गजल : बजारमा तिमी

~वियोगी बुढाथोकी~biyogi-budhathoki

गाउँमा थिँए म, बजारमा तिमी ।
खोज्दा खोज्दा भेटे हजारमा तिमी ।।

तिमी सित वातहरु धेरै गर्नु छ ।
एकछिन पर्ख पर्ख कति हतारमा तिमी ।।

श्रीङगार गरेकी हुँदै होईनौ ।
तर पनि कति सुन्दर मुहारमा ।।

हुन्छ नि छैन् हुन्न पनि छैन् ।
हाँसेकी पो हौकि कतै दोधारमा तिमी ।।

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.