गजल : शत्रु आज ठान्यौ किन

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

तिम्रै फेरमा फुल्थें सँधै, शत्रु आज ठान्यौ किन
भावनामा भिजी आ’को दिलमा ढुङ्गा हान्यौ किन
**
बुझ्झकीको बहाना त्यो, आँखै अघि अल्झियो कि खै
विश्वासभित्र बल्दो माया, विवादभित्र तान्यौ किन
**
सदाबहार सुनाखरी, भन्ने नाता मक्कियो कि खै
अन्धकारमा एकैचोटी, रीसले स्वार्थ झान्यौ किन
**
अनजानमा अड्दै आ’को, श्रद्धाभाव सकियो कि खै
विद्वानीको विकल्पमा, छलको छिटा छान्यौ किन ?
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.