पुस्तक समीक्षा : प्रेमविरह र उकाली ओरालीका अनुभूतिले भरिएको ‘एक्लो कुसुम’

~प्रेम प्रसाद पौडेल~book-cover-sumitra-poudel-eaklo-kusum-gajal

पूर्वीय साहित्य वा काव्य परम्परा अनुसार कविताको निर्धारित लयलाई ‘छन्द’ भनिन्छ । उर्दू-फारसी साहित्यको एक छन्द गजल वा बहर हो । गजलमा आफ्नै खाले विधि, सिद्धान्त र मान्यताहरू रहेका हुन्छन् ।

नेपाली साहित्यमा मोतिराम भट्टको माध्यमबाट भित्रिएको गजल अहिले सबैका सामु लोकप्रीय बनेको छ । गजल कविताको लघु विधाको रूपमा स्थापित भइसकेको छ । ‘गजल’ शब्दको शाब्दिक अर्थ ‘प्रेमपूर्वक वार्तालाप’ भन्ने हुन्छ । त्यसैले गजलहरू प्रेममा आधारित रहेको हुन्छ । प्रेमरस र श्रृङ्गारिक अनुभूतिको भाषिक अभिव्यञ्जनालाई गजलको माध्यमबाट प्रस्तुत गर्ने गरिए तापनि अहिले समसामयिक विषयवस्तुलाई पनि गजलको रूपमा पोख्न थालिएको छ ।

रसुवाका धेरै साहित्यिक स्रष्टाहरूले गजल लेख्ने गरेका छन् । विसं २०६३ मा ‘एक्लो कुसुम’ नामक गजल संग्रहprem-prasad-paudel प्रकाशन गरेर रसुवाको महिला स्रष्टाको इतिहाँस निर्माण गर्न लहरेपौवामा जन्मिएका सुमित्रा पौडेल सफल हुनुभएको छ । गजल सिर्जना गर्ने धेरै स्रष्टा रसुवामा भएपनि कृति प्रकाशनमा सायद उहाँको यो कृति नै रसुवाको पहिलो कृति हुनसक्छ ।

जीवनको आरोह अवरोह वा भोगाई, मानवीय संवेदना, प्रेम वा प्रणय र देशभक्तिको भाव समेटिएको एक्लो कुसुम रसुवाको अनुपम उत्पादन हो । गजलका संरचनामा रहेर रचना गरिएका गजलहरू गजलकारका जीवनका भोगाई हुन् भन्ने अनुमान गर्न सकिन्छ । कृतिमा काफिया, रदिफ, मतला, तखुल्लस, मकता, मिसरा -मिसरा ए उला, मिसरा ए सानी) सेर जस्ता गजलका संरचनालाई अँगालिएको पाइन्छ ।

‘एक्लो कुसुम’ कृति रसुवाली साहित्यकार वा महिला साहित्यकारको क्षेत्रमा पहिलो उदय मान्न सकिन्छ । छपन्न श्रृंखलामा सिर्जना भएको उक्त कृतिमा कृतिकारको जीवनको उकाली ओरालीका बिम्ब, जातिय विभेद, देशको अवस्था, अधिकारका कुरा, प्रेमविरह वा मिलन बिछोडका विषयवस्तुलाई प्रतिबिम्बित गरिएको छ । जस्तै :

व्यर्थ छ यो जीवन जगत् कस्को लागि बाँचु किन ?
ओइलिएको फूल जस्तै यौवन मैले साँचु किन ?

टाढिँदै पो गयौ तिमी प्रेमको डोरी टुक्राएर
सन्तुष्ट छौ तिमी त्यसै मैले मात्र गाँसु किन ?

लाज मर्म पचाएर अर्कैतिर धाउँछौ अरे
तिमी बाँच्छौ सयलमा माया साँची राँखु किन ?

बढाउँदै पाइलाहरू जान्छौ अझै पर पर
घृणित बन्दै त्रि्रै सामु मलिन हाँसो हाँसु किन ?

चट्टानसँगै जुधेपनि समुन्द्रपार गर्छु अझै
बिनासित्तै मुटुभित्र तस्वीर त्रि्रो टाँसु किन ? (पैंतालिस)

यस्तै यस्तै धेरै गजलहरूबाट अत्यन्त सरल रस आस्वादन गर्न पाइन्छ एक्लो कुसुममा । गजलको सामान्य संरचनाका आधारलाई अँगाल्दै गजलहरू अध्ययन गर्दा ५६ गजलमध्ये २६ वटा गजलमा कतै पनि खोट लगाउने ठाउँ छैन । बाँकी ३० वटा गजलहरूमा कतै काफिया दोहोरिएका छन्, कतै आँशिक काफियाको प्रयोग भएका छन् । विषयवस्तुको उठान (मिसरा ए उलाको प्रयोग) गर्न सक्षम सुमित्राले सरल र स्वभाविक रूपमा विष्यवस्तुको उठान गर्नुभएको छ । अघिल्लो सेरमा उठेका विषयवस्तुको र्समर्थन र आगामी मिसरामा आउने भावको संकेत राम्ररी प्रयोग भएको पाईन्छ ।

गजलका तत्वहरूलाई अँगाल्दा अँगाल्दै कतिपय रचनामा गजलको अनिवार्य तàव वा रूप ‘काफिया’ लाई त्यति ध्यान दिन नसकेको पाइन्छ । गजलको अनिवार्य तत्व काफियाको प्रयोगमा मतलब गर्न नसक्दा गजलकारको कृति अलि गुणस्तरीय बन्न सकेको छैन । कतिपय गजलमा काफिया दोहोरिएका छन् । शब्द शैली, भाव अत्यन्त राम्रो हुँदाहुँदै काफियालाई राम्ररी प्रयोग गर्न नसक्दा एक्लो कुसुमका ३० वटा गजलहरूले गजलको स्वरूप धारण गर्न सकेका छैनन् । जस्तै :

जिन्दगीको दोसाँधमा पीडा हाँसो घोल्दापनि
झस्की रून नपाइने रे भित्री मन पोल्दापनि ।

भित्रभित्रै गुम्सिएको कलहको डँडेलो छ
माफीसम्म पाइएन आफ्नो गल्ती खोल्दापनि

आफैंलाई नचिनेर घृणा पोखें अरूतिर
कैंची राख्छन् मनभित्र यथार्थलाई खोल्दापनि ।

खाडलमा परिंभने पुरिदिन्छन् माथिबाट
ब्रि्रन पो जाँदो रैछ सम्हालेरै बोल्दापनि ।

ऐना हेर्छु प्रतिबिम्ब टुक्रिएको मात्र देख्छु घृणित छु अरूसामु अङ्गार भै जल्दापनि ।। (एक) माथिको गजलको पहिलो सेरको मिसरा ए उला वा पहिलो हरफमा विषयवस्तुलाई राम्ररी उठान गरिएको छ । हरेक सेरको दोस्रो हरफ वा मिसरा ए सानीमा पहिलोको मिसराको र्समर्थन र आगामी मिसराको भाव प्रस्तुत गरिएको छ । दोस्रो सेरमा प्रयोग गरिएको काफियालाई पुनः तेस्रो सेरको मिसरा ए सानीमा दोहोर्याइएको छ । गजलमा यसरी काफिया दोहोर्याउन पाइदैन । अन्तिम सेरमा प्रयोग गरिएको ‘जल्दापनि’ -काफिया) आँशिक रहेको छ ।

माथिल्ला सेरमा जस्तै गाउँदा उस्तै हुने काफिया वा स्वर र व्यञ्जनको एकरूपता भएको शब्द खोजेर प्रयोग गर्नु अनिवार्य रहन्छ । आँशिक वा स्वर र व्यञ्जनको एकरूपता नभएको काफियाको प्रयोग गर्नु गजलको छन्द बिगार्नु हो । ‘अपि मास मसं कर्ुयात् छन्दोभङ्गं नकारयेत’ (बरु ‘मास’ शब्दलाई ‘मसं’ बनाइयोस् तर छन्दको नियम भङ्ग नगरियोस्) भन्ने मान्यता साहित्यकारहरूमा रहेको हुन्छ । यसैको आसपासमा रहेर वा छन्दबद्ध रूपमा सिर्जना गर्नु नै साहित्यको सम्मान र संरक्षण हो । अरूभन्दा फरक वा भौजाहा प्रवृत्तिका मानिस देखेमा त ‘छन्द न बन्द’ को भन्ने चलन छ, त्यसैले कविता वा गजल निश्चय नै छन्दमा रहनु पर्दछ । यो र्सवव्यापी मान्यता हो ।

तर जे होस् पौडेलको प्रेमविरह र जीवनका उकाली ओरालीका अनुभूतिले भरिएको कृति ‘एक्लो कुसुम’ उदाहरणीय प्रकाशन हो । कृतिमार्फ् पौडेलले साहित्यक्षेत्रमा गर्नुभएको योगदान अवश्य अनुसरणीय छन् । विविध समस्याका वावजुद आफ्ना मनका तरङ्ग वा भावलाई कृतिका रूपमा प्रकाशन गरेर साहस देखाउने गजलकारमा अझै उन्नती र छन्दोबद्ध सिर्जनाको लागि हार्दिक कामना गर्नैपर्छ । युगान्तर प्रकाशनमार्फ् बट्टार युवा क्लबले प्रकाशन गरेको यो कृति साहित्यको एक कुनामा अटाओस् वा रसुवाली साहित्यको इतिहाँसमा यसले स्थान प्राप्त गरोस् । लय, विधान वा छन्द जे भनेपनि कविता वा गजलका सैद्धान्तिक मान्यतालाई अंगीकार गरी अनुशासनमा रहेर साहित्य सिर्जना गर्नको लागि पौडेल जस्तै अन्य र्सजगहरूलाई पनि प्रेरणा मिलोस् ।

अन्तमा, गजलकारले – गगनभन्दा मेरो कृति अझ धेरै तल होला, तैपनि साहित्यमा ‘एक्लो कुसुम’ मल होला- भने जस्तै रसुवाली स्रष्टाको निम्ति एक्लो कुसुम मार्ग दर्शन होस्, यही शुभकामना ।

– प्रेमप्रसाद पौडेल, धैबुङ-९, रसुवा (-९७४१०१६७३२)
वर्ष१, अंक २९, २०६८ साल बैशाख १७ गते शनिबार, रसुवा खबर साप्ताहिकमा प्रकाशित

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.