लोक कथा : राम्री घमण्डी यूवती !

~अज्ञात~

एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन। गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये। तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन। उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो। उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ। राजाले यूवतीलाई दरबारमा नर्तकीको रुपमा जागिर दिए। राजा साह्रै ज्ञानी र पराक्रमी थिए तर रुपमा भने ठगिएका थिए अर्थात राम्रा थिएनन। एक दिन राजालाई यूवतीको परिक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरि साधारण कामदारको भेषमा यूवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे। यूवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो र रिसाउदै भनिन;

“ओइ गधा! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ?, कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैंले, बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस हँ?, तँ त मेरो लोग्ने हैन नोकर बस्नको लागि पनि योग्य छैनस बुझिस्।”
यूवतीको घमण्डबारे पहिल्यै सुनि सकेका हुनाले राजा रिसाएनन, बरु हाँस्दै जवाफ दिए ।

” हे सुन्दरी, तिमी भगवानले रुप र जीउडाल दिने लाईनमा बसिछौ, म भने भगवानले ज्ञान र भाग्य दिने लाईनमा बसेको थिएँ, त्यसैले त आज म राजा भएको छु र तिमी मेरो सेवक तथा साधारण नर्तकी। रुपमा घमण्ड गर्नु अज्ञानता हो। बिना ज्ञानको रुप र बिना पातको रुख उस्तै उस्तै हुन। म त तिमीलाई यहि कुरा सम्झाउन आएको थिएँ। तिमीसँग बिहे गर्न हैन। मलाई थाहा छ, पात नभएको रुखले छहारी दिन सक्दैन।”

यूवती लाजले मरेसरी भै आफ्नो बाटो लागीन र त्यहि दिनदेखि आफ्नो रुपको घमण्ड गर्न छाडिदिईन।

This entry was posted in लोक कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *