गजल : आफै भेट्न आऊँ कि कसो

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

वास्ता तिमीले गरिनौ खै, आफै भेट्न आऊँ कि कसो
व्यस्तता यो थाँती राखी, एउटा पाईला धाऊँ कि कसो
**
साता मात्र हुन्थ्यो कहाँ, महिनौं भईगो पर्खी आ’को
शुन्यता यो चिरीवरी, एउटा माया लाऊँ कि कसो
**
मौका आफै खुल्थ्यो कहाँ, झञ्झट छोडी फर्की आ’को
बाध्यता यो बिर्सीवरी, एउटा मुस्कान छाऊँ कि कसो
**
डुल्ने मेसो फुल्थ्यो कहाँ, साह्रो-गाह्रो तर्की आ’को
बेफुर्सद यो बाँकी राखी, एउटा गजल गाऊँ कि कसो?
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.