोडा शैलीमा बनाइएको मन्दिर साथै त्यहाँबाट उत्तरतर्फ हेर्दा पाइने पहाडी दृश्य र हेटौंडा शहरको बनावट मैले आँखा भरी–भरी सँगाले ।

सानो पोखराको माछा पालन सरोवर मनकामना थानबाट हेर्दा अति रमणीय लाग्यो मलाई । माछापालन सरोवरको उत्तरतर्फको डाँडोमा मनकामना थान छ । त्यहाँ जान पैदल बाटोमा सिँढीं बनाइएको छ । जानु सुगम र रमणीय पनि छ । हेटौंडाका निवासीहरू बिहान पैदल बाटो मनकामना थान पुगी मर्निङ वाक गर्दा रहेछन् ।

केही वर्षअघि मनकामना थानका पुजारीका सम्धीको हत्या त्यही भएको रहेछ । विशुद्ध धार्मिक भावना, प्रकृति मन पराउनेहरू मात्र आउने हैन हत्याराहरू पनि पुग्दा रहेछन् ।

गोरखाको मनकामना बराहपछि हेटौंडाको मनकामना थान पनि विख्यात छ । गोरखाको मनकामना पैदल जानु जतिको आनन्द लिन नसके पनि तराईको म जस्ताका लागि यो पनि कम रोचक छैन । माछापालन सरोवरको पूर्व उत्तरको पर्वतमा मकवानपुरगढी छ । यात्रा साहित्य लेखनमा म राम्रो अनुभूति राख्न नसक्ने हुन सक्छु, तर आफूले भोगेको बेहोरेको, सम्झनामा आएका कुराहरू नलेख्ने हो भने बिलाएर जान्छ । यसकारण सम्झँदै तत्कालका कुराहरू नून चुक नदलेर लेख्न चाहेको छु । अनुभूतिजन्य घटनाहरू थोरै र सीमित छ, तर कल्पनाको सहाराले घटना सिर्जना गरेर आफैंलाई ठग्न चाहन्न म ।

लाग्दछ संस्मरण लेखन सम्झनाका सम्भावनाहरूबाट प्रेरणा प्राप्त गरेर लेखिन्छ । तथ्यले यदाकदा काम चलाउन सकिन्छ, तर संस्मरणलाई यथार्थभन्दा टाढा पुर्‍याएर सपनाको लोकमा पुर्‍याउनु हुँदैन । तथ्यले वर्तमानलाई विगतसँग जोड्न लगाउँछ र भ्रम जन्माउँछ । अनन्त विकल्प र अनुमानहरूको सृष्टि त्यसबाट हुन्छ । मकवानपुरगढी रहेको पर्वत मनोरम छ त्यस्तै अप्ठ्यारो पनि । यसै हुँदा यस पर्वतलाई सेनवंशी राजाहरूले गढी बनाएर आफ्नो राजमहल ठडयाएका थिए । मौसमले साथ नदिएको हुँदा यसपटक मकवानपुरे राजाको गढी विचरण गर्न पाइएन, माछा पालन सरोवरमा पाइने मीठो माछा टिलेपियाको स्वाद लिनबाट पनि वञ्चित रहियो । पुण्यक्षेत्रमा प्राकृतिक गुफा भएपनि मनकामना क्षेत्रमा भने पाएनौं । डाँडामा पाइएको स्थानीय जातको हरियो केराको स्वाद बडो मीठो लाग्यो ।

वर्षायाम भएर हो कि गर्मीबाट राहत पाउन स्वच्छन्द स्नान गर्न पर्याप्त पानीका स्रोत (मूल) देखियो । बाटोमा देखिएका घरहरू र पोटिला बाला भएका कोदोले पनि मन लोभ्यायो । हामी त चाहन्थ्यौं मनकामना दर्शनपछि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ससुराली दरबार गएर हेर्न । मौसम प्रतिकूल हुँदा पर्वतारोही जसरी आफ्नो लक्ष्यमा पुग्न सक्दैन, त्यसैगरी भदौरे पानी दर्कनाले पहाडी रातो माटोयुक्त कच्ची बाटोमा बाइक नगुडी स्केटिङ खेल्न थालेपछि बाध्य भएर मकवानपुरगढी अवलोकन गर्ने कार्यक्रम स्थगित गरियो । सर्वप्रथम पुष्पराजले चलाएको बाइक स्केटिङ खेल्दै घोप्टियो । लड्नु थियो चिप्लो बाटोमा लड्यो । त्यो ओरालो बाटोमा के हुने हो विभिन्न थरिका सम्भावनाहरू थिए । बाइक बिग्रिनु, चोटपटक लाग्नु यस्तो सम्भावना तीव्रतर थियो । बाटोको अवस्थाले सृजन भएको असहज दुर्घटनाको सम्भावना पर्याप्त थियो ।

हामी वर्षा मासको बेला भ्रमण गर्न निस्केका थियौं । यस्तो घटना त भइरहन्छ । यो भ्रमण हाम्रो पहिलो थिएन । स्यानो तिनो घटनाले घुम्ने उद्देश्यमा प्रभाव पार्न सक्ने कुरो भएन । तर कच्ची बाटोमा रातोमाटोले बिजोग बनाएको कथा यहाँ लेख्दिनँ । त्यस पीडाबाट प्राप्त जुन आनन्द छ, सुगम बाटोमा अनुकूल मौसममा कहाँ पाइन्छ । कष्टले अनुभवी बनाउँछ । पढेरभन्दा परेर बटुलेको अनुभव सार्थक हुन्छ । यस्तै अनुभव बटुल्न त भ्रमण गरिन्छ । अब के हुन्छ, अब के हुने हो, यस पछि के हुनेछ यस्तो कुतुहल नै भ्रमणको आनन्द हो । यस्तै कुतूहलबीच घोप्टिएको पुष्पराजको बाइकको क्लच भाँचियो । कुशल चालक भएको हुँदा नै उनले कुशलतासाथ बाइक ल्याउन सके । यदि ओम अधिकारीको बाइकको क्लच भाँचिएको भए ठूलो समस्या पथ्र्यो । पुड्को भएको हुँदा ओमको बाइक दुईपटक लडयो । प्रस्थान गर्नुअघि पानी परेको भए पैदलै गइन्थो मनकामना थान ।

मन्दिर पुगिसकेपछि पानी दर्कनाले हामी तराईका मानिसले सारै गोता खायौं । मकवानपुरका सेनवंशी राजा सारै पराक्रमी र वीर थिए । ग·ा किनारसम्मको भाग आफ्नो राज्यमा मिलाई बाग्मती किनार कटरवन (रौतहट)मा राजदेवी स्थापना गर्ने हिन्दूपति उपाधि धारण गरेका हरिहर सेनको दरबार हेर्न नपाएकोमा प्राचीन इतिहास मन पराउने मलाई भने थक्क थक्क लागेको छ । हरिहर सेन वीर, पर्वत जस्तो अग्ला र मोटाघाटा थिए । उनी मेघजस्तै गर्जिन्थे ।

जब हरिहर सेन खुकुरी भिरेर युद्ध मैदानमा जान्थे, तब ठूल्ठूला योद्धाहरू पनि उनलाई जित्न सक्दैनथे । उनी आफ्नो जीवनमा कुनै वीरसँग पराजित भएनन् । मकवानपुरगढी जान नसकिएपछि हेटौंडाबाट उत्तर रहेको त्रिखण्डी (जो पाइलट बाबाको साधना केन्द्र थियो) अवलोकन गरी भीम (ठूलो) पहाडको फेदीको पुरानो तर रमणीय, आफूमा थुप्रै तीतामीठा कुराहरू समेटेर मौन धारण गरेको भीमफेदी जाने प्रोग्राम बन्यो । हाम्रा बाइकहरू बाइरोडको बाटोमा गुड्न थाले । रोपवे स्टेशन पुग्ने बित्तिकै पानी दर्कन थाल्यो ।

रेनकोट साथमैं भएको हुँदा यात्रा रोकिएन । हेटौंडाको उत्तर त्रिखण्डी रहेको थाहा थियो । कति टाढा छ, कस्तो छ थाहा थिएन । कोसँग सोध्ने, पानी दर्केको बेला कोही फेला परेन बाटोमा । सैनिक एरिया कटिसकेपछि एउटा पसलमा केही बेर विश्राम गर्‍यौं । पसलका साहुले हाम्रो गन्तव्य निर्क टाढा रहेको जानकारी गराए । हाम्रा बाइकहरू गुड्न थाले बाइरोडको बाटोमा दर्कंदो पानीमा । त्रिखण्डी भनेर पुगेको ठांउँ त्रिदेवी मन्दिर थियो, सोही वर्ष २०५७ मा निर्मित । विशाल ढु·ा ताछेर चिटिक्कको स्यानो मन्दिर एकान्त स्थानमा बनाइएको छ । प्रचारप्रसार हुन सके त्रिदेवी मन्दिरबाट हेर्दा राप्ती खोला कलकल गर्दै निरन्तर बगेको मनमोहक देखिन्छ । सोभन्दा पश्चिमतर्फको भीर अनकण्टार र ठाडो छ, बडेमाको चट्टान खसेर राप्तीलाई थुनिदिने सम्भावनालाई नकार्न सकिन्न । त्रिदेवी दर्शनपछि ४।३० बजे फर्कियौं ।

त्रिखण्डी नजिकै रहेछ, तर हामी पुग्न सकेनौं । पानी परिरहेको हुँदा भीमफेदी गइएन । राति हेटौंडामा बस्ने सल्लाह मिल्यो । समय मिलेमा शहीद पार्क जाने कार्यक्रम बनायौं, प्रकृतिले साथ नदिएपछि त्यहाँ गइएन । हेटौंडा जांँदाखेरी निजगढमा मानिसहरूको विशेष चहलपहल थियो । उत्सुकतावश सोध्दा, एकजनाले बताए–“लाल बकैया खोलाको प्रवाह चुरेमा गएको पहिरोले थुनिदिएको छ । थुनिएको पानीले कहिले प्रलय ल्याउने हो त्यो डरले सक्नेले आफ्ना बालबच्चा, नगदी र गहना अन्यत्र सुरक्षित ठांउँमा पुर्‍याइसकेका छन् । हामी नियति भोग्न तयार भएकाहरू मात्र यहाँ छौं ।”

लाल बकैयामा यसो हेरेको त भदौ मासमा ठयाम्मै पानी थिएन । लेखन्दासको हैसियतले मैले आफ्नो धर्म सम्झनामा आएको जति लेख्ने न हो । कारण, घटनालाई नून खुर्सानी मलेर रोमाञ्चक यात्रा साहित्यबाट केही पङ्क्ति उधृत गर्न सकिन्थ्यो त्यसो पनि गर्न मन लागेन । निर्मोही व्यास दाजुलाई सम्झें बस । यथार्थ कुराले नै रचना रमाइलो बनाउनुपर्छ भन्ने मनमा लाग्यो । त्यहो भएको हुँदा २०५७ साल भाद्रको निरुद्देश्य भ्रमण आज २०६९ असार २२ गते शुक्रवार सिमसिमे पानीमा सम्झँदै छु । इतिहासको पानामा सीमित हुन पुगेको चुरे पहाडको सुरुङ मार्गको अवशेष हाम्रा यात्राकर्मी ओम अधिकारीले नदेखेको हुँदा, त्यहाँ पुगेर चुरिया माईप्रति श्रद्धापूर्वक शिर नमन गरी केही परसम्म सुरुङभित्र गइयो । छिपछिपे पानी । केही पनि नदेखिने अँध्यारो । हामीसँग टर्च लाइत पनि थिएन । बाहिर मन्दिर छेउमा एकजना स्याना भाइले भत्किएर सुरुङ पुरिएको जानकारी गराएका थिए । सुरुङ अँध्यारो, चिसो थियो । साथै अज्ञात कीरा फट्याङ्ग्रा, साँपको डरले मुटुको चाल बढेको थियो ।

जर्जर भइसकेको सुरुङ भत्किन्छ कि भन्ने त्रास त मनबाट हट्ने कुरै भएन । केही समय चुरेमा बिताई, बाइक स्टार्ट गरी हाँस्दै, चुरेको उकालो उक्लिएका थियौं । यात्रा क्रममा धनसर पुलदेखि पश्चिमतर्फ सहयात्री रवीन्द्रलालको बाइकको साइलेन्सरबाट बाँसुरी खस्यो । एक त राजदूत त्यसमा पनि साइलेन्सरमा बाँसुरी नहुँदां ज·लै थर्काउने गरी कराउन थाल्यो । अब त हरन बजाउनै परेन । बाटो आपसेआप खाली हुन थाल्यो । संस्मरण भनेको आफूले जीवनमा भोगेको कुरो अरूलाई जानकारी गराउनु न हो । व्यक्तिले धेरै कुरा भोगेको हुन्छ त्यसमध्ये एकाधमात्र कसैकसैले लेख्छ । लेख्नु भनेको मर्यादाको सीमा नाघ्नु पनि होइन ।

यस यात्राको चर्चा गर्नु शायद आवश्यक पनि थिएन । मैले नलेखे यो लेखिने पनि थिएन । हुन सक्दछ मेरो यो लेखन फितलो होस् कमी कमजोरी प्रशस्त होस् । जे भए पनि हामी लहलहैमा घुम्न निस्केका थियौं र घुम्यौं अनि फर्कियौं । रवीन्द्रलालको राजदूत बाइकलाई ज·लमा चरिरहेका गाई, भैसी र बाख्रा पनि कान ठाडो पारेर हेर्ने गथ्र्यो । निजगढदेखि हेटौडाको कुर्बान मोटरसाइकल वक्र्ससम्म भेटिएका मानिसहरूको नजरबाट त्यो बाइक बच्न सकेन । फर्कंदा उकालोमा गुडेको हेर्दा गर्‍हौं सामान बोकेको ट्रकको झझल्को दिलाउँथ्यो । अमलेखगन्ज कटेपछि पनि बाइकको रफ्तार प्रतिघण्टा ४० कि.मि. भन्दा बढ्न सकेन । रवीन्द्रको बाइकको गति त्यो थियो भने गौर आउने उग्रचण्डी बसले एउटा खाली ट्रकलाई साइड दिएर पनि ९०–१००को रफ्तारमा दुवै नारिएर कुद्दै थिए । पथलैयामा केही बेर विश्राम गरी घर फर्कंदा सो बस राजमार्गमा उत्तरतर्फ एउटा स्यानो पुलको नजिक उत्तानो परेर रोइरहेको थियो । यात्रु बोक्ने बस चालकले होशियारी साथ, अनावश्यक ओभरलोड नगर्ने, ओभरलोड नराख्ने मानसिकता साथ गाडी चलाएमा सडक दुर्घटनामा उल्लेखनीय कमी आउने विश्वास लिएर हामी गौर फर्केका थियौं ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *