लघुकथा : पत्रकार / लेखक / नेता

~कात्यायन~dhanwantari-mishra-katyayan

– शुरूमा तीनै जना परम दुश्मन थिए; अहिले घनिष्ट मित्र !

– नेतालाई लेखक र पत्रकार चाहिने | लेखकलाई पत्रकार र नेता नभई नहुने | पत्रकार पनि लेखक र नेता नभई बाँच्नै नसक्ने |

– ऊ; नेताको गुणगान लेख्छ; केही कमाउँछ र उसलाई छपाउन लगाउँछ |

– ऊ; दुबैको हो मा हो छाप्छ र दुबैतिरबाट कमाउँछ |

– ऊ; उसलाई स्तुति लेख्न लगाउँछ र अर्कोलाई प्रचार-प्रसार गराउँछ | तर थाहा छैन ऊ कसरि कमाउँछ ?

– जसको लेख्न पर्ने हो; कोही लेख्दैनन् | जसको सबैलाई थाहा दिनपर्ने हो; कसैले दिंदैनन् | जसको बारेमा बोल्न पर्ने हो; कोही बोल्दैनन् |

– समय ! तिमी आफैं जाग ! आफैं बज ! आफैं बोल ! र आफैं जुझ !

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.