अनूदित कथा : सुखी परिवार

~लु सुन~Lu Xun
अनुवादक : हरिहर खनाल

“… अभिव्यक्तिको इच्छाले नै लेखकलाई लेख्नका लागि प्रेरित गर्दछ । स्तो काम सूर्यको प्रकाश जस्तै उज्यालोको अनन्त स्रोतबाट निस्केको ज्योतिपुन्जजस्तै हुन्छ । दर्शनढुंगामा चकमक ठोस्ता निस्केका आगाका झिल्काहरूसित यसलाई तुलना गर्न मिल्दैन । यस्तो मात्रै साँचो कला हो र यस्तो लखक मात्र सच्चा कलाकार हो । … तर मैले आफूलाई कहाँनिर राखु ?”

यस्तो सोच्तासोच्तै ऊ ओछ्याउनबाट एक्कासी उफ्रेर तल झ¥यो । उसको परिवारको भरणपोषणका लागि उसले जसरी हुन्छ । सिर्जनात्मक काम गरेर वा लेखेर केही कमाउनुपर्छ भन्ने कुरा उसको मनमा लाग्यो अनि उसले उसको कृतिको पान्डुलिपि यसपालि “सुखी मासिक” मा पठाउने निर्णय ग¥यो । त्यसको कारण के थियो भने यो पत्रिकाका प्रकाशकहरू परिश्रमिको मामलामा अरूहरूभन्दा केही उदार थिए । तर त्यो पत्रिकामा सीमित विषयमा मात्र लेख्न पायन्थ्यो । त्यसो नभएको खन्डमा लेख स्वीकृत हुँदैनथ्यो । ठीकै छ, सीमित विषयमा नै सही । हाम्रो समाजको युवा पिंढीका समस्याहरू के के हुन् ?… निश्चय नै समस्याहरू एक वा दुई मात्र छैनन् । कैयौं समस्याहरू छन् । माया प्रीति–विवाह, परिवार आदि विषयसित सम्बद्ध समस्याहरू । … पक्कै पनि सैकडौं मानिसहरू यस्ता समस्याहरूबाट पिरोलिइरहेका होलान् । कतिपय मानिसहरू त यतिबेला पनि ती समस्याका विषयमा कुराकानी गरिरहेका होलान् । त्यसो भए परिवारकै समस्याहरूबारे लेखौं । तर कसरी लेख्ने होला ? फेरि लेखिसकेपछि त्यो अस्वीकृत हुनु पनि भएन नि । तर पहिले नै यस्तो अशुभ कुरामा मनमा किन खेलाउनुप¥यो ?

ओछ्यानबाट उफ्रेर चार–पाँच पाइला अगाडि गएपछि ऊ टेबुलअगाडि पुग्यो, मेचमा बस्यो, निलो धर्केकपीको पाना लियो र तत्कालै अलिकित धर्मराउँदै शीर्षक लेख्यो–सुखी परिवार ।

उसको कलम तत्कालै टक्क रोकियो । उसले टाउको उठायो र दुवै आँखा सिलिङमा अड्यायो अनि उसको यो “सुखी परिवार” को वातावरण र ठाउँका विषयमा सोच्न थाल्यो ।

“पेकिङ ?” उसले सोच्यो । “पेकिङ ठीक कहुन्न होला । यो शहर त विल्कुलै निर्जीवजस्तो लाग्छ । वातावरणसमेत पूरै निर्जीव लाग्छ । यो शहरमा त्यो सुखी परिवारका लागिड अग्लो पर्खालले घेरिएको घरको कल्पना गर्ने हो भने पनि त्यो दुषित वातावरणबाट परिवारलाई बचाउने कुनै उपाय छैन । होइन । यस्तो कदापि हुन सक्दैन । च्याङसु र चच्याङ पनि ठीक हुन्न । तिनीहरूबीच जतिबेला पनि लडाई हुन सक्छ । फुचैन को त झनै कुरै भएन । सेचुवान ? क्वाङतुङ ? त्यहाँ पनि धुमधाम लडाइँ मच्चिइरहेको छ । शानतुङ वा हुनान कस्तो होला ?… अहँ हुन्न । यदि त्यहाँ “सुखी परिवारका” पतिपत्नीमध्ये कुनै एक जनाको अपहरण यो भने “सुखी परिवार” कसरी सुखी रहलान् ? साङ्घाई र तियानचिनका वस्तीहरूमा घरभाडा असाध्यै महंगो छ । त्यसो भए “सुखी परिवार” लाई विदेशतिर बसाउने त ? यो त झन् हाँस उठ्दो कुरा भयो । युन्नान वा क्वेइश्चओका बारेमा मलाई केही पनि थाहा छैन । तर त्यहाँ संचार र यातायातको अवस्था असाध्यै खराब छ ।…”

लेखकले खुबै दिमाग खियायो, तर एउटा राम्रो ठाउँबारे निक्र्योल गर्न सकेन । त्यसपछि उसले तत्कालका लागि ए लेख्ने निधो ग¥यो । फेरि सोच्यो, आजकल धेरै मान्छेहरू कुनै ठाउँ वा मान्छेको नाम अंग्रेजी वर्णमालाका अक्षरबाट शुरू गर्ने कुराको कटु आलोचक छन् । मान्छेहरू त्यसो गर्दा पाठकहरूको चाख मरेर जान्छ भन्ठान्छन् । त्यस्तो झन्झटमा किन पर्ने ? मेरो कथामा म त्यस्तो कुरा राख्दिन । त्यसो भए ठाउँको नाम के राख्नु बेश होला ? हुनानमा पनि लडाइँ चलिरहेको छ । डाइरेनमा घरको भाडामा फेरि बृद्धि भएको छ । चाहार, किरिन र हेइलुङकियाङमा डाँकाहरूको आतंक छाएको छ भन्ने कुरा मैले सुनेको छु । त्यसैले तिनीहरू पनि “सुखी परिवार” का लागि उपयुक्त ठाउँ हुने कुरा भएन… ।”

लेखकले राम्रो ठाउँ छान्नका लागि फेरि दिमाग खियायो, तर केही सीप चलेन । अन्त्यमा उसले तत्कालका लागि “सुखी परिवार” लाई ए मा नै राख्ने निधो ग¥यो ।

“जे होस् अब यो “सुखी परिवार” को बसोबास ए मा नै हुन्छ । यस विषयमा अब अरू कुनै प्रश्न उठ्नु हुन्न । परिवारमा एक जना पति र एउटी पत्नी हुने नै भए । मालिक र मालिक्नी÷ मायापिरती लगाउनका लागि प्रणयसुत्रमा बाँधिएका । तिनीहरूको विवाह सम्बन्ध चालिसभन्दा बढी विस्तृत सर्तहरूका अधिनमा रहने गरी भएको छ । यसले ती दुवैलाई पूर्ण स्वतन्त्रता र समानताको अधिकार प्रदान गरेको छ । थप, ती दुवै सुशिक्षित र उच्च खानदानका व्यक्तिहरू थिए । आजकल जापानमा पढेर फर्केका मान्छेको त्यति गन्ती नै हुँदैन । त्यसैले तिनीहरूलाई पश्चिमी दुनियाँमा शिक्षादीक्षा लिएर फर्केका बन्न दिऊ । पति सधै विदेशी सुटका ठाँटिएर बस्छ । त्यसको कमेजको कलर हिउँ जस्तै सेतो हुनुपर्छ । पत्नीचाहिंको अगाडिपट्टीको कपाल भँगेराको गुँडजस्तै कुर्लुङ कुर्लुङ परेको छ र उनका मोतीका दाना जस्ता दाँत सधै चम्किरहन्छन् । तर उनको वेषभूषा भने स्वदेशी नै छ ।…”

“होइन होइन, त्यो हुनै सक्दैन । पूरै पच्चिस पसेरी छ ।” ढोका बाहिर कुनै पुरूष आवाज सुनेपछि अनायासै उसको ध्यान त्यतै तानियो । झ्यालमा झुन्डिएको पर्दाका घामका किरणहरू जग्मगाउँदै छरिएका थिए । त्यै बेला बाहिर दाउराको सानो भारी भुँइमा घत्र्याक्क बिसाएको आवाज सुनियो । “त्यसले केही फरक पर्दैन ।” यस्तो सोचेर उसले फेरि आफ्नो ध्यान कागजतिर केन्द्रित गर्ने प्रयत्न ग¥यो । “के कुराको पच्चीस पसेरी ? …. तिनीहरू हुने खानेवर्गका सुसंस्कृत मान्छेहरू हुन् । कलाकौशलमा समर्पित मान्छेहरू । तर ती दुवै सुखी वातावरणबीच हुर्के बढेका हुनाले रूसी उपन्यासहरू तिनीहरूलाई मन पर्दैनन् । अधिकांश रूसी उपन्यासहरू तल्लो वर्गका मानिसहरूको बयान गर्छन् तसर्थ ती सबै तिनीहरूसित राख्न लायक छैनन् । “पच्चीस पसेरी ?” केकही छैन । तिनीहरू कस्ता पुस्तक पढ्छन् ? वायरनका कविताहरू ? कि किट्सका ? त्यो हुन सक्दैन । ती दुवै खतरनाक छन् । ए…, बल्ल घैंटामा घाम लाग्यो ती दुवै जोइ पोइले “आदर्श पति” पढ्न रूचाउलान् । यद्यपि त्यो किताब म आफैले पढेको छैन, तथापि विश्वविद्यालयका प्राध्यापकहरूले त्यसको प्रशंसा गरेको मैले सुनेको छु । तसर्थ, ती दम्पत्तिले पनि त्यो पुस्तक मन पराउनेछन् भन्ने कुरामा म ढुक्क छु । पतिले पढ्छन् । पत्नीले पढ्छिन् । त्यसैले दुवैलाई एकएकप्रति चाहिन्छ । यसैले त्यो परिवारका लागि दुईप्रति “पुस्तक” आवश्यक छन् ।”

लेखकलाई पेटमा छुचुन्द्र नाँच्न थालेको आभास भयो । हातको कलम थपक्क राखेर उसले दुवै हातका कुइना टेबुलमा टेकाएर दुवै हातले टाउको समात्यो । त्यसो गर्दा उसको टाउको दुई खुट्टीले अड्याइरहेको ग्लोब जस्तै देखियो ।

“… पति पत्नी दुवैले बिहानको खाना खाँदैछन् ।” उसले सोच्यो । “टेबुल फटिकजस्तो सेतो टेबुलपोसले ढाकिएको छ । भान्सेले खाना तयार गरिरहेको छ । चिनियाँ खाना । “पच्चीस पसेरी तर के को ?” भैगो त्यो कुरा छाडिदिउँ । चिनियाँ खाना नै किन ? पश्चिमेलीहरू चिनियाँ खाना खुबै राम्रो मान्छन् । खाना मध्ये रोजी खाना । स्वास्थ्यकर । त्यसैले तिनीहरू चिनियाँ खाना रोज्छन् । खानाको पहिलो खेप आइपुग्छ । तर यो पहिलो परिकार के होला ?

“दाउरा …”

लेखकले पछाडि फर्केर हे¥यो । त्यहाँ उसकी पत्नी थिई । उसैलाई क्वारक्वार्ती हेरिरहेकी । “के भयो ?” उनको आगमनले उसको एकाग्रता भंग भएको हुनाले अलिकति बेवास्तापूर्वक उसले सोध्यो ।

“दाउरा सकिएको थियो र अहिले अलिकति लिएको । अस्तिको पालि दश मुठाको दुई सय चालिस थियो । तर आज दुई सय साठी भन्छ । दुई सय पचास दिन ठीक होला कि ठान्छु, कसो होला….?”

“ठीक छ, ठीक छ दुई सय पचास नै देऊ ।”

“तौला पनि कमजस्तो लाग्छ । पच्चीस पसेरी भन्छ, तर साढे तेइस भन्दा बढी छैन जस्तो लाग्छ मलाई त ।”

“ठीक छ साढे तेइस नै हुन देउ न त ।”

“पाँच पन्चे पच्चीस, तीन पन्चे पन्ध्र ।”

“ए बाबा, बुझें । पाँच पन्चे पच्चीस, तीन पन्चे पन्ध्र ….।”

लेखक हिसाबकितावमा अल्झिन पुग्यो । एकैछिन रोकिएर उसले फेरि कलम टिप्यो र “सुखी परिवार” लेखिएको धर्के कापीमा हिसाब टिप्यो । केहीबेर हिसाब गरेपछि उसले टाउको उठायो र भन्यो–

“पाँच सय असी भयो ।”

“मसित त्यति पैसा छैन । अझै अली नब्बेजति पुग्दैन ।”

उसले टेबुलको घर्रा तान्यो र त्यहाँ भएको सबै खुद्रा पैसा झिक्यो । पच्चिस तीस जति रहेछ । जम्मै उनको हातमा राखिदियो । पत्नी बाहिरतिर लागेपछि उसले फेरि कापी कलम समात्यो । तर उसको दिमागमा दाउराकै कुरा खेलिरहेको थियो । पाँच पन्चे पच्चीस । हिसाब गर्दा कागमा लेखिएका अंकहरू उसको दिमागमा टाँसिइरहेका थिए । उसले लामो सास तानेर सुस्केरा हाल्यो । दाउराको प्रसंग बिर्सने प्रयत्न ग¥यो । तर “पाँच पन्चे पच्चीस” र कागजमा टिपिएका अंकहरू उसको दिमागबाट हटेनन् । उसले फेरि लामो सास तान्यो र सुस्केरा हाल्यो । यस्तो लाग्थ्यो, उसले दाउरा र हिसाब किताबका अंकहरू बिर्सने प्रयत्न गरिरहेको छ । त्यसपछि उसले फेरि लेखतिर आफ्नो ध्यान केन्द्रित गर्ने प्रयत्न ग¥यो ।

“ कस्तो परिकार ? यसमा नअल्झौं होला । ठूलाबडाले खाने खाले रामै्र किसिमको परिकार हुनेछ । बंगुरको मासु, माछा वा झिंगा माछा यी सबै सामान्य किसिमका परिकार भए । यी खाइरहेकै परिकार हुन् । अलिकति गतिलै किसिमको हुनुप¥यो नि । अजिंगर अथवा बाघ मध्ये कुनै एकको मासु । यी दुईमा कुनचाहिंको वेश होला ? केही मानिसहरू सर्प र बिरालाको मासु माथिल्लो वर्गका क्यान्टोनीहरूको खाना हो र त्यस्तो खाना विशेष भोजका अवसरमा खाइन्छ भन्छन् । मैले कियान्सुको एउटा रेस्टुराँको मेनुमा यस्तो नाम देखेको छु । कियान्सुका मानिसहरूले सर्प वा बिरालोको मासु खाँदैनन् । मान्छेहरू भन्छन्, तिनीहरू त भ्यागुता वा बाम माछा खान्छन् । सुखी परिवारलाई यसबाट फरक पर्ने के कुरा छ र ? खानाको यो पहिलो परिकार कुनै हालतमा पनि अजिंगर वा बाघ कै मासु हुनुपर्छ । यसमा उताउता हुनै सक्दैन । “अब अजिंगर र बाघको मासुको परिकार डाइनिङ टेबुलको बीचबीचमा राखियो । पतिपत्नी दुवैले चपस्टिक समाते, पालैसित परिकारतिर औंल्याउँदै एक आपसमा आँखा जुधाएर मुस्कुराए अनि विदेशी लवजमा भने–

“प्रियतम –अब खाऊँ”

“पहिले हजुर लिइस्योस् न ।”

“पहिले तिमी खाऊ न ।”

त्यसपछि ती दुवैले क्रमशः एक एक टुक्रा सर्पको मासु चपस्टिकले समाते । सर्पको मासुको गन्ध वास्तवमै अजिव प्रकारको लाग्छ । बरू बाममाछाको स्वाद राम्रो हुँदो हो । अजिंगर वा बाघको मासु भनेर तयार हुने सबै परिकार वास्तवमा भ्यागुता वा बाममाछाकै त हुन् । तिनीहरूले उत्रै आकारप्रकारका बाममाछाका एक एक टुक्रा समाते । पाँच पन्चे पच्ची, तीन पन्चे पन्ध्र… । भैगो यो कुरा छाड । त्यसपछि दुवै जनाले एकपछि अर्को गर्दै माछाका टुक्रा मुखमा हाले । लेखक अनिच्छुक हुँदाहुँदै पनि घुमेर पछाडि हेर्न खोज्यो । किनभने पछिल्तिर कोही आए गउको उसलाई आभास भयो । तर उसले मनलाई समाल्यो । र फेरि एकाग्रतापूर्वक विचारमा तल्लिन भयो ।

“यो त असाध्यै भावुकतापूर्ण कुरा भयो । कुनै पनि परिवार यसप्रकारको व्यवहार गर्दैनन् । मेरो दिमाग पनि के भएको होला यस्तो ? यस्तो राम्रँे विषयमा लेख्नै नसकिने हो कि भन्ने कुराले पो डर लाग्न थाल्यो मनमा । कथामा ती दम्पत्तिहरू विदेशबाट फर्केको भन्ने कुरा देखाउनै पर्ने के छ त्यस्तो ? चीनमा नै शिक्षितदिक्षित मानिसहरूकै विषयमा लेख्दा पनि भैहाल्यो नि । ती दुवै विश्वविद्यालयका स्नातक हुन् । उच्च घरानाका । खानदानका । पतिचाहिं लेखक हो । पत्नी पनि लेखकै हो । त्यो नभए पनि कविताकी पुजारी । नारीवादकी उपासक । अथवा …. ।”

लेखकले आफ्नो धैर्य गुमायो र पछाडि फर्केर हे¥यो ।

उसको पछाडिको किताबको दराजमा बन्दागोभीका खात थिए । सबभन्दा तल्लो खन्डमा तीनवटा डल्ला, त्यसमाथिको खन्डमा दुईवटा अनि त्योभन्दा माथिल्लोमा एउटा । अंग्रेजी ए अक्षरको बृहत आकारजस्तै ।

“उस्….” उसले लामो सुस्केरा हाल्यो । अनुहारको छाला चिर्चि¥यायो र पिठ्यूँमा पनि एक प्रकारको चिर्चिराहट पैदा भयो । ढाडमा सर्सराइरहेको चिट्चिटाहटलाई शान्त पार्ने प्रयत्नस्वरूप उसले एकपटक “खुइय” गर्दै लामो सास तान्यो । “सुखी परिवार” को घरमा प्रशस्त मात्रामा कोठाहरू हुनुपर्छ । एउटा भन्डार कोठा हुनुप¥यो । जहाँ बन्दागोभी जस्ता चिजहरू राख्न सकियोस् । घर मालिकको कोठा छुट्टै हुनुपर्छ । पुस्तकका दराजले खचाखच भरिएको स्वाभाविक रूपमा त्यहाँ बन्दागोभीजस्ता चिजहरू हुने छैनन् । दराजहरू चिनियाँ कृतिहरू र विदेशी लेखकका ग्रन्थहरूले खचाखच भरिएको हुनुपर्छ । त्यहाँ “आदर्श पति” पनि हुनुप¥यो । कमसेकम दुई प्रति । सत्ने अलग्गै कोठा, पित्तलको पलङ वा त्यो नभए कमसेकम राम्रँे चाँपबाट बनेको र एक नम्बरको जेलमा बनाएको पलङजस्तै । पलङको तल र वरपर बिल्कुलै सफासुग्घर हुनुप¥यो… ।” उसले आफ्नै ओछ्यानको वरिपरि र तल हे¥यो । खाटमुनिको दाउरा निख्रिइसकेको थियो र त्यहाँ एउटा मरेको सर्पजस्तै दाउरा बाँधेको परालको बन्धन मात्र बाँकी थियो ।

“साढे तेइस पसेरी…” लेखकलाई लाग्यो उसको खाटमुनि कहिल्यै खाली नहुने गरी दाउराको खलियो थुप्रिएको छ, फेरि उसको टाउको बल्कियो । ऊ उठ्यो र ढोका लगायो । तर ढोकाको चुकुल लगाउनै लाग्दा त्यो कुरा ठीक भएन किन भन्ने उसले सोच्यो र धूलोले भरिएको ढोकाको पर्दालाई तल झा¥यो । त्यति नै बेला उसको मनमा आयो–“ढोका बन्द गरेर आफैलाई बन्दीजस्तो बनाउनुबाट जोगिने यही तरिका ठीक छ, पर्दा लगाउने । यसबाट ढोका खुलै रहँदाको अवस्थामा अनुभव हुने छटपटीबाट पनि मुक्त भइयो । यो त बिल्कुलै मध्यमार्गी सिद्धान्तअनुरूपको काम भयो ।

“… अँ, पतिचाहिंको अध्ययनकक्ष सधै बन्द रहनुपर्छ ।” ऊ फर्केर आयो, कुर्चीमा बस्यो र फेरि विचारमग्न भयो । “कुनै काम विशेषले भेट्न आउने मान्छेले सर्वप्रथम ढोका ढकढक्याउनु पर्छ र भित्र पस्ने अनुमति लिनुपर्छ । गर्नुपर्ने कुरै त्यही हो । मानौं पति उसको अध्ययनकक्षमा छ र पत्नी साहित्य विषयक छलफलमा भाग लिन भित्र पस्न खोज्ने भने उसले पनि पहिले ढोका ढक्ढक्याउनु पर्छ । त्यसमा पनि, कति कुरो निश्चित हुनुपर्छ भने ऊ भित्र पस्दा उसले बन्दागोभी साथमा ल्याउनु हुँदैन ।

“आऊ आऊ… बस मेरी प्यारी मायालु ।”

“तर साहित्यबारे चर्चा गर्न पतिको फुर्सद नभए के होला ? दुलहीचाहिं ढोकाबाहिर उभिएर कोठामा विस्तारै हानेको सुनेपछि उसले बेवास्ता गर्ला त ? सम्भवतः त्यसो हुँदैन होला । हुन सक्छ यस विषयको इतिवृत्त “आदर्श पति” नामक पुस्तकमा उल्लेख भएको होला । त्यो वास्तवमै एउटा अद्भूत उपन्यास हुनुपर्छ । यो लेखको पारिश्रमिक पाइयो भने, मैले पनि पढ्नका लागि त्यसको एकप्रति किन्नुपर्छ….।”

चड्याम्म ।

लेखक झस्कियो र उसको ढाड तनक्क तन्कियो । विगतको अनुभवको आधारमा उसले अनुमान ग¥यो, त्यो उसकी दुलहीले तिनीहरूकी तीन वर्षीया छोरीको गालामा हानेको थप्पड थियो ।

“एउटा सुखी परिवारमा….।” ऊ विचारमग्य भयो । उसको ढाड अझै पनि तन्किइरहेको थियो । बालिकाको सुँकसुँक रूवाई सुनेपछि उसलाई लाग्यो केटाकेटीहरू ढिलै जन्मनु जाति हुन्छ । भरसक त केटाकेटी हुँदै नभएको राम्रँे । केवल दुई जना मात्र, कुनै बन्धन बेगरका । अथवा घरको सट्टा एउटा राम्रँे होटलमा बस्नु झन् उपयुक्त हुन सक्छ । लाग्ने यावत खर्च दियो, बस् । झन्झटै खतम । एउटा एक्लो मानिस… । छोरीको सुँकसुँक रूवाई झन् बढ्न थालेपछि ऊ जुरूक्क उठेर पर्दा खोल्दै गर्दा झलक्क सम्झयो । कार्लमाक्र्सले “पुँजी” लेख्दा केटाकेटीहरू उनका वरिपरि झुम्मिएर बसेका हुन्थे, उनी अवश्य पनि महामानव हुनुपर्छ….।” ऊ बाहिरतिर गयो र बाहिरी ढोका खोल्यो । ढोिकाको पलेंटो खोल्ने वित्तिकै मटितेलको चर्को गन्ध ह्वास्स उसको नाकमा ठोक्किन पुग्यो । बालिका ढोकाको दाहिनेतिर भूइँमा मुख जोतेर पछारिइरहेकी थिई । बाबुलाई देखेपछि त्यसको रूवाई झन् चर्कियो ।

“ल….ल…. यता सुन । सानो मान्छे, मेरी प्यारी छोरी कति असल छ । चुप, चुप ।” छोरीलाई काख लिन ऊ निहुरियो । छोरीलाई काख लिएपछि ऊ पछाडितिर फक्र्यो । उसले देख्यो, ढोकाको देबे्रतिर, हात पछाडि बाँधेर, कुनै शारीरिक अभ्यास गर्न थालेझैं उसकी दुलही क्रुद्ध मुद्रामा उतिर हेर्दै ठिड्ड उभिएकी छ ।

“सबैले मैलाई मात्र सताउन जानेका छन् । कसैले सिन्कोसम्म भाँचेको उपति छैन । सबै भत्काउने र बिगार्ने मात्रै हुन् । डिबियासियिबा फुटालिदिई यसले । भरे अब के बाल्ने हो अँध्यारामा…।”

“ल ल भयो अब नरोऊ । चुप… । स्वास्नीको उग्र रूपतिर कुनै वास्ता नगरिकन उसले छोरीलाई काखमा बोकेर घरभित्र पस्यो र उसको टाउको थप्थपाउन थाल्यो । “हाम्रा छोरी जाति छ । जाती छोरी रूँदिन ।” उसले छोरीलाई आफ्नो काखमा राख्यो र हातमाथितिर उठायो । “चरीको मासु चाम्रो छ, हाम्रँे नानु राम्रँे छ ।” छोरीलाई घुंडामा राखेर उसले लोली मिलायो । “बिरालीको मुख कसरी धुने होला ? लौ हेर, छोरीलाई बुबाले सिकाइदिन्छु ।” त्यसपछि उसले गर्धन तन्कायो, हत्केला चाट्यो र मुखतिर दल्यो ।

“हि….हि…., बिराली । ” छोरी हाँस्न थाली ।

“अँ अँ ठीक छ । हेर बिराली ।” उसले त्यो क्रियाकलाप धेरै पटक दोहो¥यो । र, उनीतिर हेरेर टक्क रोकियो । छोरी, आँखामा आँसुका ढिका लिएर मुस्कुराइरहेकी थिई, सहसा उसको दिमागमा एउटा झट्का लाग्यो । छोरीको अवोध निर्दोष अनुहारमा पाँच वर्ष पहिलेको उसकी आमाको अनुहार टाँसिएजस्तो देखियो । खास गरेर उनका उज्याला राता ओठहरू दुरूस्तै थिए । आकार मात्रै अलिकति सानो किसिमको । केही वर्ष पहिलेको कुरा हो । हिउँदको घमाइलो दिन थियो त्यो । उसले उसकी प्रेयसीका लागि हरेक किसिमका विघ्नबाधासित जुझ्दै उनका लागि जस्तोसुकै बलिदान गर्न पनि तयार हुनेछ भनेर त्यो दिनमा प्रतिज्ञा गरेको थियो । त्यतिबेला उसकी प्रियतमाले पनि त्यसरी नै आँखामा आँसुका ढिका लिएर मुस्कुराउने चेष्ठा गरेकी थिई । ती सबै कुरा सकेपछि उसलाई एकप्रकारको नसाले छोपेजस्तो लाग्यो र ऊ धर्मराउँदै थचक्क बस्यो ।

“ती सुन्दर रसिलास ओठहरू” उसले सोच्यो ।

ढोकाको पर्दा एक्कासी उघ्रियो र उसकी दुलही दाउरा लिएर भित्र पसी लेखकले आफुलाई समाल्ने प्रयत्न ग¥यो । छोरी आँखामा आँसुका ढिका लिएर ऊतिर हेर्दै मुस्कुराईरहेकी थिई र उसका उज्याला ओठहरू खुलेका थिए । “ओठ” दाउराभित्र ल्याउँदै गरेकी उसकी दुलहीमाथि उसका नजर परे ।“… सम्भवतः यो केही पनि होइन । तर पाँच पन्चे पच्चीस, नौ नवा एकासी । फेरि उही कुरो । …र दुईवटा रसिला आँखाहरू ।” यस्तो सोचेर उसले कथाको शीर्षक र हिसाबका अंकहरू लेखिएको निलो धर्कावाला कापीको पाना थुत्यो, कच्याककुचुक पा¥यो र छोरीको सिंगान आँखा पुछ्न त्यसलाई फेरि खोल्यो । “राम्रँे मान्छे, बाहिर जाउ र खेल ।” उसले छोरीलाई यसो भन्दै बाहिरतिर पठायो र कागजको एउटा बल पनि फोहर फाल्ने कागजको टोकरीतिर हु¥र्यायो ।

तर एक्कासी उसको मनमा छोरीप्रति स्नेहको मूल फुट्यो । उसले बाहिरतिर हे¥यो, छोरी परपर गइरहेकी थिई । त्यति नै बेला उसले खाटमुनि दाउरा घुसारेको आवाज सुन्यो । चित्तलाई एकाग्र गर्ने अठोट गरेर ऊ पछाडि फक्र्यो र आँखा चिम्ल्यो । ऊ सबै प्रकारका विपरीत विचारबाट मुक्त भएर , तनावरहित भएर शान्तिपूर्वक बस्ने प्रयत्नमा लाग्यो ।

उसले एउटा चौडा, गोलो कालो सुइरे फुल उसको देब्रे आँखाको छेउबाट बन्दै गएर दाहिनेतिर लागेको र त्यही बिलाएको देख्यो । त्यसपछि एउटा बीचमा गाढा हरियो रंग भएको चहकिलो हरियो फुल देख्यो । अन्त्यमा उसले एउटा भीमकाय ए आकारको ६ वटा बन्दागोभीको थुप्रो देख्यो ।

मार्च १८,१९२४।

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १० – Jan. 11, 2012 – २०६८ पौष २७ गते, बुधबार)

This entry was posted in अनूदित कथा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *