गजल : टेरी भो अब

~लेख कार्की~lekh-karki

आमा भन्छिन् टेर्नै छोड्यो अटेरी भो अब
बाबा भन्छन् तेरो छोरो तन्नेरी भो अब ।

विज्ञानले त संसारनै साँघुर्‍याई दियो हेर्नुस
नेपाललाई कतार पनि मझेरी भो अब ।

नेता ज्यूले घरैबाट गाडी बाटो ल्याए
बाँदर नाच्ने पाखो पनि घडेरी भो अब ।

हिजोसम्म झिलिमिली स्वर्ग थियो सहर
भूकम्पका आँखा लागे पखेरी भो अब ।

साँझ पख बाँसघारीको बाटो हिँड्नै हुन्न
आवाज आउँछ छिटो जाउँ अँधेरी भो अब ।

विजयखर्क–१
खोटाङ, हाल कतार

(स्रोत : उज्यालो अनलाइन डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.