व्यङ्ग्य निबन्ध : लाइनमय शहर

~रामजी बलामी~Ramji Balami

यो लाइन भन्ने कुरा कस्तो भने बस्दा पनि नहुने नबस्दा त झनै नहुने । लाइन नबस्दा ढिलो हुने आफ्नो अनुशासनले पनि नदिने, बसँु भने पेटमा मुसा डोडे पनि सहेरै बस्नु पर्ने, एउटा सानो साइन गराउन पनि वाइन खाएको मान्छे जस्तो लरबराउने गरी लाइन बस्नु पर्ने । लोडसेडिङले वाक्क दिक्क बनेका हामी नेपालीकालागि लाइन भन्नासाथ बत्तीको लाइन भन्ने अर्थ लाग्ने गर्छ । बत्तीको लाइनले भरिपुर्ण लाइनमय शहर भै दिएको भे त हुन्थ्यो नि । बेकाराँ ‘‘बत्ती छ लाइन छैन” सिट छ खाली छैन भने जस्तो टुक्का मिलाउँदै फुक्का चिउरा खाएर छाक तार्न परे पछि रिसको पारो नचढ्ने कुरै भे न । पाइतालामूनी राख्नु पर्ने रिस शिरमाथि पुगे पछि के हुन्छ भनेर भनिरहनु पक्कै नपर्ला । यहां कुरा बत्तीको लाइनको होइन । मान्छेको लाइनको कुरा हो । हुन त लाइनमा बस्नु भनेको असल बानीको पर्याय नै मान्नु पर्छ तर कहिलेकाहीं त दिनभरी एउटै लाइनमा बस्नु परेपछि लाइन कसरी मिच्ने भनेर आइडिया पनि लगाउनु पर्ने वाध्यता हुन्छ । यहां पैसा लिन देखि तिर्न सम्म, सेवा लिनदेखि दिन सम्म, केही पाउनदेखि गुमाउनसम्म । जहां पनि लाइनैलाइन हे प्रभु कहिले टुंगिएला यो लाइन !

बिहान उठेर यसो नित्यकर्म गरांै भन्यो लाइन नबसी सुखै छैन । लाइन बसेर पनि चाहे जस्तो भए त हुन्थ्यो नि बेकाराँ खाली हात फर्कनु पर्छ अनि पो फसाद । बिहान देखि बेलुका सम्म लाइनैलाइनले दैनिकी घिसारिरहनु परेको छ । बिहान उठेर यसो धारातिर नजर लायो गाग्रीसहित केटाकेटीदेखि गृहिनीसम्मको लाइन, चिया पिउन कफीसप गयो त्यहाँ पनि कम्तीमा ५/७ जना पछि मात्रै आफ्नो पालो आँउछ । कहिलेकाही घरमा खाना खान टाइम नमिलेपछि बाहिर खान जाँदा त झनै बढि टाइम खर्चिनु पर्छ । जस्तोसुकै अत्याधुनिक भनेर चर्चा गरिए पनि त्यहा पनि लाइन नबसी सुखै छैन । बाहिर बाटोमा हिड्यो सवारीसाधनको लाइन, सडकपेटीभरी बतुवा र तरकारी, फलफुलको लाइन, कलंकी, बल्खु लगायत बाहिर जाने नाकामा यात्रु लुट्नेहरुको लाइन, आधा घण्टामा पुग्ने अफिस जान गाडी चढे घटिमा एक घण्टा लाइनमा वस्नु पर्छ त्यो पनि कोही कसैको सवारी नपरे ।

प्राधिकरण छिरे पछि आनन्दले एक निन्द्रा सुतेपनि फरक नपर्ला, टेलिकमको चाला पनि यो भन्दा कम छैन, खानेपानीको त कुरै छाडौ । अन्य सरकारी कार्यालयको हाल बेहाल त सरकारी काम ….. भन्ने उखानले चरितार्थै पारेको छ । नेपाल आयल निगममा लाइन बस्दाबस्दा कायल बनेकाहरुलाई सोध्दा थाहा हुन्छ कस्तो छ आयल निगमको लाइन व्यवस्थापन भनेर । मालपोत र यातायातमा हुने लाइनको रामकहानी वताइरहनु नपर्ला । अगाडी लाइन बढेको बढ्यै पछाडीबाट फाइल अघि सरेको स¥यै गरेको त पक्कै पनि देख्नु भएकै होला । आधुनिक सपिङ मलदेखि सिनेमाहलहरुमा छिर्नुस त्यहां पनि उस्तै छ । पुरानो विर अस्पतालको त कुर।ै छाडौं आत्याधुनिक सेवासुविधासम्पन्न भनेर प्रचार गरिएको क्लिनिकहरुमा जानुस लाइनवाद उस्तै छ ।

जात्रामेला, भोजभटेर र महोत्सवमा लाइन वस्नु कुनै अनौठो कुरा होइन । अस्पताल जस्तो ठांउमा लाइन बस्नु परे पछि त्यसमाथी नातावाद र कृपावाद लागे पछि यो भन्दा खतरा अरु के होला ? लाइन बस्नु प¥यो भनेर माइन गरुँ भने खै कती गरुँ नगरु भने सहनुको सिमा भन्दा निकै बढि भइसक्यो । अव कुरा रह्यो लाइन ब्यवस्थापनको । सवारी लाइनको व्यवस्थापनकालागि ट्र«ा««फिक प्रहरीको व्यवस्था भए जस्तै प्रत्येक संस्थाले स्वयंसेवकको व्यवस्थापन गर्नु प¥यो । समय अमूल्य हुन्छ भनेर जानेर पनि त्यसको समुचित उपयोग हुन सकेको छैन किनकी दिनभरको प्लान एउटै लाइनले क्वापलक्कै खाइदिन्छ । त्यसैले भन्नै पर्छ लाइनमय शहर बस्नु कुनै रहर नभएर कहर मात्रै बनेको छ ।

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *