अनूदित लघुकथा : देलिया एलेना सान मार्को

~खोर्खे लुई बोर्खेज~jorge-luis-borges

इलेभेन्थका छेउमा हामीले बिदा लियौँ । म अर्को सडकपेटीबाट पछाडि हेर्न मोडिएँ, तिमी पनि मोडियौ र तिमीले बिदा भन्दै हात हल्लायौ ।

हामी दुवैका बीच मोटरहरू र मान्छेहरूको बाढी बगिरहेका थिए । कुनै सामान्य मध्या्रह्नको पाँच बजेको होला । मलाई के थाहा, त्यो नदी दुख भरेको पुरातन एकएरोन थिई, अलङ्घ्य !

हामीले पुनः एकअर्कालाई कहिल्यै देखेनौँ, फेरि एक वर्षपछि तिमी रहिनौ, तर अब म त्यस स्मृतिलाई खोजेर त्यसतिर हेर्दछु र सोच्तछु ऊ झूटी थिई र के भने त्यस तुच्छ बिदाइका पछाडि अगाध वियोग थियो ।

गएराति खाना खाएपछि बसिरहेँ र ती कुराहरूलाई सम्झने विचारले त्यस अन्तिम उद्देश्यलाई जुन प्लेटोले ‘गुरुका वाणी’मा लेखे, दोस्रोचोटि पढेँ । के पढेँ भने शरीर मरेपछि आत्मा लोप हुन्छ, तर अब थाहा भएन सत्य अपसगुनी परवर्ती व्याख्यामा छ वा असन्देही बिदाइमा !

एकअर्कालाई बिदाइ भन्नुको अर्थ हो वियोगसँग अस्वीकृत । जस्तो भनियो, ‘आज यसै बिछोड हुनुको खेल गर्दछौँ, किनकि भोलि फेरि भेट्नेछौँ ।’ मनुष्यले बिदाइका अन्वेषण गरे, किनकि त्यसलाई कुनैनकुनै ढङ्गले ज्ञात त्यो चिरजीवी छ, जति नै निरुद्देश्य र क्षणभङ्गुर देखियोस् ।

अरू कुनै बेला, देलिया, हामी—थाहा छैन, कुन नदीको किनारा ?— यस अनिश्चित संवादलाई दोस्रोचोटि हातमा लिनेछौँ र एकअर्कासँग सोध्नेछौ के कहिल्यै, एक लुप्त भएको समभूमि–नगरमा, हामी बोर्खेज र देलिया थियौँ !

This entry was posted in अनूदित लघुकथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *