गजल : किन कर्की हिर्‍यौ ?

~पूर्ण ओली~Purna Oli

यो मुटुमा ठेस लगाई अस्ति तर्की हिर्यौ
नजरिलो घाउमाथि भ्रम छर्की हिर्‍यौ ।

निस्सासिएँ भेटको ढोका बन्द भाको ठानेँ
त्यै ढोकाको कापबाट हिजो फर्की हेर्‍यौ ।

मुर्झाएको आशा फेरि पलाउँदै जाने
दिलबारीमा न्यानो छिटा यो के छर्की हिर्‍यौ ?

त्यै छिटाले धुमाल्दैछ कलेजीको पानी
बोली बारी फेरि आजै पर सर्की हिर्‍यौ ।

घर्की जाने दिनरात कति पर्खी हेरुँ
फर्की हेर बिन्ति मायाँ किन कर्की हिर्‍यौ ?

२०७२।०३।२९

रचनाकारको ब्लग : www.purnaoli.com.np

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.