कविता : दिनेशसिंहको जुत्ता पसल

~साम्ब ढकाल~Samba Dhakal

केही समयदेखि मेरो शहरमा
दिनेश सिंहले जुत्ता बेचिरहेको छ ।

दिनेश सिंह जुत्ता बेच्छ केवल जुत्ता बेच्छ
दिनेश सिंहको नजरमा खुट्टा बेच्नु हुन्न
दिनेश सिंह खुट्टा बेच्दैन जुत्तै बेच्छ ।

दिनेश सिंह जुत्ता बेच्नु र खुट्टा बेच्नु बिल्कुल फरक हो भन्छ
दिनेश सिंह मान्छेले जुत्ता लगाएको मन पराउाछ
दिनेश सिंहले नाङ्गा खुट्टा कहिल्यै मन पराएन ।

दिनेश सिंहलाई मान्छेहरू हिाडिरहेको मन पर्छ
दिनेश सिंह मान्छेका खुट्टालाई कहिल्यै केही नहोस् भन्छ ।

दिनेश सिंहको मनोकामना छ — मान्छेहरूका खुट्टामा कुनै रोगव्याधी नलागोस्
दिनेश सिंह चाहान्छ — सहरमा मान्छेहरूको चहलपहल खुब रहोस् ।

दिनेश सिंह अचम्मको व्यापारी छ
जुत्ता किनुन नकिनुन् मानिसहरूले
उसको पसल अगाडि मान्छेहरूको ओहोर दोहोर भैरहोस् भन्छ
मान्छेहरू हिाडिरहुन् टाढा सम्म भन्छ ।
मान्छेहरू नयाा नयाा यात्रामा निस्किरहुन् भन्छ
मान्छे भए न खुट्टा हुने हो
जुत्ता त खुट्टा भए जत्ति नै पाईन्छ
खुट्टै नहुादा त किन जुत्ता चाहियो र !

(५/५५ अब्बलडाँडा, रचनाकुटी, हेटौँडा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.