गजल : झरेर आउँछिन् ममा

~घनेन्द्र ओझा~ghanendra-ojha

सुटुक्क रातमा उनी झरेर आउँछिन् ममा
र, नीँद रातमा त्यसै हरेर आउँछिन् ममा ।

छ ज्योति पूर्णचन्द्रको र मोहनी छ चालमा
र, लाडिँदै र मस्किँदै सरेर आउँछिन् ममा ।

सुवास चल्छ रूपको र जल्छ आँत मातले
हरे! म हार्छु चाँदनी छरेर आउँछिन् ममा ।

न सक्छु जान दूर नै, न सक्छु राख्न साथमा
हतार फर्किने सधैँ गरेर आउँछिन् ममा ।

(स्रोत : मधुपर्क २०६६ बैशाख)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.