कविता : नखोज्नु मलाई

~बिजय कुमार श्रेष्ठ~bijay-kumar-shrestha

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबी सकेछु।।

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा
म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु ।। ।।

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्रि आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त उजाड मरुभुमीमा पो मडारिन पुगी सकेछु ।। ।। ।।

नखोज्नु है मलाई जन्म भुमीको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरि पर्राई बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशि पो भैसकेछु , परदेशि पो भैसकेछु ।। ।। ।। ।।

बिजय कुमार श्रेष्ठ
धादिङ (हाल ईराक)

(स्रोत : ईलम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.