गीत : पुरानो डुंगा

~बि. बि. थापा~

पुरानो डुंगा पानीको छाल पार गरुँ कसरी
उनी छिन पारी तरेर लौन (भेटुँ म कसरी)२
पुरानो डुंगा

बिधिले यस्तो अन्न्याय गरी झुक्क्ययो मलाई -२
एउटै मुटु दुई टुक्रा पारी छुट्यायो मलाई
चर्किदै गयो बिछोडको घाऊ (सहु म कसरी) -२
पुरानो डुंगा

प्रियसी बिनायो जिन्दगानी के चल्न सक्छ र -२
हुरिको सामु आसाको ज्योति के जल्न सक्छ र
माली बिनाको जङगली फुल झै फुलु म कसरी
पुरानो डुंगा पानीको छाल पार गरुँ कसरी
उनी छिन पारी तरेर लौन (भेटुँ म कसरी)२

शब्द : बि. बि. थापा
स्वर : कर्ण दास
संगीत : सुन्दर थापा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.