मनोबिश्लेषणात्मक कथा : भाउजु र मैले नगरेको पाप!

~रजित ओझा~Rajit Ojha

पानी सिमसिम परिरहेको थियो ,कसैको भिज्दै हिड्नु चाहना हुन्छ कसैको बाध्यता,मेरो भने चाहनामय बाध्यता थियो आजको भिजाई ।

“सरि भाउजु ढिला भयो ” मैले भित्र छिर्ने बित्तिकै apologize गरेँ ।

“केहि छैन ,खाना तैयार भइसकेको छैन ।” भाउजुले किचन तिर छिर्दै गर्दा जवाफ फर्काउनु भयो ।म तिर हेर्ने पनि फुर्सद थिएन भाउजुलाई, एउटा पाहुना लाई फच्चे गर्न भाउजुलाई यस्तो धौ धौ हो कि अरु पनि आउने हुन कोहि?बाहिर पढ्ने पत्रिकाहरु पनि थीएनन ,न गफ गर्ने साथि टेलेभिजनको रिमोटसङ्ग कुश्ती त म आफ्नै कोठामाँ गर्दै आएको ,यहाँ पनि त्यहि के दोहोर्याउनु? मैले किचनमै भाउजु सङ्ग गफ गर्नै पर्ने भयो ।

डायनिङ्ग रुम किचनको बीचमाँ थियो ,भाउजु मेरो तिर बाट आएर पल्लो तिर लसुन,प्याज भएको ढाकि लिन लम्कनु भयो ,भाउजुको छातिले मेरो हातमाँ छोयो ,नरम स्पर्श ! म झट्ट उठेँ ।अर्को तिर बाट जानुभएको भए वहाँलाई पनि सजिलो हुने मलाई पनि !

“खाना खाने तँपाई र म मात्रै हो भाउजु ?”परिस्थिति सामान्य बनाउन मैले प्रश्न राखे

“हो त नि”यसपाली भनेँ भाउजुले म तिर हेरेर मुस्कुराउने फुर्सद पाउनुभयो । दुई केस्रा केश राशी गालाको दुई तिर झरेका थिए भाउजुका ,

‘अनि भाउजु कि बहिनिहरु भेट्टिनन् ?? म त बहिनिहरु पनि आउलान जस्तो लागेको थियो, आज ।’सँधै जसो सोधिरहने प्रश्नको थोरै modification थियो यो प्रश्न !

“‘specification दिनु पर्यो नि, कति सम्म कालि चल्छ, कति सम्म मोटि चल्छ?’

“तपाई कै photocopy गरेर दिनु न spec.’

प्याज लिन आउँदा फेरि भाउजु ठोक्किनु भयो ,उहि ढाकी ,लिन आउने ऊहि बाटो फरक मात्र म माँ थियो जोगिन म ऊभ्भिएको थिएँ र पनि जोगिन सकिन ।मैले टेबलको दोस्रो पट्टि बाट मनमनै दुरि नापिहेरेँ ,पक्कै त्यो नै छोटो हुन्थ्यो ,त्यसोभए के भाऊजु जानी जानी गरिरहनु भएको थियो त यो सबै ? धत के के कुराहरु खेल्छन मेरो मनमाँ ,आफ्नै साथीकी स्रिमतिलाई लिएर पनि ,मैले झट्ट ध्यान हटाएर अर्को तिर लान खोजेँ ,उकुसमुकुस भए जस्तो भयो ,रुमाल ले निधार माँ आएको पसिना पुछेँ सामान्य हुने प्रयासमाँ ।

हेरेँ भाउजु असाध्यै अस्तब्यस्त हुनुन्थ्यो ,घरि घरि कुर्ताको शल खसिरहेको ! मलाई पछाडीबाट वहाँलाई नियालेर बस्न मन लागेन

‘ल म मासु काटि दिन्छु ।‘ मलाई यो भन्दा सजिलो ध्यान हटाउने र समय कटाउने बहाना मिलेन ।

‘छिऽऽऽऽऽऽ‘ निधारमा मासु लागेको रहेछ ।” मैले आफ्नो हात लान नै नपायी भाउजु अघी तम्सनु भयो ,शल बेगरको छातिको अग्रभाग स्पस्ठ देखियो ,मलाई झट्ट अघिको स्पर्श याद आयो ,म पराजित हुन चाहन्नथे पटक्कै चाहन्नथेँ त्यसैले मैले हत्तपत्त आँखा अर्को तिर डोर्याएँ । भाउजुले मेरो निधारको मासु निकालेर पनि धेरै बेर मेरो गाला माँ हात अड्याइरहनुभयो ।त्यो किन थियो मेरो मन अब त्यो सोच्न ब्यस्त थियो ।मेरो पो बिहे भएको छैन र मलाई थाहा छैन ,भाउजुलाई त थाहा छ “how to catalyte a male!” प्रकाश र मेरो मनोबिग्यान माँ यति मात्र फरक हुन्छ कि उ उसैको स्रिमतिसँग हुने भएर नैतिकताको परिधिमाँ हुन्छ र मैले पार गर्नु पर्ने हुन्छ ।

हामीले खाना खायौँ मैले वहाँलाई हेरी रहेँ ।

“एल्बम हेर्ने हो?” भाँडा माँझ्नु अघि को प्रश्न थियो वहाँको मलाई

“हुन्छ” धेरै सोच बिचमाँ मैले सुस्तरि जवाफ फर्काएँ।

एल्बम हामी दुबैले समातेका थियौ । बेला बेला मा हात छोईन्थ्यो । शुरु शुरु मा मैले हात हटाए पनि, पछि पछि हटाउन छाँडे ,मेरो तिघ्रा माँ उस्को कुहिनाको स्पर्शले मलाई अफ्ठ्यारो हुन थालेको थियो ,त्यसमाथि मेरो छाति माथि उस्का केश खसेर अनौठो सकसक पैदा भइराखेको थियो । मैले अहिले सम्म कुनै पनि स्त्रिलाई यसरि हेरेको छैन ,झन आजको त नैतिक होईन त्यो पनि थाहा छ ,तर मेरो पौरुषताको अघि मेरो नैतिकता र वास्तविक म पराजित भयौँ ।हुन त हेर्ने कोणहरु फरक होलान तर “पोखरिमाँ ढुङ्गा हानेर तरङ्ग किन निस्कियो भनेर अचम्म मान्न सकिन्न ।

समाप्त ।।।।।

02-26-08 5:52 AM

यो पनि पढ्नुहोस् – मनोबिश्लेषणात्मक कथा : उ र मेरो दोष !! –  http://wp.me/p75Ev8-aNB

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *